Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
राष्ट्रिय क्रिकेट टोलीका चर्चित कप्तान सन्दीप लामिछानेलाई नाबालिगमाथि पटकपटक जबरजस्ती करणी गरेको आरोप लागेको छ । प्रहरी कहाँ पीडित बालिकाले जाहेरी दिएपछि काठमाडौँ महानगरिय प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रूपमा अनुसन्धान गरिरहेको छ ।
प्रहरीले संचार माध्यमलाई दिएको जानकारी अनुसार पीडित भनिएकी किशोरी १७ वर्षकी छन् र र उनको विस्तृत स्वास्थ्य परीक्षण भइसकेको छ । ती किशोरीका आफन्तका तर्फबाट भदौ २१ गते उक्त उजुरी दायर भएको थियो । बलात्कारको घटना भने भदौ ५ भएकाे बनान प्रहरी समक्ष दिइएको छ ।
बिहीबारसम्म आरोपी लामिछाने पक्राउ परेका छैनन्, उनी देशबाहिर रहेको बताइएको छ । लामिछाने मैत्रीपूर्ण टी-२० र एक दिवसीय शृङ्खलाका लागि नेपालको नेतृत्व गर्दै केन्या पुगेका थिए ।
घटनाको यही सेरोफेरोका बिच नेपाली सामाजिक संजाल प्रयोगकर्ताबीच घटनाका आरोपका विषयमा चर्चा परिचर्चा भइरहेको छ । सामाजिक संजालमा अनेक मत आउनेक्रम जारी रहेका बेला केही दाबीसहितका पोस्टहरूसमेत भेटिएका छन् । यही क्रममा Sandeep Lamichhane नामक टिकटक आइडीमा केही दाबीसहितका सामग्री पोस्ट गरिएका छन् ।
प्रस्तुत आइडीमा पोस्ट गरिएको भिडियोमा भारतीय चर्चित क्रिकेटर महेन्द्र सिंह धोनीको विमानबाट ओर्लिएर केही मानिससँग भेटघाट गरिरहेको दृश्य देखिएको छ । सोही दृश्यसहितको सामग्रीमा महेन्द्रसिंह धोनी नेपाल आउँदै गरेको दाबी गरिएको छ । उक्त सामग्रीको थमनेलमा लेखिएको छ- ‘सन्दीप लामिछानेलाई बचाउन महेन्द्र सिंह धोनी नेपाल आउँदैछन् ।’
केही घण्टाअघि मात्रै पोस्ट गरिएको दाबीसहितको प्रस्तुत सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिएको छ । पोस्ट गरिएको एक दिन नबित्दै दाबीसहितको सामग्रीमा करिब २४ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने २ सयभन्दा बढी प्रयोगकर्ताले दाबीसहितको सामग्रीमा कमेन्ट गरिसकेका छन् । यसबाट के प्रस्ट हुन्छ भने आगामी दिनमा दाबीसहितको सामग्रीको फैलावट झनै द्रुत हुनेछ ।
नेपाल प्रहरीले अनुसन्धान गरिरहेको सन्दीप लामिछानेको आरोप र माथि उल्लेखित सामग्रीमा गरिएको दाबी गम्भीर खालका भएका कारण हामीले प्रस्तुत सामग्रीको वास्तविकता पत्ता लगाउने जमर्को गरेका छौँ ।
सन्दीप लामिछानेलाई बचाउन भारतीय चर्चित क्रिकेटर महेन्द्र सिंह धोनी नेपाल आउँदैछन् भन्ने ’दाबीसहितको सामग्रीको जाँच गर्ने क्रममा हामीले सबैभन्दा पहिले ‘ms dhoni plane’ किवर्ढ युट्युबमा सर्च गर्यौँ किनकि दाबीसहितको भिडियोमा महेन्द्रसिंह धोनी एउटा विमानबाट ओर्लिरहेको दृश्य देखिएको थियो ।
हामीले राखेको किवर्डको नतिजास्वरुप दाबीसहितको सामग्रीसँग मिल्दाजुल्दा केही नतिजा भेटिए । दाबीसहितको सामग्रीको एउटा कुनामा दक्षित भारतीय संचारमाध्यम AP 24×7 को लोगो देखिन्छ । यही आधारमा हामीले ‘MS Dhoni Puttaparthi Airport APTS24x7’ किवर्ड सर्च गर्यौँ । जसको नतिजा स्वरुप हामीले मूल भिडियो फेला पर्यौँ ।
APTS24x7 युट्युब च्यानलमा २ वर्षअघि अर्थात् ११ फेब्रुअरी २०२० मा पोस्ट गरिएको उक्त भिडियोमा चर्चित भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीलाई विमानस्थलमा स्वगत गरिएको दृश्य देखाइएको छ । यो सोही दृश्य हो जो दाबीसहितको सामग्रीमा जोडिएको छ ।
यो भिडियोमा देखाइएको दृश्य बलात्कार आरोपी नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई हिँडेको दृश्य होइन् । यो त धोनी भारतको आन्ध्र प्रदेश राज्यको श्री सत्य साई जिल्लाको एक नगरपालिका र जिल्ला सदरमुकाम पुट्टपर्थी पुग्दाको दृश्य हो । उक्त दृश्यलाई भ्रामक तरिकाले बतात्कार आरोपी नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग जोडिएको छ ।
सामाजिक संजालमा यसरी नै फैलाइएका अन्य भ्रामक सामग्रीसमेत हामीले फेला पर्यौँ । Sandeep Lamichhane नामक टिकटक आइडीमा विश्वभरका बहुचर्चित व्यक्तिहरू सन्दीप लामिछानेलाई बचाउन नेपाल आउन लागेको दाबी गरिएको छ । तर, ती सबै दाबीहरू भ्रामक छन् । फरक-फरक सन्दर्भका दृश्यहरु जोडेर सन्दीप लामिछानेलाई बचाउन आउन लागेको दाबी त्यहाँ गरिएको छ ।
दाबीसहितको सामग्रीमा भनिएजस्तो महेन्द्र सिंह धोनी सन्दीप लामिछानेलाई बचाउन नेपाल आउन लागेका होइनन् । देखिएको दृश्य उनी आन्ध्र प्रदेश राज्यको श्री सत्य साई जिल्लाको एक नगरपालिका र जिल्ला सदरमुकाम पुट्टपर्थीमा पुगेका बेलाको हो । यसलाई भ्रामक तरिकाले प्रस्तुत गरिएको छ ।
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
June 3, 2024
Aakash Chhetri
May 3, 2024
Aakash Chhetri
March 7, 2024