Wednesday, May 14, 2025

Fact Check

Fact Check: मुक्का प्रहारपछि केपी शर्मा ओली अस्पताल भर्ना भएको भ्रामक दाबी 

Written By Aakash Chhetri
Dec 18, 2023
banner_image

Claim

image

Fact

image

दाबी: केपी शर्मा ओलीमाथि मुक्का प्रहार भएको र यही कारण उनी अस्पताल भर्ना भएको दाबी ।
तथ्य: झुलाघाट-चिवाभञ्ज्याङ मध्यपहाडी संकल्प यात्राका क्रममा धनकुटा-भोजपुरको मध्यमा केपी शर्मा ओलीमाथि एक व्यक्तिले आक्रमणको प्रयास गरेका थिए । यस घटनाका केपी शर्मा ओलीलाई कुनैपनि क्षति भएको छैन ।

पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्धित एउटा पोस्ट सामाजिक संजालमा फेला परेको छ । उक्त पोस्टमा केपी शर्मा ओलीमाथि मुक्का प्रहार भएको र यही कारण उनी अस्पताल भर्ना भएको दाबी गरिएको छ । 

Suman नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा एउटा तस्बिर देख्न सकिन्छ, उक्त तस्बिरमा केपी शर्मा ओली अस्पतालनको बेडमा देखिएका छन् । उक्त तस्बिरसँगै रहेको थमनेलमा मुक्का खाएपछि केपी शर्मा ओली अस्पताल भर्ना भएको दाबी गरिएको छ । 

थमनेलमा लेखिएको छ- ‘आज चाहिँ उखान-टुक्का गाफाडी सुड्डोले एक मुक्का भएपनि राम्रोसँग भेट्टाएछ, हस्पिटल नै भर्ना हुनेगरी । तीन चार मुक्का भेट्टाएको भए त गफाडी सुड्डो आइसीयू नै भर्ना हुने थियो नि, अब जाँदैन केपी ओली धनकुटा ।’

दुई दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्रीमा सात हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही अवधिमा करिब चार सय प्रतिक्रिया आइसकेकको उक्त पोस्टलाई करिब एक सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।

यस तथ्यजाँचमा हामीले सामाजिक संजालमा फैलदोक्रममा रहेको दाबीसहितको सामग्री र त्यहाँ जोडिएको तस्बिरको वास्तविकता पत्ता लगाउने कोशिस गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

झुलाघाट-चिवाभञ्ज्याङ मध्यपहाडी संकल्प यात्रामा रहेका केपी शर्मा ओलीमाथि मंसिर २८ (२०८०) गते धनकुटा-भोजपुरको मध्यमा एक व्यक्तिले आक्रमणको प्रयास गरेका थिए । फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका महालक्ष्मी-५ धनकुटाका महेश राई ओलीमाथि आक्रमणको प्रयास थिए । 

केपी शर्मा ओलीमाथि आक्रमण प्रयास यही सन्दर्भमा सामाजिक संजालमा दाबीसहितको सामग्री पोस्ट गरिएको छ । माथि उल्लेखित पोस्टमा एउटा तस्बिर देख्न सकिन्छ, उक्त तस्बिरमा केपी शर्मा ओली चिकित्सक र परिवारसहित अस्पतालनको बेडमा देखिन्छन् ।  

प्रस्तुत तस्बिरलाई हामीले गुगल लेन्समा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप सोही तस्बिर चार वर्ष पूरानो english.onlinekhabar मा प्रकाशित समाचारसँगै फेला पर्‍यो । फागुन २०७६ शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मृगाैला प्रत्यारोपण गरिएको थियो ।

प्रस्तुत तथ्यबाट के पुष्टि हुन्छ भने दाबीसहितको सामग्रीमा जोडिएको तस्बिर वर्तमान सन्दर्भको होइन । चार वर्षौँ पूरानो मृगाैला प्रत्यारोपण हुँदाको तस्बिरलाई केपी शर्मा ओलीमाथि भोजपुरमा आक्रमणको प्रयास भएको सन्दर्भसँग जोडिएको पाइयो ।

निष्कर्ष

केपी शर्मा ओलीमाथि मुक्का प्रहार भएको र यही कारण उनी अस्पताल भर्ना भएको दाबी भ्रामक छ । नेकपा (एमाले)द्वारा आयोजित झुलाघाट-चिवाभञ्ज्याङ मध्यपहाडी संकल्प यात्राका क्रममा धनकुटा-भोजपुरको मध्यमा केपी शर्मा ओलीमाथि एक व्यक्तिले आक्रमणको प्रयास गरेका थिए । यस घटनाका केपी शर्मा ओलीलाई कुनैपनि क्षति भएको छैन ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

समाचार, english.onlinekhabar
समाचार, annapurnapost


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage