Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: आँप र चिसो पेय पदार्थसँग सँगै सेवन गर्दा मानिसको ज्यान जान सक्छ ।
तथ्य: आँप र चिसो पेय पदार्थलाई एकैसाथ सेवन गर्दा मानिसको ज्यान जान्छ भन्ने दाबीलाई प्रमाणित गर्ने कुनै प्रमाण भेटिएनन् ।
सामाजिक संजाल फेसबुकमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा सामग्री फेला परेको छ । उक्त सामग्रीमा आँप र चिसो पेय पदार्थसँग सँगै पिउँदा मानिसको ज्यान नै जान सक्ने दाबी गरिएको छ ।
Nepal In Depth नामक फेसबुक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा डाक्टर र साइन्सलाई उदृत गर्दै आँप खाइसकेपछि कुनै पनि चिसो पेय पदार्थ वा सफ्ट ड्रिंक पिउँन नहुँने बताइएको छ ।
आँप र चिसो पेय पदार्थको तस्बिरसहित पोस्ट गरिएको स्ट्याटसमा लेखिएको छ- ‘आँप खाएपछि चिसो पेय पदार्थ नपिउनुहोस् ।डाक्टर र साइन्सका अनुसार आँप खाइसकेपछि कुनै पनि चिसो पेय पदार्थ वा सफ्ट ड्रिंक पिउँन नहुँने बताए । आँपमा साइत्रिक यसिड र चिसो पेय पदार्थमा कार्बोनिक यसिड मिसिँदा शरिरमा बिष उत्पादन हुन्छ जसले गर्दा मानिशको ज्यान समेत जान सक्छ ।’
मानव स्वास्थ्यसँग सम्बन्धित प्रस्तुत दाबीसहितको सामग्रीमाथि तथ्यजाँच गर्दा हामीले उक्त दाबी गलत रहेको पायौँ ।
आँप र चिसो पेय पदार्थलाई एकैसाथ सेवन गर्दा मानिसको ज्यान जान्छ भन्ने दाबीलाई प्रमाणित गर्ने कुनै प्रमाण भेटिएनन् । आँप र चिसो पेय पदार्थको संयोजन आफैंमा धेरै मानिसहरूका लागि घातक छैन । यद्यपी, चिसो पेय पदार्थहरूमा हुने चिनीको मात्रालाई ध्यान दिनु आवश्यक छ, आँपमा पाइने प्राकृतिक चिनी र चिनीयुक्त पेय पदार्थको सेवनले स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।
खाद्य पदार्थहरूको एक विशिष्ट संयोजनले शरीरमा नकारात्मक प्रभाव पार्न सक्ने सीमित वैज्ञानिक प्रमाणहरू छन् । २०१० मा प्रकाशित एक शोधपत्रले एक सय वर्ष पहिले पाचन र पोषणको सीमित बुझाइका आधारमा आहारहरूको संयोजन गरिएको थियो । अहिले तिनीहरूका धेरै सिद्धान्तहरू असमर्थित रहेको उक्त शोधपत्रले सूचित गर्दछ ।
आनुवंशिकी, स्वास्थ्य अवस्था र औषधिहरू सेवनको आधारमा केही खानेकुराहरूले शरीरमा प्रतिक्रिया दिन्छ सक्ने उक्त शोधपत्रमा उल्लेख छ । तर, ज्ञात एलर्जीहरू बाहेक, खानाहरूको मिश्रण गर्दा विषाक्त वा घातक प्रभावहरू गर्दैनन् ।
उपलब्ध प्रमाणहरूबाट यो पनि स्पष्ट हुन्छ कि पाचन प्रणाली बायोकेमिकल सिद्धान्तहरूमा काम गर्दछ र खानाको मिश्रण पुरातन वैकल्पिक थेरेपी ग्रंथहरूमा आधारित छ । खानाको कुन मिश्रण खाँदा के हुन्छ भन्ने दाबीलाई पुष्टि गर्ने वैज्ञानिक प्रमाणको अभाव छ ।२०१५ मा प्रकाशित एक शोधपत्रले पेटको अत्यधिक अम्लीय अवस्थाले पेटको खानालाई सड्न असम्भव बनाउने बताइएको छ । पाचन पेटमा समाप्त हुँदैन, सानो आन्द्राले पाचन र अवशोषणको महत्वपूर्ण कार्य गर्दछ ।
पाचन प्रणालीले एकै साथ धेरै पोषक तत्वहरू ह्यान्डल गर्न सक्छ, किनकि प्रत्येक म्याक्रोन्यूट्रिएन्टको लागि विशिष्ट इन्जाइमहरूसँगै रहेका हुन्छन् । यसले आन्द्रालाई क्षति नभएसम्म कुनै पनि खानाको मिश्रणलाई कुशल पाचनको लागि अनुमति दिन्छ ।
आँप सेवनका फाइदा तथा जोखिम:
फाइदाहरू: आँप ए, सी, र ई जस्ता भिटामिनको साथै आहार फाइबर, पोटासियम र एन्टिअक्सिडेन्टको स्रोत हो । यिनिहरुले विभिन्न स्वास्थ्य लाभहरू प्रदान गर्छन्, जस्तै प्रतिरक्षा प्रणालीलाई सहयोग गर्ने, आँखाको स्वास्थ्यलाई प्रवर्द्धन गर्ने र पाचनलाई सहायता गर्ने ।
एलर्जी: आँपको एलर्जीको सबैभन्दा सामान्य प्रकारलाई ‘ओरल एलर्जी सिन्ड्रोम’ भनिन्छ, जहाँ केही परागकणहरूमा एलर्जी भएका व्यक्तिहरूले आँपमा रहेको प्रोटिनसँग क्रस-प्रतिक्रियाशीलता अनुभव गर्न सक्छन् । आँपको एलर्जीका लक्षणहरू हल्का चिलाउने र पित्तहरूदेखि लिएर ओठ, जिब्रो वा घाँटी सुन्निने जस्ता गम्भीर प्रतिक्रियाहरूसम्म हुन सक्छन् । धेरै दुर्लभ अवस्थामा एनाफिलेक्सिस जस्तो गम्भीर एलर्जीसमेत हुनसक्छ ।
चिसो पेय पदार्थ (सफ्ट ड्रिंक्स/सोडा):
चिनी : चिसो पेयहरूमा विशेष गरी उच्च मात्रामा चिनीको प्रयोग गरिन्छ । अत्यधिक मात्रामा चिनीको नियमित सेवनले तौल बढ्ने, मोटोपना, टाइप २ मधुमेह र मुटुसम्बन्धी रोग लाग्ने जोखिम बढ्छ ।
दाँतको स्वास्थ्य: चिसो पेय पदार्थमा रहेको चिनी र अम्लीय तत्वलाई बारम्बार सेवन गर्दा दाँतको क्षय पनि हुनसक्छ ।
क्याफिन: केही चिसो पेय पदार्थहरू जस्तै कोला-आधारित पेय पदार्थहरूमा क्याफिन समावेश गरिएको हुन्छ, जसको अत्याधिक सेवनले जिटरपन, अनिद्रा, मुटुको धड्कन बढ्ने जस्ता नकारात्मक प्रभावहरू निम्त्याउन सक्छ ।
माथि उल्लेखित दाबीका विषयमा पोषणविद् अनुरुपा बोस भन्छिन्- ‘कुनै पनि खाद्य संयोजन तथा मिश्रणले प्रायः स्वस्थ वयस्कहरूलाई हानी गर्दैन । यद्यपि, अन्तर्निहित स्वास्थ्य समस्या भएका मानिसहरूमा केही लक्षणहरू हुन सक्छन् ।’
आँप र चिसो पेय पदार्थलाई एकैसाथ सेवन गर्दा मानिसको ज्यान जान्छ भन्ने दाबीलाई प्रमाणित गर्ने कुनै प्रमाण भेटिएनन् । आँप र चिसो पेय पदार्थको मिश्रण तथा संयोजन आफैंमा अधिकांश मानिसका लागि घातक छैन ।
Ncbi.nlm.nih.gov
Allergyresources.co.uk
Diabetes.co.uk
Who.int
Hsph.harvard.edu
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
May 16, 2025
Newschecker And THIP Media
May 2, 2025
Newschecker And THIP Media
April 25, 2025