Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: ‘हिजोदेखि हराइरहेका ३२ जना संसद भवनभित्र मृतु अवस्थामा भेटिएका छन् ।’
तथ्य: संसद भवनभित्र ‘३२ शव फेला’ परेको दाबीसहित फैलाइएको तस्बिर भ्रामक छ । अर्कोतर्फ संसद भवनभित्र ३२ शव फेला परेको दाबीलाई पुष्टि गर्ने कुनैपनि प्रमाण अहिलेसम्म भेटिएको छैन् ।
नेपालमा जेन्जी (GenZ) प्रदर्शनले झनै उग्ररुप दिइरहेको छ । यही सन्दर्भमा संसद भवनभित्र ३२ शव फेला परेको भन्दै एउटा तस्बिर सामाजिक संजालमा फैलाइएको छ ।
Nepali Online News नामक फेसबुक पेजको पोस्टमा मृत शरीर थुपारिएको जस्तो देखिने तस्बिर जोडिएको छ । साथै ‘हिजोदेखि हराइरहेका ३२ जना संसद भवनभित्र मृत अवस्थामा भेटिएको’ जानकारी दिने वाक्यांश लेखिएको छ ।
९ सेप्टेम्बर, ५ः४९ मा पोस्ट गरिएको दाबी ३ हजार ३ सयभन्दा बढी पटक सेयर भइसकेको छ । यो छोटो अवधि र फैलावटको आकडाले के देखाउन भने दाबीसहितको पोस्ट सामाजिक संजामा व्यापक फैलिरहेको छ ।
त्यस्तै सोही तस्बिरसहितको पोस्ट फेसबुक पेजमा पनि पोस्ट गरिएको छ । उक्त पोस्टमा लेखिएको छ- ‘हिजोदेखि हराइरहेका ३२ जना संसद भवनभित्र मृत अवस्थामा भेटिएका छन् ।’ ९ सेप्टेम्बर, ६ः४९ मा पोस्ट गरिएको दाबी र तस्बिरमा ३ हजारभन्दा बढी लाइक आएका छन् ।
के सामाजिक संजालमा फैलाइएको दाबी सत्य हो त? तस्बिरको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
नेपालमा २३ भदौ २०८२ (सेप्टेम्बर ८) बाट सुरु भएको जेन्जी (GenZ) प्रदर्शनले दुई दिनमै भयावह रुप लिएको छ । भ्रष्टाचार र सामाजिक संजाल प्रतिबन्ध लगायतका विरुद्धमा काठमाडौँको संसद् भवन र माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन छोटो समयमै देशभर चर्कियो । पहिलो दिन, कम्तिमा १९ जना विद्यार्थीको मृत्यु हुनपुग्यो भने ४०० जनाभन्दा बढी घाइते भए । यसको भोलिपल्ट अर्थात् २४ भदौमा नेपालकै अवस्था संकटकालीन बन्न पुग्यो ।
दोस्रो दिन विहानैदेखि कर्फ्यू उल्लङ्घन गर्दै जेन्जी प्रदर्शन चर्कियो । यसअघि, गृहमन्त्री रमेश लेखकले राजिनामा दिइसकेका थिए भने सरकारले सामाजिक संजाल प्रतिबन्ध हटाउने निर्णय गरिसकेको थियो । तरपनि प्रदर्शन झनै हिंसात्मक भइरहेको थियो । प्रदर्शनकारीहरूले संसद् भवन, सिंहदरबार, मन्त्रालयहरु, प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरुका निवास सार्वजनिक कार्यालयहरु र राजनीतिक दलका कार्यालयहरुमा आगो लगाएका थिए ।
यही क्रममा प्रदर्शन झनै चर्कियो, काठमाडौँको एकमात्र विमानस्थल बन्द भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । यही क्रममा संसद भवनभित्र ३२ शव फेला परेको भन्दै एउटा तस्बिर सामाजिक संजालमा फैलाइएको पाइयो ।
सबैभन्दा पहिले हामीले तस्बिरलाई गुगल लेन्समा रिभर्स इमेज सर्च गर्यौँ । जाँचको नतिजास्वरुप HinduPost नामक एक्स ह्यान्डलमा पोस्ट गरिएको तस्बिर फेला पर्यो ।
७ अगस्ट २०२४ मा पोस्ट गरिएको उक्त तस्बिर अहिले नेपालमा फैलाइएको तस्बिरभन्दा पनि राम्रो क्वालिटीको देखिन्छ । यस्तै पुराना र फरक सन्दर्भका पोस्टहरुबाट नै अहिले नेपालमा फैलिरहेको तस्बिर झिकएको तथ्य यसबाट प्रष्ट हुन्छ ।
यतिमात्र होइन, २०२४ को पुरानो पोस्ट संकास्पद देखिन्छ । किनकि उक्त पोस्टमा ग्राफिक र हिंसात्मक तस्बिरहरूको चेतावनी दिइएछ र बंगलादेशको कुनै घटनासँग जोडिएको छ । तर, फेला परेको तस्बिरलाई कुनै घटनासँग जोड्ने पक्का प्रमाण हामीले फेला पार्न सकेनौँ ।
त्यसैले फेला परेको प्रारम्भीक सामग्रीबाटै प्रष्ट हुन्छ कि फैलाइएको तस्बिर नेपालसँग सम्बन्धित छैन र अहिलेको पनि होइन । उक्त तस्बिरको फैलावटमा केही न केही समस्या छ ।
अर्कोतर्फ काठमाडौँ पछिल्ला केही घण्टाहरुमा हिंसात्मक र संवेदनशील समयबाट गुज्रिरहेको छ । प्रशासनले काठमाडौँ उपत्यकामा अधिकांश क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका छ, त्यसैले यहाँ अहिले कहाँ? कति? कस्तो? घटना भएको छ भनेर पक्का प्रमाणसहित प्रमाणित गर्न एकदमै जटिल छ ।
अर्कोतर्फ काठमाडौँमा जारी प्रदर्शन सुरुवातदेखि नै (सेप्टेम्बर ८) संसद भवन र वरिवरीको क्षेत्रमा केन्द्रीत देखिन्छ । पछिल्लो दुई दिन जेन्जी प्रदर्शन मुख्य हब नयाँ बानेश्वरमै रह्यो र अन्तत: प्रदर्शनकारीले संसद भवनमा आयो लगाए । अहिले संसद् भवन जलिसकेको अवस्थामा देख्न सकिन्छ ।
संसद भवनभित्र ‘३२ शव फेला’ परेको दाबीसहित फैलाइएको तस्बिर भ्रामक छ । अर्कोतर्फ संसद भवनभित्र ३२ शव फेला परेको दाबीलाई पुष्टि गर्ने कुनैपनि प्रमाण अहिलेसम्म भेटिएको छैन् । अहिले नेपालमा फैलाइएको तस्बिर नेपालसँग सम्बन्धित छैन । सन् २०२४ मै भारतमा संवेदनशील चेनावनीका पोस्ट गरिएको तस्बिरलाई अहिले नेपालसँग जोड्दै पोस्ट गरिएको पाइयो ।
समाचार, nytimes.com
समाचार, reuters.com
समाचार, indiatoday.in
समाचार, edition.cnn.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected] ।