Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: त्रिभुवन इन्टरनेशनल एयरपोर्टमा बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट बचेको छ ।
तथ्य: २०८१ असार २७ गते राति भैरहवा विमानस्थल बुद्ध एयरको जहाज अवतरण गर्ने क्रममा चिप्लिएको थियो, सोही घटनासँग सम्बन्धित तस्बिरमा भ्रामक दाबी जोडिएको पाइयो ।
बुद्ध एयरको जहाजसँग सम्बन्धित एउटा तस्बिर सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त तस्बिरसँगै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको जानकारी दिइएको छ ।
M T 15 LOVER नामक टिकटक आइडीमा पोस्ट गरिएको तस्बिरमा बुद्ध एयरको जहाज धावनमार्गबाट चिप्लिएर बाहिर पुगेको देख्न सकिन्छ । उक्त तस्बिरको थमनेलमा लेखिएको छ- ‘त्रिभुवन इन्टरनेशनल एयरपोर्टमा बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट बचेको छ । किन नेपालमा मात्र यस्तो हुन्छ हजुर ।’
१२ अगस्ट २०२४ मा पोस्ट गरिएको तस्बिर सामाजिक संजालमा फैलिनेक्रम जारी छ । दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको तस्बिर काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हो त ? घटनाको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
बुद्ध एयरको जहाज देखिएको तस्बिरमा अनलाइन खबरको लोगोसमेत राखिएको छ । त्यसैले हामीले उक्त तस्बिरको जाँचका लागि ‘बुद्ध जहाज’ ‘विमानस्थल चिप्लिएको’ ‘onlinekhabar’ लगायतका वाक्यांशलाई गुगलमा सर्च गर्यौँ । जाँचको नतिजास्वरुप onlinekhabar.com मा प्रकाशित समाचार फेला पर्यो ।
२८ असार २०८१ मा प्रकाशित समाचार अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बुद्ध एयरको उडान नम्बर ८०५ (नाइनएन–एओसी) जहाज चिप्लिएको थियो । यस घटनाबाट कुनै मानवीय क्षति भएको थिएन ।
प्रस्तुत जानकारीलाई हामीले थप जाँच गर्यौँ । जाँचको नतिजास्वरुप ekantipur.com र setopati.com मा प्रकाशित समाचारहरुसमेत फेला परे ।
फेला परेका समाचार अनुसार २७ असार २०८१ को राति साढे ९ बजे काठमाडौंबाट उडेको बुद्धको जहाज भैरहवा विमानस्थलमा पूर्वबाट पश्चिमतर्फ अवतरण गर्ने क्रममा चिप्लिएको थियो । राति चिप्लिएको जहाजलाई भोलिपल्ट मात्र धावनमार्गबाट हटाइएको थियो ।
घटनाको सन्दर्भलाई थप पुष्टि गर्न दाबीसहित पोस्ट गरिएको तस्बिरको मूल स्रोत पत्ता लगाउन जाँच गर्यौँ । दाबीसहितको तस्बिरमा अनलाइन खबर संचार माध्यमको लोगो देख्न सकिन्छ । त्यसैले अनलाइन खबरका सामाजिक संजालमा १२ जुलाई २०२४ मा पोस्ट गरिएका सामग्रीहरुको खोजी गर्यौँ ।
जाँचकै नतिजास्वरुप OnlineKhabar फेसबुक पेजमा पोस्ट गरिएको भिडियो फेला पर्यो । १२ जुलाई २०२४ मा पोस्ट गरिएको भिडियोको शिर्षकमा लेखिएको छ- ‘भैरहवा विमानस्थलको धावनमार्गमा फसेको बुद्ध एयरको जहाज यसरी निकालियो’ ।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको जानकारी भ्रामक छ । २०८१ असार २७ गते राति भैरहवा विमानस्थल बुद्ध एयरको जहाज अवतरण गर्ने क्रममा चिप्लिएको थियो । सोही घटनासँग सम्बन्धित तस्बिरलाई काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडेर पोस्ट गरिएको पाइयो ।
भिडियो, OnlineKhabar
समाचार, ekantipur.com
समाचार, setopati.com
समाचार, onlinekhabar.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
July 24, 2024
Aakash Chhetri
March 28, 2024
Aakash Chhetri
February 15, 2024