Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
पछिल्लो समय मुलुकभर स्थानीय तह निर्वाचन २०७९ को मतगणना भइरहेको छ । अधिकांश साना स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ भने महानगरसहित ठूला स्थानीय तहको मतगणना जारी छ । यही बेला काठमाडौँ महानगरका उम्मेदवार बालेन साह (बालेन्द्र) सम्बन्धित एउटा दाबीसहितको सामग्री सामाजिक संजालमा फैलिरहेको छ ।
Puskar_gairey नामक टिकटक आइडीमा पोस्ट भएको सामग्रीमा काठमाडौँ महानगरका स्वतन्त्र मेयर उम्मेदवार बालेन साह देखिएका छन् । यो भिडियो सामग्रीमा काठमाडौँकाे मेयरमा बालेन साह विजयी भएकोसमेत दाबी गरिएको छ । भिडियोको थमनेल र अडियोमार्फत् उल्लेखित दाबी पेश गरिएको छ ।
‘काठमाडौँको मेयरमा बालेन साह विजयी, स्वतन्त्रको जित बधाई छ’, भिडियोको थमनेलमा भनिएको छ,‘बधाई छ सबैलाई, सोचेजस्तो मतले नै विजयी, अब पालो युवाको ।’
यसैगरी दाबीसहितको सामग्रीमा राखिएको अडियोमा पनि थमनेलकै व्यहोराको सूचना दिइएको छ । अडियोमा भनिएको छ,‘काठमाडौँको मेयरमा ९० हजार ८३५ मतसहित बालेन साह विजयी हुनुभएको छ ।’
टिकटकमा पोस्ट भएको तीन दिनमै दाबीसहितको सामग्रीमा साढे २१ हजारभन्दा बढी प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने २ सयभन्दा बढीले भिडियो सामग्रीलाई सेयर गरिसकेका छन् ।
प्रस्तुत दाबीसहितको सामग्री kavreli_done नामक टिकटक आइडीमा पोस्ट भएको देखिन्छ । यो आइडीमा उही अडियो र उही दाबी राखेर फरक दृश्यका साथ टिकटकमा पोस्ट गरिएको थियो । चार दिनअघि पोस्ट गरिएको उक्त भिडियो सामग्रीमा साढे ६० हजारभन्दा टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् भने करिब ६ सय टिकटक प्रयोगकर्ताले भिडियोलाई सेयर गरेका छन् ।
यतिमात्र होइन, उक्त दाबीसहितको अडियोबाट अन्य भिडियो सामग्री पुन:उत्पादन गरिएको छ । उक्त अडियोबाट ५५ वटा फरक-फरक टिकटक सामग्री उत्पादन गरिएको देखिन्छ । यसबाट के प्रष्ट हुन्छ भने प्रस्तुत दाबीसहितको सामग्री सामाजिकमा व्यापकरुपमा फैलिएको छ ।
काठमाडौँ महानगरपालिकाको मतगणना जारी छ । राजनीतिक दलहरूले खडा गरेका उम्मेदवारभन्दा स्वतन्त्र रुपमा मेयर पदमा उठेका बालेन साह अगाडि रहेको प्रारम्भिक मतगणनाले प्रष्ट पारेको छ । यही बेला सामाजिक संजालबाटै बालेन साह विजयी भएको घोषणा गरिएको छ ।
मतगणना नसकिँदै गरिएको प्रस्तुत दाबीले आधिकारिक मतपरिणामको स्वीकार्यतालाई प्रभावित पार्न सक्ने भएकाले न्युजचेकरले उक्त दाबीमाथि तथ्यजाँच गर्ने जमर्को गर्यो । यो तथ्यजाँच रिपोर्ट लेखन बुधबार सुरु गरिएका कारण हामीले बुधबार साढे २ बजेसम्मको मतपरिणामलाई आधार मानेका छौँ ।
काठमाडौँ महानगरद्वारा संचालित Metro News मार्फत् निर्वाचन आयोगले बुधबार बिहान साढे २ बजे सार्वजनिक गरेको आधिकारिक मतपरिणाम अनुसार बुधबार बिहानसम्म ३९ हजार ६२३ मतगणना भइसकेको छ । जसमध्ये बालेन साहको चुनाव चिन्ह लौरोमा १५ हजार ५० मतदान गरिएको पाइयो । त्यसैगरी नेकपा (एमाले)को चुनाव चिन्ह सूर्यमा ८ हजार ७५ र नेपाली कांग्रेसको रुख चिन्हमा ७ हजार २६५ मतदान भएको पाइयो ।
अर्कोतर्फ संचार माध्यमहरूले भने अलि अगाडि बढेर मतपरिणाम सार्वजनिक गरिरहेको देखिन्छ । इकान्तिपुरको निर्वाचन केन्द्रीत वेबसाइटमा बुधबार दिउँसो २ बजे हेर्दा बालेन साहले प्राप्त गरेको मत १७ हजार ३१ देखिएको छ ।
काठमाडौँ महानगरपालिकामा जम्मा ३ लाख २४२ मतदाता रहेका छन् तर यस पटकको स्थानीय तह निर्वाचनमा १ लाख ९१ हजार १८६ मतदाताले मतदान गरेको तथ्यांक सार्वजनिक गरिएको छ । यो तथ्यांकका आधारमा के भन्न सकिन्छ भने बुधबार बिहान सार्वजनिक गरिएको मतपरिणाम प्रारम्भिक मात्रै हो ।
प्रस्तुत तथ्य (मत परिणाम) बाट अन्तिम नतिजा अनुमान लगाउन सकिँदैन । त्यसैले सामाजिक संजालमा गरिएको दाबी असत्य छ । मतगणना जारी भएका कारण काठमाडौँको मेयरमा बालेन साह विजयी भइसकेका छैनन् । अर्कोतर्फ उनले ९० हजार ८३५ मत प्राप्त गरेको भन्नु भ्रामक छ ।
अर्कोतर्फ दाबीसहितको टिकटक सामग्रीमा प्रयोग गरिएको दृश्यको मूल अंशसमेत हामीले खोज्यौँ । ‘बलेन शाह चुनावी अभियान’ भन्ने शब्दको खोजीबाट हामीले भिडियोको फ्रेमसँग मिल्दोजुल्दो भिडियो फेला पार्यौं। ‘एक वाइन्स’ नामको युट्युब च्यानलमा पोस्ट गरिएको उक्त भिडियो मे ३, २०२२ मा पोस्ट गरिएको देखिन्छ ।
टिकटकमा फैलाइएको प्रस्तुत दाबी असत्य छ । काठमाडौँ महानगरपालिकाको मतगणना सकिएको छैन । मतगणना नसकिँदै विजयी भनेर दाबी गर्नुले प्रतस्तु भिडियोलाई भ्रामक बनाएको निष्कर्ष न्युजचेकरले निकाल्यो ।
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
June 29, 2025
Aakash Chhetri
June 26, 2025
Newschecker And THIP Media
June 20, 2025