Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
सामाजिक संजालमा एउटा भिडियोसहितको सामग्री फैलिरहेको छ । उक्त सामग्रीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ नियम ल्याएको र त्यो नियम अन्तर्गत मुलुकका सबै पुरुषले एक वर्ष सेनामा सेवा गर्नुपर्ने दाबी गरिएको छ ।
बिश्वघटना_offical नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त दाबीसहितको सामग्रीमा समाचारको एउटा अंशसमेत जोडिएको देखिन्छ । समाचार बाचिकाले बाचन गरिरहेको उक्त समाचारमा नयाँ नियम जनवरी १, २००५ पछि जन्मिएका सबै पुरुषहरूमा लागू हुने जानकारी दिइएको छ ।
प्रस्तुत समाचार अंशमा समाचार बाचिकाले यस्तो भनेकी छन्- ‘देशका सबै पुरुषले सेनामा एक वर्ष सेवा अनिवार्य गर्नुपर्ने नियम । नयाँ नियम जनवरी १, २००५ पछि जन्मिएका सबै पुरुषहरूमा लागू हुने ।’
दाबीसहितको सामग्रीमा थमनेलसमेत राखिएको छ । उक्त थमनेलमा नै प्रधानमन्त्री प्रचण्डले सो नियम ल्याएको दाबी गरिएको हो । थमनेलमा लेखिएको छ – ‘खुसीको खबर, प्रधानमन्त्री प्रचण्डले ल्याए यस्तो नियम, देशका सबै पुरुषले सेनामा १ वर्ष सेवा अनिवार्य गर्नुपर्ने । छिमेकी मुलुकले अति नै नेपाललाई हेपाई प्रवृति देखाएकाले पहिला आफूहरू सजग र आत्मनिर्भर हुनुपर्ने प्रचण्डको दाबी ।’
प्रस्तुत दाबीसहितको सामग्री पोस्ट भएको २४ घण्टा नबित्दै उक्त सामग्रीमा ४६ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै करिब १७ सय प्रयोगकर्ताले प्रतिक्रिया दिइसकेका छन् भने उक्त सामग्रीलाई सेयर गर्ने टिकटक प्रयोगकर्ताको संख्या १५ सयभन्दा बढी रहेको छ ।
यस तथ्यबाट के प्रस्ट हुन्छ भने दाबीसहितको उक्त सामग्रीको फैलावट सामाजिक संजालमा द्रुत रहेको छ । सबै पुरुषले सेनामा काम गर्नुपर्ने नियम सरकारले ल्याएको हो त ? प्रस्तुत दाबी एउटा गम्भिर विषय भएकाले हामीले यसमाथि जाँच गरेका छौँ ।
सामाजिक संजालमा फैलिरहेको सामग्रीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ नियम ल्याएको र उक्त नियम अन्तर्गत मुलुकका सबै पुरुषले एक वर्ष सेनामा काम गर्नुपर्ने दाबी गरिएको छ । प्रस्तुत दाबीलाई एउटा समाचारसहित पेश गरिएको देखिन्छ ।
दाबीसहितको सामग्रीमा जोडिएको समाचारमा पनि ‘देशका सबै पुरुषले सेनामा एक वर्ष सेवा अनिवार्य गर्नुपर्ने नियम’ ल्याइएको जानकारी दिइएको छ । यही दाबीमा केन्द्रीत रहेर हामीले जाँच सुरु गर्यौँ । सबैभन्दा पहिले हामीले प्रस्तुत समाचारको मूल अंशको जाँच गर्नतिर लाग्यौँ ।
सामाजिक संजालमा फैलाइएको भिडियोमा News24 लेखिएको लोगो देखिएको छ । सोही लोगोको आधारमा हामीले News24 Nepal नामक युट्युब च्यानलमा पोस्ट गरिएका पछिल्ला समाचारहरू नियाल्यौँ । फलस्वरुप मंगलबार अर्थात् डिसेम्बर २७ मा पोस्ट गरिएको समाचार बुलेटिन फेला पर्यो ।
‘EVENING NEWS FATAFAT’ शीर्षकमा पोस्ट गरिएको उक्त समाचार बुलेटिनमा जम्मा २४ वटा समाचार रहेका छन् । जसमध्ये १७ नम्बरको समाचारमा ‘सेनामा एक वर्ष सेवा गर्नुपर्ने नियम’बारे जानकारी दिइएको छ । तर, उक्त समाचार नेपालको नभई ताइवानको हो ।
फेला परेको समाचारको मूलरुप यस्तो छ- ‘ताइवानद्वारा देशका सबै पुरुषले सेनामा एक वर्ष सेवा अनिवार्य गर्नुपर्ने नियम । नयाँ नियम जनवरी १, २००५ पछि जन्मिएका सबै पुरुषहरूमा लागू हुने ।’
सामाजिक संजालमा फैलाइएको सामाग्रीमा भने मूल समाचारलाई छाँटकाँट गरेर ‘देशका सबै पुरुषले सेनामा एक वर्ष सेवा अनिवार्य गर्नुपर्ने नियम, नयाँ नियम जनवरी १, २००५ पछि जन्मिएका सबै पुरुषहरूमा लागू हुने’ भनिएको अंश मात्र राखिएको छ । जसमा ‘ताइवान’ शब्द हटाइएको छ ।
मूल समाचारमा ताइवानकी राष्ट्रपति साइ इङ वेनको तस्बिर राखिएको छ तर त्यसलाई हटाएर तस्बिरको ठाउँमा नेपालको झण्डा जोडिएको छ । यसरी नेपालको झण्डा र थमनेलमा दाबीसहितको वाक्यांश जोडेर सामाजिक संजालमा भ्रामक सूचना फैलाइएको पाइयो ।
चीनमा भएको गृहयुद्धका बेला सन् १९४९ मा अलग भएको ताइवानलाई अझै पनि आफ्नो भूमि भएको दाबी गर्दै आएको छ । पछिल्लो समय चीनले ताइवानलाई आफ्नो बनाउन शैन्य गतिविधिहरू संचालन गर्दै आएको हो ।
यही क्रममा ताइवान सरकारले आफ्ना नागरिकलाई निश्चित अवधिका लागि अनिवार्य सैनिक सेवामा लगाउने नियम बनाएको थियो । विश्व चर्चित टाइम म्यागजिनका अनुसार (time.com) का अनुसार वाइवानले अनिवार्य सैनिक सेवाको उक्त नियमलाई नम्ब्याएर पुर्याएको हो ।
यही सेरोफेरोमा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ नियम ल्याएको र त्यो नियम अन्तर्गत मुलुकका सबै पुरुषले एक वर्ष सेनामा सेवा गर्नुपर्ने दाबी गरिएको हो । तर, यो दाबी पूर्णत: गलत हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्याएको नयाँ नियम अन्तर्गत ‘सबै पुरुषले एक वर्ष सेनामा सेवा गर्नुपर्ने’ दाबी गलत छ । नवनियुक्त प्रधानमन्त्रीले यस्तो कुनै नियम जारी गरेका छैनन् । अर्कोतर्फ भिडियो समाचारमा छेडखानी गर्दै उक्त दाबीको आधार बनाएर भ्राम सृजना गरिएको छ ।
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
March 25, 2025
Aakash Chhetri
September 3, 2024
Aakash Chhetri
July 15, 2024