Monday, May 19, 2025

Fact Check

Fact Check: अभिजालो झारको प्रयोगले पिनास निको हुन्छ ?

banner_image

दाबी: अभिजालो झारको फूललाई केराको पातमा राखी जलाएर धुवाँ लिँदा पिनास निको हुने दाबी ।
तथ्य: अभिजालो झारको प्रयोगले पिनास निको हुने दाबीलाई प्रमाणित गर्ने  कुनै वैज्ञानिक प्रमाण छैन ।

पिनास समस्यासँग सम्बन्धित एउटा दाबीसहितको सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा अभिजालो झारको फूललाई केराको पातमा राखी जलाएर धुवाँ लिँदा पिनास निको हुने दाबी गरिएको छ । 

Hareram_shrestha नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एक व्यक्तिले अभिजालोको झार देखाइरहेका छन् । उक्त भिडियोमा ती व्यक्तिले भनेका छन्- ‘यो झारले ४-५ दिनमै पिनासको रोग निको पार्छ । एक मिनेटमै बन्द नाकलाई खुलाइदिने यो अभिजालोको झार हो । यो सक्कली झार फूल फुलेपछि, यसको फूल हात-खुट्टा जहाँ छोयो त्यहाँ च्यापच्याप टासिन्छ । यसलाई केराको पातमा बेरेर तातो खरानीमा ४-५ मिनेछ छोप्दिने । दाउरा बाल्नु भएको छैन भने ग्यास, स्टोभमा मघुरो आगोमा यसरी ओलटाइ पल्टाइ तताउनु । यसरी तताइसकेपछि केराको पातबाट निकालेर सफा सुतिको कपडामा बेरेर पालैपालो दुवै नाकबाट तान्ने यसो गरेमा २-३ सर्कोमा नाक खुल्छ । बिहान बेलुका ३-४ दिन गर्यो भने प्रभाव देख्न सक्नुहुनछ ।’

तथ्यजाँच/प्रमाणीकरण

पिनासलाई साइनस इन्फेक्सन पनि भनिन्छ । नाक, आँखा र निधार वरिपरि वा अनुहारभित्रको हड्डीबीचको खाली ठाउँमा हुने पातलो झिल्लीको तहलाई साइनस भनिन्छ । यही साइनसहरू सुन्निने वा सुन्निएको अवस्था नै पिनास हो । भाइरल, ब्याक्टेरिया, फंगल संक्रमण, एलर्जी वा नाकभित्र हुने संरचनात्मक समस्याहरूका कारण पिनास निम्तिने गर्दछ । यसले ब्याक्टेरिया वा भाइरसहरूको लागि प्रजनन स्थल प्रदान गर्दछ, जसले संक्रमण निम्त्याउँछ। साइनसाइटिसका विशिष्ट लक्षणहरूमा अनुहारको दुखाइ वा दबाब, नाक बन्द हुने, टाउको दुख्ने, खोकी लाग्ने, थकान महसुस हुने र गन्धको कम भावना समावेश हुन्छ।

जब साइनसको निकास माध्यम अवरुद्ध हुन्छ, अनि सिँगान लगायतका तरल यहीँभित्र थुनिन सक्छ । यसले ब्याक्टेरिया वा भाइरसहरू प्रजननका लागि अनुकुलता प्रदान गर्दछ । यही प्रक्रियाबाट साइनस इन्फेक्सन वा पिनासको समस्या देखापर्छ । पिनासका लक्षणहरुमा अनुहारको दुखाइ, नाक बन्द हुने, टाउको दुख्ने, खोकी लाग्ने, थकान महसुस हुने र गन्ध सुध्ने क्षमतामा कमी आउने लगायत पर्दछन् । 

पिनास भएपछि परानासल साइनस सुन्निनाले म्यूकोसल गाढा हुने र प्राकृतिक जल निकासी मार्गहरू अवरुद्ध  हुने ईएनटी विशेषज्ञ डा. प्रियजित पाणिग्रही बताउँछिन् । उनका अनुसार यो अवरोधले तरल पदार्थको स्थिरता र ब्याक्टेरियालाई बढाउँछ ।

अभिजालो झार पोथ्रा वर्गमा पर्ने लामो लहरा हुने वनस्पतिको हो । अभिजालो झारलाई सिक्किम, उत्तर-पूर्वी भारत लगायतका क्षेत्रमा बसोबास गर्ने केही मानिसहरुले पिनाससहित विभिन्न रोगहरूको घरेलु उपचारको लागि प्रयोग गर्नेगर्छन् । 

अभिजालो झारको फूललाई केराको पातमा राखी जलाएर धुवाँ लिँदा पिनास निको हुने दाबीलाई प्रमाणित गर्ने  कुनै वैज्ञानिक प्रमाण छैन । तर, अभिजालो झारको फूलले पिनास लगायत विभिन्न रोगको उपचार गर्न सकिने दाबी अनुसन्धानात्मक लेखमा उल्लेख छ । यद्यपी परम्परागत अभ्यास र जडीबुटीजन्य उपचारहरू विभिन्न संस्कृतिहरूमा सतही छन् । तिनीहरूको प्रभावकारिता र सुरक्षाबारे पूर्ण अध्ययन गरिएको छैन । पिनासलाई सामान्यत: यसको कारकको आधारमा उपचार गरिन्छ, जस्तै ब्याक्टेरिया संक्रमणको लागि एन्टिबायोटिक वा लक्षण राहतको लागि डिकन्जेस्टेन्ट दिइन्छ ।

पुरानो पिनास वा गम्भीर अवस्थाको पिनासका लागि उपयुक्त निदान र उपचार आवश्यक छ । अप्रमाणित उपचारहरूमा भरपर्दा प्रभावकारी उपचारमा ढिलाइ हुने र अवस्था झनै बिग्रन सक्छ ।

निष्कर्ष

अभिजालो झारको फूललाई केराको पातमा राखी जलाएर धुवाँ लिँदा पिनास निको हुने दाबीलाई प्रमाणित गर्ने  कुनै वैज्ञानिक प्रमाण छैन । तर अभिजालो झारको फूलले पिनास लगायत विभिन्न रोगको उपचार गर्न सकिने दाबी अनुसन्धानात्मक लेखमा उल्लेख छ । यद्यपी यसको प्रभावकारिता र सुरक्षाबारे पूर्ण अध्ययन गरिएको छैन ।

नतिजा : आंशिक गलत

हाम्रा स्रोतहरू

रिसर्च लेख, ncbi.nlm.nih.gov
रिसर्च लेख, ncbi.nlm.nih.gov
रिसर्च लेख, pubmed.ncbi.nlm.nih.gov


(This article is published in collaboration with THIP Media)



तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage