Thursday, July 17, 2025

Fact Check

के दुधे झारले डेंगु निको पार्छ ?

banner_image

सामाजिक संजालमा एउटा पोस्ट भेटिएको छ, जसमा स्वास्थ्यसँग सम्बन्धित जानकारी राखिएको छ । एउटा झार विरुवाको तस्बिरसहित पोस्ट गरिएको उक्त सामग्रीमा डेंगु रोगको उपचारका बारेमा बताइएको छ ।  

Baari Mart नामक फेसबुक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा दुधे झारको प्रयोगबाट डेंगु रोगको उपचार गर्न सकिने दाबी गरिएको छ । दुधे झारसहित पोस्ट गरिएको स्ट्याटसमा लेखिएको छ-‘हामीले बेवास्ता गरेको झार नै डेंगु रोगको अचुक औषधी रहेछ ! दुधे झारको प्रयोगबाट थुपै रोगको उपचार गर्न सकिन्छ ।’

डेंगु संक्रमण र दुधे झारको प्रयोग 

डेंगु एक प्रकारको भाइरल संक्रमण हो, जो एडिस प्रजातिको संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्दछ । डेंगु संक्रमणको कुनै निश्चित उपचार छैन त छैन तर चिकित्सकहरूले डेंगु संक्रमितलाई प्रशस्त तरल पदार्थ पिउन सल्लाह दिने गर्दछन् । 

डेंगु एक अत्यधिक संक्रामक रोग हो र समयमै उपचार गरिएन भने यस रोगले विरामीको ज्यानसमेत लिनसक्छ । डेंगु संक्रमणपछि पिसाब कम हुने, थोरै आँसु आउने, मुख वा ओठ सुख्खा हुने, अल्छी लाग्ने, अलमल हुने र धेरै चिसो महसुस भए तुरुन्तै डाक्टरलाई भेट्नुपर्छ । साथै, डेंगुको गम्भीर अवस्थामा विरामीलाई अस्पतालको हेरचाहसँगै विभिन्न उपचार आवश्यक पर्दछ ।

खतरनाक मानिएको डेंगुको उपचार गर्न जडीबुटीलाई प्रयोग गर्न सकिन्छ । यद्यपि, यी जडीबुटीहरूलाई डाक्टरले उपलब्ध गराएको चिकित्सा उपचारको विकल्पको रूपमा प्रयोग गर्नु हुँदैन । यदि कसैलाई पनि डेंगु संक्रमण भए अनुभवी डाक्टरसँग सम्पर्क गर्नुपर्दछ । समयमै उपचार र सावधानी अपनाएमा समाजमा डे‌ंगु संक्रमण फैलनबाट रोक्न सकिन्छ ।

यूफोरबिया हिर्टा (दुधे झार) एक झार बिरुवा हो, जसलाई  दम, छाला रोग र उच्च रक्तचापको उपचारका लागि एक परम्परागत जडिबुटी औषधिको रूपमा प्रयोग गरिन्छ । त्यसैले यसलाई सामान्यतया दमको बिरुवा तथा दुधे झार पनि भनिन्छ ।

दुधे झारमा अल्कानेस, ट्राइटरपेन्स, फाइटोस्टेरोल, ट्यानिन्स, पोलिफेनोल र फ्लेभोनोइड्स रसायन पाइन्छ । यो रासायनिक संरचनाले दुधे झारलाई औषधीय गुण प्रदान गर्ने गर्दछ । डेंगु भएका व्यक्तिहरूले आफ्नो लक्षणहरूको गम्भीरता कम गर्न दुधे झारको सेवन गर्न सक्छन् । तर, यसबाट जोगिन पनि अत्यावस्यक छ । 

दुधे झारमा विषाक्त र जलन गराउने रसायनसमेत रहेका हुन्छन् । तसर्थ, यसलाई गलत तरिकाले उपभोग गर्दा फोटोसेन्सिटिभ छाला प्रतिक्रिया र गम्भीर सूजन हुन सक्छ । उचित चिकित्सा निर्देशन अन्तर्गत यसको प्रयोग गर्नुपर्छ । 

उपलब्ध वैज्ञानिक प्रमाणहरूले दुधे झारमा एन्टिभाइरल र प्लेटलेट बढाउने गुणहरू रहेको देखाएका छन् । तर, दुधे झार डेंगु विरोधी हुन्छ भनेर गरिएको अनुसन्धान पूर्ण नरहेकोसमेत उक्त प्रमाणहरूमा उल्लेख छ  ।

निष्कर्ष

दुधे झारमा रहेको रासायनिक संरचनाले यसलाई औषधीय गुण प्रदान गर्ने गर्दछ । डेंगु भएका व्यक्तिहरूले आफ्नो लक्षणहरूको गम्भीरता कम गर्न दुधे झारको सेवन गर्न सक्छन् । तर, यसबाट जोगिन पनि अत्यावस्यक छ ।

नतिजा : आंशिक सत्य 

हाम्रा स्रोतहरू 

Dengue: an update on treatment options

Home Remedies For Dengue

Some medicinal plants with antiasthmatic potential

Euphorbia hirta

Potential Use of Euphorbia hirta for Dengue


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

887

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage