Tuesday, May 13, 2025

Fact Check

Fact Check: नेपाली सेना र भारतीय सेनाबीच मौखिक मुठभेड भएको हो? पढ्नुहोस् वास्तविकता 

Written By Aakash Chhetri
Jul 19, 2023
banner_image

Claim

image

Fact

image

दाबी: नेपाली सेना र भारतीय सेनाबीच मौखिक मुठभेडको अवस्था सृजना भएको सन्देश दिन खोजिएको छ ।
तथ्य: चिनियाँ सेना र भारतस्थित अरुणाचल प्रदेशको सीमामा इन्डो तिब्बत सीमा प्रहरी (ITBP)बीच भएको मौखिक मुडभेडको पुरानो दृश्यलाई वर्तमान सन्दर्भमा भ्रामक दाबीका साथ पोस्ट
गरिएको पाइयो । 

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा नेपाली सेना र भरतीय सेनासँग सम्बन्धित एउटा सामग्री फेला गरको छ । उक्त सामग्रीमा दुबै छिमेकी देशका सेनाबीच सीमामा झडप एवं मुडभेडको अवस्था सृजना भएको सन्देश दिन खोजिएको छ । 

King is back नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाह र ग्रेटर नेपालको तस्बिर जोडिएको छ र सोही सामग्रीमा एउटा भिडियोसमेत देख्न सकिन्छ । उक्त भिडियोमा सेनाहरूबीच बादविवाद चलिरहेको र मुडभेडको अवस्था सृजना हुन लागेको जस्तो देखिन्छ ।  

प्रस्तुत भिडियोसँगै रहेको थमनेलमा बादविवाद गरिरहेका मानिसहरू नेपाली सेना र भरतीय सेना रहेको सन्देश दिइएको छ । भिडियो र तस्बिरको थमनेलमा लेखिएको छ- ‘नेपाल भर्सेज इन्डियन आर्मी, जय नेपाल, जय नेपाल बालेन शाह ।’

दाबीसहितको सामग्रीमा करिब ४० हजारभन्दा टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब पाँच सय प्रतिक्रिया प्राप्त दाबीसहितको सामग्रीलाई करिब ९० टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छ । यस तथ्य अनुसार दाबीसहितको सामग्री आगामी दिनमा झनै फैलिनसक्ने देखिएको छ । 

नेपाल र भारत सबैभन्दा धेरै सीमा जोडिएका छिमेकी राष्ट्र हुन्, साथै दुबै मुलुकबीच खुला सीमा हुनुका साथै दुबै देश र नागरिकबीच गहिरो सम्बन्ध रहेको छ । यही सन्दर्भमा सामाजिक संजालमा फैलाइएको दाबीसहितको सामग्री अत्यन्तै संवेदनशील छ । त्यसैले हामीले दाबीसहितको सामग्रीमा रहेको भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित दाबीसहितको सामग्रीमा बालेन शाह र ग्रेटर नेपालको तस्बिर देख्न सकिन्छ । गत जेठ २०८० मा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए । नेपालका केही भू-भाग समेटेर भारतको नयाँ संसद् भवनमा  ‘अखण्ड भारत’को नक्सा अंकित गरेपछि काठमाडौँ प्रमुख बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका थिए ।

यही सन्दर्भमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उनले आफ्नो कार्यकक्षमा अंतिक ग्रेटर नेपालको नक्सालाई जोडेर दाबीसहितको भिडियो सामग्री तयार पारिएको छ । उक्त सामग्रीमार्फत् नेपाली र भारतीय सेनाबीच सीमामा झडप एवं मुडभेडको अवस्था सृजना भएको सन्देश दिन खोजिएको छ ।

दाबीसहितको सामग्रीको प्रकृतिका आधारमा हामीले सबैभन्दा पहिले बादविवादको भिडियोको मूल सन्दर्भ पत्ता लगाउने काममा लाग्यौँ । यसका लागि हामीले ‘Border Tension’ ‘Indian Army’ लगायतका किवर्डहरूलाई युट्युबमा सर्च गर्‍यौँ । किवर्ड सर्चको नतिजास्वरुप XVGWHALE VVS.DIAMONDS नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्‍यो । 

तीन वर्षअघि अर्थात् ११ मे २०२० मा पोस्ट गरिएको उक्त भिडियो नै एउटा सानो अंश माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको देखिन्छ । तर, दाबी गरिएकोजस्तो उक्त झडप नेपाल र भारतीय आर्मीसँग सम्बन्धित छैन । भिडियोमा देखिएको विवादको दृश्य भारतीय सेना र चिनियाँ सेनासँग सम्बन्धित छ । 

युट्युब च्यानलमा दिइएको जानकारी अनुसार सन् २०२० मा चीन (तिब्बत)–भारत सीमामा भारतीय सेना र चिनियाँ सेनाबीच तनावपूर्ण स्थिति सिर्जना भएको थियो । तीन वर्ष पुरानो सोही दृश्यलाई नेपाली सेनासँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो । 

फेला परेका प्रस्तुत तथ्यका आधारमा हामीले अन्य स्रोतहरूको खोजी गर्नतिर केन्द्रीत भयौँ । खोजीका क्रममा प्रस्तुत भिडियोमाथि थुप्रै तथ्यजाँच भइसकेको पाइयो । विश्वचर्चित संचार संस्था एफपीले फरक विषयमा सोही भिडियोमाथि गरेको तथ्यजाँच अनुसार भारत-चीन सीमामा भारतीय र चिनियाँ सैनिकबीच भइरहेको मौखिक मुठभेडको भिडियो १३ जनवरी २०२० अघि नै इन्टरनेटमा पोस्ट भएको देखिन्छ । 

चिनियाँ सेनाले अरुणाचल प्रदेशको सीमामा इन्डो तिब्बत सीमा प्रहरी (ITBP)सँग झगडा गरिरहेको सन्दर्भमा प्रस्तुत भिडियोको खिचिएको थियो । इन्डो-तिब्बत सीमा पुलिस एक भारतीय अर्धसैनिक इकाई हो, जसले उत्तरपूर्वी राज्य अरुणाचल प्रदेश सहित भारतको पाँच सीमावर्ती राज्यहरूमा भारत-चीन सीमाको रक्षा गर्दछ । 

चिनियाँ सेना र अरुणाचल प्रदेशको सीमामा इन्डो तिब्बत सीमा प्रहरी (ITBP)को मौखिक मुठभेडको भिडियोलाई नेपालसँग जोड्दै भ्रामक तरिकाले सामाजिक संजालमा फैलाइएको पाइयो । नेपाली सेना तथा काठमाडौँ महानगर प्रमुख बानेल शाह र उक्त पुरानो मौखिक मुठभेड एक आपसमा सम्बन्धित छैनन् ।   

निष्कर्ष :

नेपाली सेना र भारतीय सेनाबी मौखिक मुडभेडको अवस्था सृजना भएको दाबी गर्ने सामग्री भ्रामक छ । चिनियाँ सेना र भारतस्थित अरुणाचल प्रदेशको सीमामा इन्डो तिब्बत सीमा प्रहरी (ITBP)बीच भएको मौखिक मुडभेडको पुरानो दृश्यलाई वर्तमान सन्दर्भमा भ्रामक दाबीका साथ पोस्ट गरिएको पाइयो । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू :

Afp.com
XVGWHALE VVS.DIAMONDS


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage