Friday, May 9, 2025

Fact Check

Fact Check: के हालसालै नेपाल प्रहरीमाथि एसएसबीले दुर्व्यवहार गरेको हो? पुरानो भिडियोमा जोडियो भ्रामक दाबी

May 9, 2025
banner_image

Claim

image

Fact

image

दाबी: भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले हालसालै नेपाल प्रहरीमाथि दुर्व्यवहार गरेको दाबी ।
तथ्य: वर्तमान सन्दर्भमा सामाजिक संजालमा फैलाइएको दृश्य पुरानो हो ।

नेपाल-भारत सीमा विवादसँग सम्बन्धित दृश्य हालसालै सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त दृश्यमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाल प्रहरीमाथि दुर्व्यवहार गरेको दाबी गरिएको छ ।

Dr.Santosh Ghimire नामक एक्स ह्यान्डलमा पोस्ट गरिएको दृश्यमा एसएसबी, नेपाल प्रहरी र स्थानीय मानिसहरुलाई देख्न सकिन्छ । त्यस्तै उक्त दृश्यमा एसएसबीका जवानहरु आक्रोशित भएको र मुडभेडको अवस्था सृजना हुन लागेको देखिन्छ ।

साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘भारतीय एसएसबीको टिमले फेरी कन्चनपुरमा भत्कायो नेपालको सिमानाको तारबार, नेपाल प्रहरी माथिनै दुर्व्यवहार ! हाम्रो सरकार यति फितलो छ कि अब यस्ता भिडियो भाइरल भएमा Action लिन्छ नत्र तै चुप मै चुप !’

एक दिनअघि अर्थात् ८ मे २०२५ मा पोस्ट गरिएको दाबीसहितको भिडियोलाई २५ हजारभन्दा बढी एक्स प्रयोगकर्ताले हेरिसकेका छन् । प्रस्तुत दाबीसहितको भिडियो सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको देखिन्छ ।

के सामाजिक संजालमा फैलाइएको भडियो हालसालैको हो त? भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

दाबीसहित प्रस्तुत गरिएको सामग्रीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) आक्रामक मुद्रामा देखिन्छन् । दृश्यमा झडपको स्थिति देखिएको छ । यही दृश्यलाई आधार बनाएर हामीले सबैभन्दा पहिले यसको वास्तविक स्रोतको पहिचान गर्ने प्रयास गर्यौं ।

जाँचको प्रक्रिया सुरु गर्दै हामीले ‘सीमामा एसएसबीको दादागिरी’ जस्ता वाक्यांशहरू प्रयोग गरी खोज गर्दा, News24 Nepal टेलिभिजनको युट्युब च्यानलमा २०७५ वैशाख १४ गते (२७ अप्रिल २०१८) पोस्ट गरिएको एउटा भिडियो रिपोर्ट भेट्टायौं –

 ‘कञ्चनपुरको पुनर्वासमा एसएसबीको ज्यादती, नेपालीले गरेको तारबार उखेलियो’ शीर्षकको सो रिपोर्टमा देखिएको दृश्य दाबी गरिएको सामग्रीमा प्रयोग गरिएको दृश्यसँग मिल्दोजुल्दो देखिन्छ ।

उक्त भिडियोका आधारमा हामीले ‘एसएसबीको दादागिरी’ र ‘Kanchanpur’ भन्ने किवर्डहरू सर्च गर्दा Kharibot नामक युट्युब च्यानलमा २०७५ वैशाख १३ गते (२६ अप्रिल २०१८) पोस्ट गरिएको मूल भिडियो फेला पर्‍यो –

यी दुवै भिडियोको आधारमा हामीले घटनाको थप पुष्टि गर्न अर्को स्रोतको खोजी गर्‍यौं । खोजको क्रममा ‘पुनर्वासमा तारबार उखेले’, ‘एसएसबी’, ‘कञ्चनपुर’ जस्ता किवर्डहरू प्रयोग गर्दा नयाँ पत्रिका दैनिक मा प्रकाशित एउटा समाचार रिपोर्ट फेला पर्‍यो । सो रिपोर्टमा केस स्टडीका रूपमा दिइएको विवरण माथिका भिडियोमा प्रस्तुत गरिएका विवरणसँग मेल खान्छ ।

नयाँ पत्रिका मा प्रकाशित विवरण अनुसार – २०७५ साल वैशाखमा पुनर्वास नगरपालिका–९, बीचफाँटामा लगाइएको तारबार एसएसबीको सहयोगमा उखेलेको थियो । साथै, नेपालको प्याराताल क्षेत्रमा नेपाली पक्षबाट ठेक्कापट्टा दिँदा पनि भारतीय वन विभागले एसएसबीको साथमा आधा माछा लिने गरेको उल्लेख छ ।

यो तथ्य-जाँचका क्रममा उपलब्ध प्रमाणहरूले स्पष्ट देखाउँछन् कि – दाबी गरिएजस्तो एसएसबीसँगको मुडभेडको दृश्य हालको होइन, पुरानो हो । 

निष्कर्ष

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाल प्रहरीमाथि हालसालै दुर्व्यवहार गरेको भन्दै पोस्ट गरिएको भिडियोले भ्रामक सन्देश दिएको छ । यो भिडियो वर्तमान सन्दर्भको नभई पुरानो हो । कन्चनपुरस्थित नेपाली भूभागमा लगाइएको तारलाई भारतीय पक्षले दादागिरीपूर्ण तरिकाले हटाउन खोज्दा उक्त भिडियो खिचिएको थियो । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

भिडियो, News24 Nepal 
भिडियो, Kharibot 


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।


RESULT
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाल प्रहरीमाथि हालसालै दुर्व्यवहार गरेको भन्दै पोस्ट गरिएको भिडियोले भ्रामक सन्देश दिएको छ । यो भिडियो वर्तमान सन्दर्भको नभई पुरानो हो । कन्चनपुरस्थित नेपाली भूभागमा लगाइएको तारलाई भारतीय पक्षले दादागिरीपूर्ण तरिकाले हटाउन खोज्दा उक्त भिडियो खिचिएको थियो ।
image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage