Saturday, April 20, 2024
HomeFact CheckFact Check: हवाई जहाज दुर्घटना पूराना दृश्यहरु सामाजिक संजालमा फैलाइयो

Fact Check: हवाई जहाज दुर्घटना पूराना दृश्यहरु सामाजिक संजालमा फैलाइयो

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी: हवाई जहाज दुर्घटना भएका भिडियो तथा दृश्यहरु हालसालै सामाजिक संजालमा पोस्ट गरिएको छ ।
तथ्य: पूराना सन्दर्भका विमान दुर्घटनाका भिडियो तथा दृश्यहरुलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।

हवाई जहाज दुर्घटनासँग सम्बन्धित पोस्टहरु सामाजिक संजालमा फेला परेका छन् । हालसालै फैलाइएका ती पोस्टहरुमा हवाई जहाज दुर्घटना भएका भिडियो तथा दृश्यहरु जोडिएको छ ।

Kishor Kc नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एउटा हवाई जहाज दुर्घटनाग्रस्त भएको दृश्य देख्न सकिन्छ । साथै उक्त भिडियोको थमनेलमा लेखिएको छ- ‘तारा एयरको प्लेन दुर्घटना, यसरी चिप्लिएर ठोक्कियो ।’ 

चार दिनअघि पोस्ट गरिएको उक्त भिडियो सामग्रीमा करिब साढे ६ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै एक सयभन्दा बढी प्रतिक्रिया आइसकेको उक्त भिडियोलाई करिब ४ सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यो तथ्यांकले दाबीसहितको भिडियो सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको प्रष्ट पारेको छ ।

त्यसैगरी Breaking Khabar HD  नामक फेसबुक पेजमा पनि हवाई जहाज दुर्घटनासँग सम्बन्धित पोस्ट फेला परेको छ । तस्बिरसहित सामाजिक संजालमा फैलाइएको उक्त पोस्टमा हवाई जहाज दुर्घटनामा परी २२ नेपालीसहित ४९ जनाको मृत्यु भएको दाबी गरिएको छ । 

१९ मार्च (२०२४) मा पोस्ट गरिएको दाबीसहितको पोस्टमा करिब ७ हजार फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् । श्रद्धान्जलीसहितका २ सयभन्दा बढी प्रतिक्रिया आएको उक्त पोस्टलाई ५० भन्दा बढी फेसबुक प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।

हवाई जहाज दुर्घटनासँग सम्बन्धित पोस्टहरुले सामाजिक संजाल प्रयोगकर्तालाई आतंकित बनाएको देखिन्छ । त्यसैले हालसालै सामाजिक संजालमा फैलाइएका दाबीसहितका भिडियो तथा तस्बिरको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले यो तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणिकरण

सबैभन्दा पहिले हामीले सामाजिक संजालमा फैलाइएको हवाई जहाज दुर्घटनासँग सम्बन्धित भिडियोको सन्दर्भ जाँच गर्‍यौँ । यसका लागि सबैभन्दा पहिले दाबीसहितको भिडियोलाई पुन: राम्रोसँग नियाल्यौँ । सोही भिडियोमा माइसंसार लेखिएको लोगो देख्न सकिन्छ । यही आधारमा हामीले ‘Tara Air Crash’ ‘Mysansar’ वाक्यांशलाई युट्युबमा सर्च गर्‍यौँ । 

जाँचको नतिजास्वरुप Archive_MySansar नामक युट्युब च्यानलमा तारा एयरको हवाई जहाज दुर्घटनाग्रस्त भएको भिडियो फेला पर्‍यो । पाँच वर्षअघि अर्थात् ९ जुन २०१९ मा पोस्ट गरिएको भिडियोसँगै नेपालगन्जबाट जुम्लाका लागि उडेको तारा एयरको ट्विनओटर हवाई जहाज (9N-AEV) जुम्ला एयरपोर्टमा दुर्घटना भएको जानकारी दिइएको छ ।

जाँचका क्रममा फेला परेको भिडियो र माथि उल्लेखित दाबीसहितको भिडियोमा देखिएको एउटै हो । यही आधारमा हामीले ‘तारा एयर’ ‘जुम्ला दुर्घटना’ लगायतका वाक्यांशलाई गुगलमा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप पाँच वर्षअघि संचार माध्यममा प्रकाशित केही समाचार फेला परे ।

प्रस्तुत समाचारमा नेपालगञ्जबाट जुम्ला पुगेको तारा एयरको विमान अवतरणका क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको र विमानमा सवार १६ यात्रु र तीन चालक दलका सदस्य सकुशल रहेको जानकारी दिइएको छ ।

फेला परेका तथ्यबाट के पुष्टि हुन्छ भने पाँच वर्षअघि तारा एयरको ट्विनओटर हवाई जहाज दुर्घटना भएको र सोही दुर्घटनाको भिडियोलाई वर्तमान सन्दर्भमा सामाजिक संजालमा फैलाइएको पाइयो ।

यही क्रममा हामीले दाबीसहितको दोस्रो दृश्यको जाँच सुरु गर्‍यौँ । जसमा केही तस्बिरसँगै हवाई जहाज दुर्घटनामा परी २२ नेपालीसहित ४९ जनाको मृत्यु भएको दाबी गरिएको छ । हामीले सबैभन्दा पहिले उक्त पोस्टमा रहेको दाबी ‘विमान दुर्घटना: २२ नेपालीसहित ४९ जनाको मृत्यु, २२ घाइते (नामसहित)’ शिर्षकलाई गुगल सर्च गर्‍यौँ   

सर्चको नतिजास्वरुप onlinekhabar मा प्रकाशित एउटा समाचार फेला पर्‍यो । २०७४ फागुन २८ गते प्रकाशित उक्त समाचारको शिर्षक र वर्तमान समयमा दाबीसहितको सामग्रीमा जोडिएको शिर्षक हुबहु देखिन्छ ।

उक्त समाचार बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको जानकारी दिइएको छ । साथै उक्त दुर्घटनामा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको  र २२ जना घाइते भएको जानकारी दिइएको छ ।

फेला परेको तथ्यबाट के पुष्टि हुन्छ भने वर्तमान सन्दर्भमा पोस्ट गरिएका हवाई जहाज दुर्घटनाका भिडियो तथा दृश्यहरु पूराना हुन् । यी कुनैपनि दृश्यहरु वर्तमान सन्दर्भसँग सम्बन्धित छैनन् ।

निष्कर्ष

हालसालै पोस्ट गरिएका हवाई जहाज दुर्घटनासँग सम्बन्धित भिडियो तथा दृश्यहरुलाई भ्रामक छन् । पूराना सन्दर्भमा भएका विमान दुर्घटनाका भिडियो तथा दृश्यहरुलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

भिडियो, Archive_MySansar 
समाचार, Onlinekhabar
समाचार, Annapurnapost

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY Cancel reply

Please enter your comment!
Please enter your name here

Exit mobile version