Sunday, April 28, 2024
Sunday, April 28, 2024

HomeFact CheckFact Check: कागती, नुन र बेसारको सेवनले टन्सिलको समस्या निको हुन्छ? 

Fact Check: कागती, नुन र बेसारको सेवनले टन्सिलको समस्या निको हुन्छ? 

दाबी: कागतीमा नुन र बेसार मिसाई पोलेर सेवन गर्दा टन्सिलको समस्या निको हुने दाबी ।
तथ्य: घरेलु तथा प्राकृतिक उपचारहरूले टन्सिलाइटिस समस्यामा केही आराम दिन सक्छन् तर यसलाई टन्सिलाइटिसको लागि चिकित्सा उपचारको विकल्प मान्नुहुँदैन ।

मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको पोस्ट सामाजिक संजालमा फेला परेको छ । उक्त पोस्टमा कागतीमा नुन र बेसार मिसाई पोलेर सेवन गर्दा टन्सिलको समस्या निको हुने दाबी गरिएको छ ।

Sthasachi नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा माथि उल्लेखित दाबी गरिएको छ । उक्त भिडियोमा एक महिलाले भनेकी छन्- ‘कागती काट्नु र त्यसमा अतिकती नुन र बेसार राखेर आगोमा पोल्नू, पोली सकेपछि उम्लेजस्तो हुन्छ र यसलाई निकाल्नु है । निकालिसकेपछि एउटा चम्चामा निचोरेर कत्तिको तातो खान सक्नुहुन्छ त्यो अनुसार तीनमा दुईदेखि तीन पटकसम्म प्रयोग गर्नुहोला ।’   

प्रस्तुत घरेलु उपचार विधिसँगै भिडियोको थमनेलमा लेखिएको छ- ‘के हजुरलाई घाँटीको समस्या छ? टन्सिलको अचुक उपाय ।’

तथ्यजाँच/प्रमाणीकरण

टन्सिल मानव शरीरकै अंगहरू हुन्, जसले घाँटीमा आइपुग्ने कीटाणुहरूसँग लड्न मद्दत गर्दछन् । प्यालाटिन (सामान्यतया टन्सिलको रूपमा चिनिन्छ), फरिन्जियल (एडेनोइड्स) र लिंगुअल गरी तीन प्रकारका टन्सिल हुन्छन् । जब टन्सिलमा संक्रमित हुन्छ, यसले मानिसलाई बिरामी बनाउँछ, यसैलाई नै टन्सिलाइटिस भनिन्छ । 

घरमै हेरचाह गरेर, एन्टिबायोटिक सेवन वा शल्यक्रिया गरेर टन्सिलाइटिसको उपचार गर्ने गरिन्छ । खानपानले मात्रै टन्सिलाइटिसलाई पूर्ण रूपमा निको पार्न सक्दैन । यद्यपी आहार र घरेलु उपचार रोग निवारणमा सहयोगी बन्न सक्छ । टन्सिलाइटिसको समस्या देखिएमा सही निदान र उपयुक्त उपचार लागि स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्नु महत्त्वपूर्ण छ।

टन्सिलाइटिसबारे उल्लेखित दाबीको विषयमा हामीले ईएनटी विशेषज्ञ डा. पियाजित पाणिग्रहीसँग परामर्श गर्‍यौँ । उनी भन्छन्,‘टन्सिलाइटिसका विभिन्न कारणहरू हुन सक्छन्, जसमध्ये एउटा सामान्य भनेको टन्सिलको सतहमा फोहोर जम्मा भएर संक्रमण निम्तिनु हो । यसबाट बच्नको लागि निक्षेपलाई बढावा नदिने र सजिलै पच्ने आहारको सेवन गर्नुपर्छ ।’ 

डा.पाणिग्रहीले टोनिसिलाइटिसको रोकथामका लागि केही उपायहरु बताएका छन् । उनी भन्छन्,‘हरेक खानापछि मुख कुल्ला गर्नु उचित हुन्छ । बच्चाहरूका लागि विशेष गरी चकलेट र आइसक्रिमबाट बच्न महत्त्वपूर्ण छ, किनकि यी चिसो खानाहरूले चिसोप्रति संवेदनशील हुनेहरूमा टन्सिलाइटिस बढाउन सक्छन् । चिसो र चिल्लो वस्तुहरू बेवास्ता गर्नु आवश्यक छ, किनकि तिनीहरूले ब्याक्टेरियाको वृद्धिलाई प्रोत्साहित गर्छन् । यसको सट्टा, न्यानो खानेकुराहरू रोज्नुहोस् र नियमित मुख कुल्ला गरेर मुखको स्वच्छता कायम राख्नुपर्छ ।’ 

कागतीमा उच्च भिटामिन सी र एसिडिटी पाइने भएकाले टन्सिलका लक्षणहरूलाई शान्त पार्नको लागि यो एक उपयोगी उपाय हो । कागतीको रस, तातो पानी र महमा मिसाएर सेवन गर्दा टन्सिलाइटिससँग सम्बन्धित घाँटी दुखाइमा आराम मिल्छ । कागतीमा पाइने भिटामिन सीले प्रतिरक्षा प्रणालीलाई साथ दिन्छ ।

त्यस्तै नुनिलो पानीको कुल्लाले सूजन कम गरेर र हाइड्रेसन बढाएर घाँटी दुखाइलाई शान्त पार्न सक्छ । यद्यपि, कागती तिनीहरू टन्सिलाइटिसको उपचार होइन । यदि लगायतार ब्याक्टेरिया संक्रमणको कारणले गर्दा अवस्था गम्भीर भएको छ भने एन्टिबायोटिकसहित चिकित्सा उपचार आवश्यक पर्दछ । 

निष्कर्ष

घरेलु तथा प्राकृतिक उपचारहरूले टन्सिलाइटिस समस्यामा केही आराम दिन सक्छन् तर यसलाई टन्सिलाइटिसको लागि चिकित्सा उपचारको विकल्प मान्नुहुँदैन । यदि कसैलाई टन्सिलाइटिस भएको शंका छ भने स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्नु महत्त्वपूर्ण छ । ब्याक्टेरियल संक्रमण वा लक्षणहरू व्यवस्थापन गर्न अन्य औषधिहरू समावेश गरी चिकित्सकले उपचारहरू सिफारिस गर्न सक्छन् । केही अवस्थामा, टन्सिलहरू हटाउन शल्यक्रिया (टन्सिलेक्टोमी)को पनि आवश्यकता पर्नसक्छ ।

नतिजा : आंशिक गलत 

हाम्रा स्रोतहरू

रिसर्च लेख, pubmed.ncbi.nlm.nih.gov
जानकारी, nhs.uk
जानकारी, Tonsillitis


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular