Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: जेनजी युवाहरूले मस्जिदमा आगो लगाएको र नेपाल सरकारले इस्लामिक सम्पत्तिहरू नष्ट गर्न थालेको दाबी (भिडियोहरु)
तथ्य: भाइरल भिडियोहरु दुर्गा विसर्जनको घटनासँग होइन, जेनजी आन्दोलनका क्रममा वीरगंज महानगरपालिका कार्यालय र मेयर राजेशमान सिंहको घरमा भएको आगजनी घटनासँग सम्बन्धित रहेको पुष्टि हुन्छ ।
नेपाल सरकारले अवैध इस्लामिक सम्पत्तिहरू नष्ट गर्न थालेको भन्दै केही दृश्य सामाजिक संजालहरुमा पोस्ट गरिएको छ । यस्ता सामग्रीहरुमा दुर्गा विसर्जनमा भएको घटनापछि जेनजी युवाहरूले बदला लिन मस्जिदमा आगो लगाएकोसमेत दाबी गरिएको छ ।
Hindus of the world नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा भवनहरुमा आगजनी भइरहेको दृश्य देख्न सकिन्छ । ९ अक्टोबर २०२५ मा पोस्ट गरिएको भिडियोको क्याप्सनमा लेखिएको छ- ‘Baba’s bulldozer has now reached Nepal too. After the attack on Durga immersion, Nepal government has started destroying illegal Islamic properties. Meanwhile, angry Generation Z youth set fire to a masj*d in retaliation!’
त्यस्तै एक्स (X) मा सोही भिडियो र क्याप्सन हिन्दी भाषामा पनि फैलिएको देखिन्छ । उक्त भिडियोलाई Bhaskar Mishra र Ocean Jain नामक प्रयोगकर्ताले ९ अक्टोबर २०२५ मै पोस्ट गरेका छन् । एउटा भिडियोको क्याप्सनमा लेखिएको छ- ‘नेपाल में दुर्गा विसर्जन पर हुए हमले के बाद, नेपाल के GenZ युवाओ ने वहां की मस्जिद मदरसे फूंक डाले, जिहादी भुल गए नेपाल हिन्दुराष्ट्र है, जय श्री राम ।’ क्रमश:
के सामाजिक संजालमा भाइरल भएका दृश्यहरु धार्मिक घटनासँग सम्बन्धित छन् त? तर, ‘नेपाल सरकारले इस्लामिक सम्पत्तिहरू नष्ट गर्न थालेको’ दाबीसहित फैलाइएका भिडियोहरु फरक सन्दर्भको घटनासँग सम्बन्धित रहेको यो तथ्यजाँचमा देखिएको छ ।
एक साताअघि (१७ असोज २०८२) दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा नेपालका केही स्थानहरुमा झडपहरु भएका थिए । बाँकेको नेपालगंज र धनुषाको जनकपुर शहरमा यस्ता समस्या देखिएका हुन् ।
नेपालगंजको घटनाबारे बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले पिप्रहवा र फुल्टेक्रा खण्डमा दुई समूहबिच झडप भएको र झडपमा तीन जना प्रहरीसहित २० जना घाइते भएको जानकारी संचार माध्यमलाई दिएका थिए ।
त्यस्तै जनकपुरको घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख नरहरि रेग्मीले दुर्गा पूजा समापनपछि मूर्ति विसर्जन गर्न जाँदै गर्दा दुई समुदायबीच झडप भएको र झडपको क्रममा एक टहरामा आगजनी गरिएको जानकारी संचार माध्यमलाई दिएका थिए ।
यही सन्दर्भमा, ‘दुर्गा विसर्जन घटनापछि जेनजी युवाहरूले बदला लिन मस्जिदमा आगो लगाएको’ र ‘नेपाल सरकारले अवैध इस्लामिक सम्पत्तिहरू नष्ट गर्न थालेको’ दाबीसहितको भिडियो सामाजिक संजालमा फैलिएको देखिन्छ । तर, सोही भिडियो एक महिनाअघि नै gulam_miyabhai_x1 नामक टिकटक आइडीमा पोस्ट भइसकेको तथ्य गुगल लेन्सको रिभर्स इमेज सर्चको सहायताबाट फेला पर्यो ।
फेला परेको तथ्यले के प्रमाणित गर्छ भने, टिकटकमा १० सेप्टेम्बर २०२५ मै पोस्ट भइसकेको भिडियोलाई नै ९ अक्टोबर २०२५ मा फेसबुक र एक्स आइडीमा पोस्ट गरिएको छ । तर, थप संवेदनशील र धार्मिक दाबी जोडेर ।
दृश्य-१
दृश्य-२
दृश्य-३
वास्तवमा, जेनजी आन्दोलनका क्रममा (२४ भदौ २०८२) वीरगंज महानगरपालिका कार्यालयमा गरिएको तोडफोड, आगजनी र लुटपाट गरिएको थियो । उक्त घटनामा बाट १ अर्ब १५ करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
भिडियोको थप जाँच र प्रमाणिकरणका लागि हामीले ‘वीरगंज महानगरपालिका कार्यालय’ ‘आजगनी’ ‘मेयर राजेशमान सिंह ‘घरमा’ ‘आगलागी’ लगायतका थुप्रै वाक्यांशलाई पटकपटक दोहोर्याएर जाँच गर्यौँ । जाँचको नतिजास्वरुप वीरगंज महानगरपालिका कार्यालय र त्यहाँका मेयर राजेशमान सिंहको घरमा आगलागी भएको घटनासँग सम्बन्धित दृश्यहरु फेला परे ।
FLOP Birgunj News र Nepal Post Daily/नेपाल पोष्ट डेली लगायतका फेसबुक पेजमा ०९ सेप्टेम्बर २०२५ मा पोस्ट गरिएको भिडियो र दाबीसहित पोस्ट गरिएको दृश्यमा समानता देख्न सकिन्छ । तर, यो दुर्गा मूर्ति विसर्जनसँग सम्बन्धित वा धार्मिक घटनासँग जोडिएको आगलागी होइन ।
भदौ २४ मा जेनजी आन्दोलन हिंस्रक बनेपछि वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहको घरमासमेत आगलागी भएको थियो । सोही सन्दर्भमा Nepal Live लगायतका संचार माध्यमले घर जलेको भिडियोहरु पोस्ट गरेका थिए । ०९ सेप्टेम्बर २०२५ मा पोस्ट गरिएको भिडियोको क्याप्सनमा लेखिएको छ- ‘वीरगन्जका मेयर राजेशमान सिंहको घरमा पनि आगलागी ।’
त्यस्तै अन्तिममा देखिएको दृश्य पनि मेयर राजेशमान सिंहको घरमा आगलागी भएको घटनासँग सम्बन्धित रहेको पाइयो । ०९ सेप्टेम्बर २०२५ मै पोस्ट गरिएको टिकटक भिडियोमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको घरमा आगलागी भएको जानकारी दिइएको छ ।
थप जाँचका क्रममा हामीले ९ सेप्टेम्बर २०२५ मा Agnipath Media / अग्निपथ मिडिया नामक फेसबुक फेसबुक पेजमा पोस्ट गरिएको भिडियो फेला पर्यो । भिडियोको क्याप्सनमा जेनजी प्रदर्शनको क्रममा वीरगंजका मेयर राजेशमान सिंहको घरमा आगजनी भएको जानकारी दिइएको छ ।
‘जेनजी युवाहरूले मस्जिदमा आगो लगाएको’ र ‘नेपाल सरकारले अवैध इस्लामिक सम्पत्तिहरू नष्ट गर्न थालेको’ दाबी गरिएको भिडियो गलत प्रमाणित भएको छ । भाइरल भिडियोहरु दुर्गा विसर्जनको घटनासँग होइन, जेनजी आन्दोलनका क्रममा वीरगंज महानगरपालिका कार्यालय र मेयर राजेशमान सिंहको घरमा भएको आगजनी घटनासँग सम्बन्धित रहेको पुष्टि हुन्छ । दाबीसहित पोस्ट गरिएको भिडियो एक महिनाअघि नै १० सेप्टेम्बर २०२५ मा सामाजिक संजालमा पोस्ट भइसकेको पाइएको छ ।
समाचार, ekantipur.com
समाचार, annapurnapost.com
भिडियो, Nepal Live
भिडियो, FLOP Birgunj News
भिडियो, Nepal Post Daily/नेपाल पोष्ट डेली टिकटक
भिडियो, gulam_miyabhai_x1
भिडियो, Agnipath Media / अग्निपथ मिडिया
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो [email protected]
Aakash Chhetri
September 16, 2025
Aakash Chhetri
September 17, 2025
Aakash Chhetri
September 11, 2025