Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: तातो पानीमा कागती, नुन र कपूर मिसाएर खुट्टालाई ३० मिनेटसम्म डुबाउँदा अवरुद्ध नसाहरू खुल्छन् र शरीरका
अंगहरूको दुखाइ निको हुने दाबी ।
तथ्य: उल्लेखित दाबीलाई वैज्ञानिक प्रमाणले पुष्टि गरेनन् । शरीरका जटिन समस्या निको पार्न घरेलु उपचारमा मात्रै भर पर्नु हानिकारक पनि हुन सक्छ ।
सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा तातो पानीमा कागती, नुन र कपूर मिसाएर खुट्टालाई ३० मिनेटसम्म डुबाउँदा अवरुद्ध नसाहरू खुल्ने र शरीरका अंगहरूमा भएको दुखाई निको हुने दाबी गरिएको छ ।
Hari Baral नामक फेसबुक आइडीमा पोस्ट गरिएको दाबीसहितको भिडियोमा कागती, नुन र कपूरको दृश्य देख्न सकिन्छ । उक्त भिडियोमा भनिएको छ- ‘घुँडा दुख्ने, ढाड जोर्नीहरु दुख्ने नशाकै समस्याबाट आउने हो । नशा खुलाउने घरेलु औषधी कि सार्थीहरु मनतातो पानी तताउने, एउटा बाटामा सितेनुन हाल्ने अलिकति आधा कागती हाल्ने तीन चारवटा कपूर हाल्ने आधा घण्टा जति यसमा खुट्टा डुबाएर राख्ने यो एक हप्ता गर्ने ।’
तातो पानीमा कागती, नुन र कपूर मिसाएर खुट्टालाई ३० मिनेटसम्म डुबाउँदा अवरुद्ध नसाहरू खुल्छन् र शरीरका अंगहरूको दुखाइ निको हुन्छ भन्ने दाबीलाई प्रमाणित गर्ने कुनै वैज्ञानिक प्रमाण भेटिएनन् ।
खुट्टालाई पानीमा डुबाएर राख्दा तातो पानीले खुट्टामा भइरहेको दुखाई र थकानलाई केही राहत प्रदान गर्न सक्छ । साथै कागती, नुन र कपूरमा केही फाइदाजनक गुणहरू हुन सक्छन् । तर, यी तत्वहरुले अवरुद्ध नसा र पुरानो दुखाइलाई निको पार्न सक्दैनन् ।
तातो पानीमा खुट्टा भिजाएर राख्दा रक्तसञ्चारलाई सुधार गर्न र सुन्निने समस्या कम गर्न सकिन्छ । कागती र नुनमा जीवाणुरोधी गुणहरू हुन्छन्, त्यसैले यसको प्रयोगले संक्रमणको जोखिम कम हुनसक्छ । तर, कुनै विरामी लामो समयदेखि खुट्टाको दुखाई र नसाको समस्याबाट गुज्रिरहेको छ भने उचित निदान र उपचारका लागि स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्न अत्यावश्यक छ । डाक्टरले विरामीलाई प्रमाण-आधारित चिकित्सा सल्लाह र विशेष अवस्था अनुरूप उपचारहरू प्रदान गर्न सक्छन् । घरेलु उपचारमा मात्रै भर पर्नु हानिकारक पनि हुन सक्छ ।
माथि उल्लेखित दाबीका विषयमा हामीले छाला विशेषज्ञ डा.ज्योति कन्ननगाथसँग परामर्श गर्यौँ । उनले भनिनि्,‘हाम्रो छालाले ठूलो मात्रामा धातुहरू अवशोषित गर्छ । यद्यपि, हामीलाई अझै थाहा छैन कि विषाक्त पदार्थ र भारी धातुका अणुहरू छालाको माध्यमबाट कसरी शरीरबाट बाहिर निकाल्न सकिन्छ । यद्यपी पानीमा खुट्टा भिजाउँदा शरीरका अंगहरूमा दुखाइ निको हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन ।’
तातो पानीमा कागती, नुन र कपूर मिसाएर खुट्टालाई ३० मिनेटसम्म डुबाउँदा अवरुद्ध नसाहरू खुल्छन् र शरीरका अंगहरूको दुखाइ निको हुन्छ भन्ने दाबीलाई वैज्ञानिक प्रमाणले पुष्टि गरेनन् । शरीरका जटिन समस्या निको पार्न घरेलु उपचारमा मात्रै भर पर्नु हानिकारक पनि हुन सक्छ ।
रिसर्च लेख, ncbi.nlm.nih.gov, 2015 Jun 2
रिसर्च लेख, ncbi.nlm.nih.gov, 2019 Apr 10
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
May 23, 2025
Newschecker And THIP Media
May 16, 2025
Newschecker And THIP Media
May 2, 2025