Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: इजरायल-प्यालेस्टाइन युद्ध हुन थालेपछि भारतले नेपालमाथि हमालको तयारी थालेको दाबी (भिडियोसहित) ।
तथ्य: रुस-युक्रेन युद्धसँग सम्बन्धित केही भिडियोहरू र नेपाल-भारतसँग सम्बन्धित पूराना समाचारलाई भ्रामक सन्देश दिनेगरी प्रस्तुत गरिएको पाइयो ।
इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीच जारी युद्धले दुबै देशमा रहेका आम मानिसको जनजीवन कष्टकर बनाइदिएको छ । ७ अक्टोबर (२०२३)को बिहान हमासले इजरायलतर्फ सयौँ रकेट प्रहार गरेको थियो । यो आक्रमणपछि इजरायलले हमासविरुद्ध युद्धको घोषणा गर्दै प्यालेस्टाइनको गाजा क्षेत्र प्रतिआक्रमण गरेको हो । पछिल्लो समय दुबै देशमा संकटपूर्ण अवस्था सृजना भएको छ ।
इजरायल र प्यालेस्टाइन संकटको सन्दर्भमा नेपाली सामाजिक संजाल प्रयोगकर्तामाझ केही दाबीसहितका भिडियो फैलिएका छन् । ती भिडियोसँगै इजरायल-प्यालेस्टाइन युद्ध हुन थालेपछि भारतले नेपालमाथि हमालको तयारी थालेको दाबी गरिएको छ ।
सारु दाइ 1010 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा नेपाली सेनाले अभ्यास गरिरहेको दृश्य देख्न सकिन्छ । विभिन्न दृश्यहरुसँग जोडिएको अडियोमा ‘भारतीय हेलिकोप्टरले नेपालको दार्चुला क्षेत्रमा चक्कर लगाइरहेको’ दाबी गरिएको छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘इजरायल प्यालेस्टाइन युद्ध हुन थालेपछि भारतले नेपालमाथि हमला गर्ने तयारी गर्न थाल्यो ।’
एक दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्रीमा ११ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । तीन सयभन्दा बढी प्रतिक्रिया आइसकेको भिडियोलाई दुई सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यसबाट के प्रष्ट हुन्छ भने प्रस्तुत दाबीसहितको सामग्री सामाजिक संजालमा व्यापक रुपमा फैलिरहेको छ ।
अर्कोतर्फ उस्तै खालको दाबीसहितको अर्को भिडियो पनि सामाजिक संजालमा फेला परेको छ । Amar Ghalan नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा भिषण युद्धको दृश्य देख्न सकिन्छ । साथै नेपाल-भारतबीच युद्ध सुरु हुन लागेको दाबी गरिएको छ ।
एक दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्रीमा करिब १० हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । प्रस्तुत दाबीसहितको सामग्री द्रुत गतिमा सामाजिक संजलामा फैलिरहेको छ र आगामी दिनमा व्यापक रुपमा फैलिनसक्ने संकेत देखिएको छ । यही कारण उल्लेखित भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस हामीले गरेका छौँ ।
इजरायल र प्यालेस्टाइनको विद्रोही समूहबीच युद्ध भइरहेको सन्दर्भमा माथि उल्लेखित दाबीसहितका भिडियो सामाजिक संजालमा फैलाइएको छ । प्रस्तुत भिडियोहरुसँगै भारतले नेपालमाथि हमालको तयारी गरेको र नेपाल-भारतबीच युद्ध हुन लागेको दाबी गरिएको छ ।
जाँचका क्रममा हामीले सबैभन्दा पहिले दाबीसहितको सामग्रीमा जोडिएका भिडियोहरुलाई राम्ररी नियाल्यौँ । ती भिडियोहरुमा युद्धरत सेनाले अत्याधुनिक हतियारको प्रयोग गरिएको देखिन्छ, उक्त दृश्य रुस-युक्रेन युद्धसँग सम्बन्धित हुनसक्ने अनुमान लगाउन सकिन्छ । यही अनुमानका आधारमा हामीले ‘Russia-Ukraine war’ ‘Ground Footage’ लगायतका वाक्यांशलाई युट्युबमा सर्च गर्यौँ ।
सर्चको नतिजास्वरुप THE MILITARY DAILY नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्यो । एक वर्षअघि अर्थात् ७ मार्च २०२२ मा पोस्ट गरिएको भिडियो रुस-युक्रेन युद्धसँग सम्बन्धित छ । यस भिडियोमा रुसले अत्याधुनिक हतियारसहित युक्रेनसँग युद्ध गरिरहेको जानकारी दिइएको छ ।
एक वर्षअघि पोस्ट गरिएको प्रस्तुत भिडियोको एउटा अंश र माथि उल्लेखित दाबीसहितको भिडियोमा देखिएको दृश्य एउटै हो । यसबाट के प्रष्ट हुन्छ भने एक वर्षअघि पोस्ट गरिएको रुस-युक्रेन युद्धसँग सम्बन्धित भिडियोको एउटा अंशलाई भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको छ ।
त्यस्तै दाबीसहितको अर्को भिडियोमा ‘भारतीय हेलिकोप्टरले नेपालको दार्चुला क्षेत्रमा चक्कर लगाइरहेको’ जानकारी दिइएको छ । प्रस्तुत जानकारीसँगै इजरायल-प्यालेस्टाइन युद्ध हुन थालेपछि भारतले नेपालमाथि हमालको तयारी थालेको दाबी गरिएको छ ।
प्रस्तुत दाबीकै आधारमा हामीले ‘भारतीय हेलिकोप्टर’ ‘नेपालको आकाश’ ‘दार्चुला’ लगायतका वाक्यांशलाई गुगलमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप अनाधिकृतरुपमा दार्चुलास्थित नेपालको आकाशमा भारतीय हेलिकोप्टर उडाइएको समाचार फेला परेको छ ।
दुई वर्षअघि अर्थात् २०७८ भदौ १८ गते ekantipur.com मा प्रकाशित समाचारमा भारतले दार्चुलास्थित महाकालीवारि नेपाली सेनाको ब्यारेकमाथिसमेत अनधिकृत रूपमा हेलिकोप्टर उडाउन थालेको र यस विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतसँग लिखित आपत्ति जनाएको जानकारी दिइएको छ ।
समाचारसँगै eKantipur नामक युट्युब च्यालनमा एउटा भिडियो पनि पोस्ट गरिएको छ । उक्त भिडियोमा एउटा हेलिकोप्टर उडिरहेको दृश्य देख्न सकिन्छ । दुई वर्षअघि पोस्ट गरिएको उक्त भिडियोको शीर्षक छ- ‘नेपाली सेनाको ब्यारेक माथि भारतीय हेलिकोप्टर’ ।
फेला परेको तथ्यबाट के प्रष्ट हुन्छ भने दार्चुलास्थित नेपाली भूभागमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएको घटना नयाँ होइन । अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएको घटनालाई इजरायल-प्यालेस्टाइन युद्धसँग जोड्नु र भारतले नेपालमाथि हमालको तयारी थालेको दाबी गर्नुले भ्रामक सन्देश दिएको छ ।
इजरायल-प्यालेस्टाइनबीच युद्ध हुन थालेपछि भारतले नेपालमाथि हमला गर्ने तयारी गरेको दाबी भ्रामक छ । रुस-युक्रेन युद्धसँग सम्बन्धित केही भिडियोहरू र नेपाल-भारतसँग सम्बन्धित पूराना समाचारलाई भ्रामक सन्देश दिनेगरी प्रस्तुत गरिएको पाइयो । इजरायल र प्यालेस्टाइनी विद्रोही समूहबीच भइरहेको युद्धले नेपाल-भारतबीचको सम्बन्धमा कुनै प्रभाव पारेको छैन ।
भिडियो, THE MILITARY DAILY
समाचार, ekantipur.com
भिडियो, eKantipur
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
May 9, 2025
Aakash Chhetri
March 25, 2025
Aakash Chhetri
October 10, 2024