Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: चुत्रोको बोक्राको धुलो सेवन गर्दा टाइफाइट निको हुन्छ ।
तथ्य: जडिबुटी तथा बोटबिरुवामा औषधीय गुणहरु हुन सक्छन् तर टाइफाइड ज्वरो जस्ता विशिष्ट रोगहरूको लागि प्रमाणित उपचार खोज्नु आवश्यक छ ।
सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा पोस्ट फेला परेको छ । उक्त पोस्टमा चुत्रो (Berberis Aristata) वनस्पतिको बोक्राको धुलो सेवन गर्दा टाइफाइट निको हुने दाबी गरिएको छ ।
Yogi.somraj नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एकजना व्यक्तिले टाइफाइडको घरेलु उपचार विधि बताइरहेका छन् । ती व्यक्तिले भनेका छन्- ‘चुत्रोको बोक्रा हुन्छ, त्यसको धुलो, चम्चाको एक चौथाइँ, चार भागको एक चाग, यो पाँच एमएल यसको रस, हामीले मिलाएर खान दियौँ भने, दिनमा दुईदेखि तीन पटक खान दिएपछि, सात आठ वर्षको बच्चा छ भने दुईपटक अलि ठूलो मान्छे छ भने तीन-चार पटक खान दिनुस्, टाइफाइट ठिक गराउँछ ।’
त्यसैगरी सोही भिडियोको थमनेलमा लेखिएको छ- ‘टाइफाइड ज्वरोमा सबैभन्दा राम्रो घरेलु औषधि ।’
चुत्रोको बोक्राको धुलो सेवन गर्दा टाइफाइड निको हुन्छ भन्ने दाबी गलत छ । दाबीसहितको भिडियोमा उल्लेखित टाइफाइड ज्वरो साल्मोनेला टाइफी ब्याक्टेरियाको कारण हुने संक्रमण हो । सामान्यतया टाइफाइड दूषित खाना, पानी वा संक्रमित व्यक्तिको सम्पर्कबाट फैलिन्छ । टाइफाइड ज्वरोको उपचारका लागि स्वास्थ्यकर्मीद्वारा निर्धारित एन्टिबायोटिकहरू प्रयोग गर्न सकिन्छ ।
एन्टिबायोटिकहरूले साल्मोनेला ब्याक्टेरियालाई लक्षित गर्छन् र संक्रमणलाई हटाउन मद्दत गर्छन् । टाइफाइड ज्वरोको उपचारमा फ्लोरोक्विनोलोन, सेफालोस्पोरिन वा एजिथ्रोमाइसिन जस्ता एन्टिबायोटिकहरू समावेश गरिएको हुन्छ । तरल पदार्थ/इलेक्ट्रोलाइट, पौष्टिक आहार र आराम गराएर टाइफाइड विरामीको सहायक हेरचाह गर्न सकिन्छ ।
जडिबुटी तथा बोटबिरुवामा औषधीय गुणहरु हुन सक्छन् तर टाइफाइड ज्वरो जस्ता विशिष्ट रोगहरूको लागि यी प्राकृतिक उपचारहरूको प्रभावकारिताका बारेमा गरिएका अध्ययनहरु, क्लिनिकल परीक्षण वैज्ञानिक रूपमा स्थापित भएका छैनन् । टाइफाइड ज्वरोको लागि हर्वल उपचारसँगै वैकल्पिक वा परम्परागत विधिमा पर्याप्त उपचार उपलब्ध नहुन सक्छ । अप्रमाणित उपचारहरूमा मात्र भर पर्दा उचित चिकित्सा हेरचाहमा ढिलाइ पनि हुन सक्छ ।
चुत्रो (Berberis Aristata) वनस्पतिलाई आयुर्वेदिक औषधिमा प्रयोग हुने बिरुवाका रुपमा पनि चिनिन्छ । यसमा रहेको बर्बेरिनले एन्टिअक्सिडेन्टहरू, एन्टि-इन्फ्लेमेटरी प्रभावहरू, कोलेस्ट्रोल व्यवस्थापन र ग्यास्ट्रोइंटेस्टाइनल र कलेजो सुरक्षा लगायतका स्वास्थ्य लाभहरू प्रदान गर्न सक्छ । तर, यी स्वास्थ्य लाभका बारेमा थप अनुसन्धान आवश्यक छ ।
चुत्रोको बोक्राको धुलो सेवन गर्दा टाइफाइड निको हुन्छ भन्ने दाबी गलत छ । जडिबुटी तथा बोटबिरुवामा औषधीय गुणहरु हुन सक्छन् तर टाइफाइड ज्वरो जस्ता विशिष्ट रोगहरूको लागि प्रमाणित उपचार खोज्नु आवश्यक छ ।
रिसर्च लेख, Ncbi.nlm.nih.gov
रिसर्च लेख, pubmed.ncbi.nlm.nih.gov
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
May 2, 2025
Newschecker And THIP Media
April 25, 2025
Newschecker And THIP Media
April 18, 2025