Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
अंग्रेजीमा यस्तै यस्तै शीर्षक राखिएका थमनेल तस्बिर राखेर मंगलबार दिउँसो टिकटकमा एउटा भिडियो पोस्ट भयो। उक्त भिडियोमा बुद्ध एयर घटनाको विषयमा बनाइएको थियो। भिडियोमा आगो लागेको जहाज अवतरण गरिरहेको देखिन्छ। भिडियोमा बुद्ध एयरका यात्रुले जहाँभित्रको पीडाबारे बताइएको अडियो क्लिप राखिएको छ।
राजेन्द्र तामाङ नामक प्रयोगकर्ताले पोस्ट गरेको यो भिडियो अहिले टकटकमा फैलिरहेको छ।
लोकेन्द्र डिसी नामक टिकटक प्रयोगकर्ताले अर्को भिडियो पोस्ट गरेका छन्, उक्त भिडियोमा बुद्ध एयरका क्याप्टेनलाई धन्यवाद दिइएको छ। भिडियोमा एउटा जहाज धावनमार्गमा बजारिएको देखिन्छ। त्यस्तै भिडियोमा बुद्ध एयर अवतरण गर्दाको अवस्थाबारेको अडियो क्लिपसमेत राखिएको छ।
टिकटकमा भेटिएको अर्को भिडियो पनि यस्तै छ। भिडियोको थममेलमा लेखिएको छ,‘buddha air safe landing in tribhuwan airport’। तर, भिडियोमा अलगअलग जहाजले गरेका आकस्मिक अवतरणहरू देखाइएको छ।
सुमी श्रेष्ठ नामक अर्की किटकटक प्रयोगर्ताले पनि बुद्ध एयर घटनाको दाबी गर्दै एउटा भिडियो पोस्ट गरेकी छन्। उनले पोस्ट गरेको भिडियोको थममेल राखिएको छ,‘Omg Buddha Airlines’। यो भिडियोमा पनि एउटा जहाजले एयरपोर्टमा आकस्मिक अवतरण गरिरहेको देखिन्छ। बुद्ध एयर घटनाको विवरणबारे बोलिएको अडियो क्लिप उक्त भिडियोमा राखिएको छ।
सोमबार बुद्ध एयरको ९ एन–एएनआई कलसाइनको जहाज दुर्घटनाबाट जोगियो। बिहान ८:३३ मा काठमाडौँबाट विराटनगरका लागि उडेको उक्त जहाजको ल्यान्डिङ गियरमा समस्या देखिएको थियो। ७३ जना यात्रु बोकेको जहाजले विराटनगर विमानस्थनमा अवतरण गर्ने तयारी गरिरहेका बेला समस्या देखिएको हो।
ल्यान्डिङ गियरमा समस्या देखिएपछि जहाज फर्केर फेरि काठमाडौँस्थित त्रिभुवन विमानस्थलमै आइपुग्यो। काठमाडौँको आकाशमा १० फन्को लगाएपछि जहाजलाई सुरक्षित तरिकाले आकस्मिक अवतरण गराइयो। यो घटनामा कुनै खालको देखिने क्षति भने भएन। सवै यात्रु सकुशल उत्रिए र जहाजमा पनि कुनै भौतिक क्षति भएन।
तर, सोमबारदेखि नै सामाजिक संजालमा यो घटना भाइरल भइरहेको छ। सामाजिक संजाल प्रयोगकर्ताहरूले यो घटनाका विषयमा अनेक फोटो तथा भिडियोहरू पोस्ट गरेको देखिन्छ। यसरी पोस्ट भएका सवै फोटो/भिडियो सही छैनन्। आम मानिसहरू सजिलै झुक्किनेगरी सामाजिक संजालमा बुद्ध एयर घटनालाई भ्रामक तरिकाले प्रस्तुत गरेको देखिन्छ।
माथिको पहिलो टिकटकमा देखिएको भिडियो बुद्ध एयरको होइन। यो भिडियो एउटा यूट्यूब च्यालनले तयार पारेको हो। GTA videos by Arm Niko नामक यूट्यूब च्यानलको प्रविधि कम्प्युटर प्रविधिबाट यस्ता दुर्घटनाका भिडियोहरू उत्पादन गर्ने र दर्शकलाई देखाउने गरिरहेको छ।
त्यस्तै टिकटकमा भाइरल दोस्रो भिडियो पनि बुद्ध एयरको होइन। यो भिडियो पनि एनिमेशन नै हो भन्ने कुरा भिडियोलाई राम्ररी हेरे पुग्छ। तर, उक्त एनिमेशनमा देखाइएको जहाजको लोगो भने इन्डोनेशियन एयरलाइन्स कम्पनी गरुडा इन्डोनेशियासँग मिल्छ। तर, बुद्ध एयर जहाजको फोर्स ल्यान्डिङ गरेको सूचनामा यो एनिमेशन राख्नु भ्रामक हो।
बुद्ध एयरको जहाज भनेर फैलाइएको माथिको तेस्रो भिडियो पनि भ्रामक छ। यहाँ आकस्मिकरुपमा अवतरित बुद्ध एयरको जहाजलाई चित्रित गर्दै उडान सिमुलेशनका भिडियोहरू भ्रामक तरिकाले फैलाइएको छ।
माथिका एनिमेशनमा देखाइएजस्तो बुद्ध एयरको ९एन-एएनआई कलसाइनको जहाज पछारिएको होइन। त्रिभुवन विमानस्थनमा जहाज अवतरणपछि बुद्ध एयरलाइन्सले जारी गरेको नोटमा पनि सामान्य ढंगले अवतरण गरिएको उल्लेख छ।
अर्कोतर्फ मिडियाहरूले खिचेका तस्बिरहरूमा जहाज पछारिएको देखिँदैन।
बुद्ध एयरको जहाजको विषयसँग जोडेर बनाइएका टिकटक भिडियो भ्रामक छन्। कम्प्युटर प्रविधिबाट तयार पारिएका दृश्यहरूलाई ९एन-एएनआई कलसाइनको जहाजसँग जोड्न खोजिएको छ।
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Surendra Phuyal
June 1, 2021
Aakash Chhetri
January 24, 2025
Aakash Chhetri
November 15, 2024