Friday, May 30, 2025

Fact Check

Fact Check: सशस्त्र प्रहरीसँग सम्बन्धित अप्रमाणित भिडियो सामाजिक संजालमा फैलियो 

Written By Aakash Chhetri
Sep 6, 2023
banner_image

दाबी: बच्चाले लगाएको टिसर्ट खोल्दै सशस्त्र प्रहरी, यतिसम्म गिर्नु चाहिँ नहुँने हो, अनुसन्धान गरी कारबाही गरियोस् ।
तथ्य: नेपाल सशस्त्र प्रहरी बलका जवानलाई अप्रमाणित आरोप लगाइएको छ र ‘यतिसम्म गिर्नु चाहिँ नहुँने’ भन्ने वाक्यांशले भ्रामक सन्देश दिएको छ । 

सामाजिक संजालमा एउटा भिडियो सामग्री फेला परेको छ । उक्त सामग्रीमा बच्चाले लगाएको टिसर्ट नेपाल सशस्त्र प्रहरी बलका जवानले खोलिदिएको दाबी र प्रहरीलाई अनुसन्धान गरी कारबाही गर्नुपर्ने सुझावसहितको सन्देश दिइएको छ ।

Binodofficial नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा  सशस्त्र प्रहरी बलका जवान पोशाकमा देखिएका छन् र ती जवानले एकजना बालकले लगाएका कपडा खोलिरहेको दृश्य पनि देख्न सकिन्छ । साथै उक्त भिडियोमा केही मनिसहरु चिच्याइरहेको आजाव सुन्न सकिन्छ ।

भिडियोसँगै जोडिएको थमनेलमा लेखिएको छ- ‘बच्चाले लगाएको टिसर्ट खोल्दै सशस्त्र प्रहरी, यतिसम्म गिर्नु चाहिँ नहुँने हो, अनुसन्धान गरी कारबाही गरियोस् ।’

प्रस्तुत भिडियो सामग्रीमा साढे १० हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । चार सयभन्दा बढी प्रतिक्रिया आइसकेको सामग्रीलाई करिब दुई सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलसँग सम्बन्धित दाबीसहितको सामग्री अत्यन्तै संवेदनशील देखिन्छ । 

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित भिडियो सामग्रीमा नेपाल सशस्त्र प्रहरी बलका जवानले एकजना बालकको कपडा खोलेको सन्देश दिन खोजिएको छ । साथै उक्त सामग्रीमा एउटा भिडियो पनि जोडिएको छ । उक्त भिडियोको वास्तविकता पत्ता लगाउन हामीले भिडियोको स्क्रिनसटलाई गुगल लेन्समा सर्च गर्‍यौँ ।

सर्चको नतिजास्वरुप 𝐋𝐈𝐕𝐄 𝗡𝗘𝗪𝗦 𝗥𝗔𝗙𝗧𝗔𝗥 नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । १४ अगस्ट २०२३ मा पोस्ट गरिएको उक्त भिडियोमा ‘बालकलाई प्रयोग गरी कपडा तस्करी’ भइरहेको जानकारी दिइएको छ । साथै उक्त दृश्य मोरङको नेपाल-भारत रानीनाकामा खिचिएको पनि दाबी गरिएको छ । 

भिडियोसँगै क्याप्सनमा लेखिएको छ- ‘द्रुत गतिमा VIRAL भइरहेको एक VIDEO I बालकलाई प्रयोग गरि कपडा तस्करी । बालबालिकाको के दोष ? दोष सिधै अभिभावकको देखिन्छ । गर्मिको समयमा पनि शरिर भरि थुप्रै कपडा लगाएर तस्करी भइरहेको छ । यसरी नै बालबालिकाहरुलाई प्रयोग गरि ओसारिन्छ कपडा…मोरङको INDIA – NEPAL BORDER को रानी नाकामा देखिएको कारुणिक दृश्य ।’

सामाजिक संजालमा फेला परेको जानकारीका आधारमा हामीले इन्टरनेटमा थुप्रै जाँच गर्‍यौँ । तर, अन्य कुनै विश्वसनीय तथ्य फेला परेनन् । त्यसपछि हामीले सशस्त्र प्रहरी बल मोरङमा सम्पर्क गर्‍यौँ । सशस्त्र प्रहरी बल मोरङका प्रहरी अधिकारीहरुले यो भिडियो मोरङस्थित रानीनाकाको होइन भन्ने जानकारी दिए । साथै मोरङस्थित सशस्त्र प्रहरी अधिकृतहरुले भिडियोमा देखिएको दृश्य झापाको हुनसक्ने अनुमान लगाए । यही जानकारीका आधारमा हामीले सशस्त्र प्रहरी बल झापाका प्रमुख एसपी देवराज अर्याललाई सम्पर्क गर्‍यौँ । एसपी देवराज अर्यालले पनि उक्त भिडियो झापा जिल्लासँग सम्बन्धित नरहेको बताए । 

विश्वसनीय र उपयुक्त स्रोत फेला नपरेका कारण प्रस्तुत भिडियोको पक्का वास्तविकता खुल्न सकेन ।  भिडियोको वास्तविक स्रोत पत्ता नलागेपनि भिडियोमा देखिएका प्रहरी सशस्त्रका जवानहरु हुन् । भिडियोमा देखिएका बालकले धेरै टिसर्टहरु लगाएको देखिन्छ र ती टिसर्टहरुलाई प्रहरी जवानले उतारिरहेका छन् । प्रस्तुत दृश्यलाई सरसर्ती हेर्दा सार्वजनिक स्थानमै भिडियो खिचिएको देखिन्छ । साथै भिडियोमा प्रहरीले कुनै आपत्तिजनक काम गरेको पुष्टि भएन । त्यसैले प्रहरी कुनै नकारात्मक काममा संलग्न भएको पुष्टि हुँदैन । अर्कोतर्फ बालकलाई कपडा तस्करीमा प्रयोग गरिएको जानकारी माथिकै स्रोतमा उल्लेख छ ।

भिडियोको सन्दर्भ र विश्वसनीय स्रोत फेला नपरेपनि उक्त दृश्य नेपालकै सशस्त्र प्रहरीसँग सम्बन्धित छ । साथै ‘बच्चाले लगाएर आएको टिसर्ट खोल्दै सशस्त्र प्रहरी । यतिसम्म गर्नु चाहिँ नहुँने हो, अनुसन्धान गरी कारबाही गरियोस्’ भन्ने दाबीले भ्रामक सन्देश प्रवाह गरेको छ ।

निष्कर्ष

नेपाल सशस्त्र प्रहरी बलका जवानले बच्चाको टिसर्ट किन खोलेको भन्ने विश्वसनीय स्रोत फेला परेन । अर्कोतर्फ  प्रहरीलाई लक्षित गरी ‘यतिसम्म गिर्नु चाहिँ नहुँने’ भन्ने वाक्यांशले भ्रामक सन्देश दिएको छ । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

𝐋𝐈𝐕𝐄 𝗡𝗘𝗪𝗦 𝗥𝗔𝗙𝗧𝗔𝗥
Youtube.com


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

865

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage
cookie

Our website uses Cookies

We use cookies and similar technologies to help personalise content,tailor and measure ads, and provide a better experience. By clicking OK or turning an option on in Cookie Preferences, you agree to this, as outlined in our Cookie Policy.