Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: झापाको चन्द्रगढीबाट काठमाडौँ आएको बुद्ध एयरको हवाई जहाज दुर्घटना हुनबाट जोगिएको दाबी (भिडियो) ।
तथ्य: मौसम खराबीका कारण बुद्ध एयरको हवाई जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डाइभर्ट गरिएको घटनासँग विदेशको भिडियो जोड्दै भ्रामक बनाइएको पाइयो ।
अवतरणका क्रममा हवाई जहाजले सन्तुलन गुमाएको भिडियो सामाजिक संजालमा फैलिरहेको छ । उक्त भिडियोमा झापाको चन्द्रगढीबाट काठमाडौँ आएको बुद्ध एयरको हवाई जहाज दुर्घटना हुनबाट जोगिएको दाबी गरिएको छ ।
Kishor Kc नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा हवाई जहाजले अवतरण गरिरहेको दृश्य देख्न सकिन्छ । भिडियोसँगै जोडिएको अडियोमा असन्तुलित विमानलाई बुद्ध एयरलाइन्ससँग जोडिएको छ ।
अडियोमा भनिएको छ- ‘काठमाडौँमा हावाहुरीसहित आएको पानीले गर्दा झापाको चन्द्रगढीबाट आएको बुद्ध एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुनबाट जोगिएको छ । जहाज अवतरण हुन नसकेपछि पाइलटले जहाजलाई विराटनगर विमानस्थलतर्फ मोडेका थिए ।’
सामाजिक संजाल प्रयोगकर्तामाझ द्रुत गतिमा फैलिरहेको दाबीसहितको भिडियो संवेदनशील देखिन्छ । दाबीसहितको पोस्टमा प्रतिक्रिया दिँदै केही टिकटक प्रयोगकर्ताले भिडियोको सन्दर्भबारे जान्न चाहेका छन् । त्यसैले हामीले उक्त भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउने कोशिस गर्यौँ ।
भिडियोसँग जोडिएको अडियोमा झापाको चन्द्रगढीबाट काठमाडौँ आएको बुद्ध एयरको विमानबारे जानकारी दिइएको छ । यही सूचनालाई आधार बनाएर हामीले जाँ सुरु गर्यौँ ।
जाँचका क्रममा हामीले माथि उल्लेखित अडियोका वाक्यांशलाई गुगलमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप nepalviews समाचार पोर्टलमा प्रकाशित एउटा समाचार फेला पर्यो । २०८० चैत १७ गते प्रकाशित समाचारमा काठमाडौंमा हावाहुरी चलेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडान अवतरण प्रभावित भएको जानकारी दिइएको छ । साथै झापाको भद्रपुरबाट आएको बुद्ध एयरको विमान विराटनगर डाइभर्ट भएकोसमेत समाचारमा उल्लेख छ ।
जाँचकै क्रममा हामीले Citizen HD फेसबुक पेजमा पोस्ट गरिएको भिडियो रिपोर्टसमेत फेला पर्यो । उक्त रिपोर्टमा झापाबाट काठमाडौँ आएको बुद्ध एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेको जानकारी दिइएको छ ।
प्रस्तुत भिडियो रिपोर्टमा रहेको अडियो र माथि उल्लेखित दाबीसहितको भिडियोमा जोडिएको अडियो एउटै हो । तर, यो रिपोर्ट घटनाको वास्तविक विवरण दिनेभन्दा सन्दर्भलाई सनसनीपूर्ण बनाउनेतिर बढी केन्द्रीत भएको देखिन्छ । अर्कोतर्फ यो रिपोर्टमा हवाई जहाजले सन्तुलन गुमाएको भिडियो देखिँदैन ।
मौसम खराबीका कारण बुद्ध एयरको हवाई जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डाइभर्ट गरिएको घटनालाई सनसनीपूर्ण ढंगले प्रस्तुत गरिएको र सोही अडियोलाई प्रयोग गरेर भ्रामक सामग्री उत्पादन गरिएको पाइयो ।
भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले जाँचलाई थप अगाडि बढायौँ । भिडियोकाे स्क्रिनसट लिएर गुगल लेन्समा सर्च गर्दा thesun.ie मा प्रकाशित समाचारसँगै उक्त भिडियो फेला पर्यो । ११ डिसेम्बर २०२३ मा प्रकाशित उक्त समाचारमा आयरल्याण्डस्थित डब्लिन अन्तर्राष्ट्रिय विमानस्थलमा खिचिएको जानकारी दिइएको छ ।
फेला परेको समाचार अनुसार शक्तिशाली आँधीकै बिच एर लिङ्गसको विमानले डब्लिन एयरपोर्टमा अवतरण गर्ने कोशिस गरेको थियो । अवतरण गर्ने प्रयास गर्दा उक्त विमान तीव्र हावासँग जुधिरहेको क्षणलाई कैद गरिएको जानकारीसमेत उक्त समाचारमा उल्लेख गरिएको छ ।
फेला परेका स्रोतहरुले के प्रष्ट पारेका छन् भने दाबीसहितको भिडियोमा देखिएको दृश्य बुद्ध एयरको विमान र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित छैन ।
मौसम खराबीका कारण बुद्ध एयरको हवाई जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डाइभर्ट गरिएको घटनासँग विदेशको भिडियो जोड्दै भ्रामक बनाइएको पाइयो । फरक सन्दर्भको भिडियो र विमान अवतरण गर्न नसकेको घटनालाई सनसनीपूर्ण ढंगले प्रस्तुत गरिएको छ ।
समाचार, thesun.ie
भिडियो, Citizen HD
समाचार, nepalviews
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
January 24, 2025
Aakash Chhetri
November 15, 2024
Aakash Chhetri
November 12, 2024