Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: भिन्डी भिजाएको पानी पिउनाले मधुमेह रोग निको हुन्छ ।
तथ्य: भिन्डी भिजाएको पानी पिउनाले मधुमेह निको हुने सम्भावना छैन र यसलाई चिकित्सा उपचारको विकल्पको रूपमा प्रयोग गर्नुहुँदैन ।
सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धी एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा भिन्डी भिजाएको पानी पिउनाले मधुमेह रोग निको हुने दाबी गरिएको छ ।
Sitaram Ghimire नामक फेसबुक आइडीबाट पोस्ट गरिएको भिडियो रिलमा दाबीकर्ता भिन्डी हातमा समातेर बोलिरहेका छन् । उक्त भिडियो सामग्रीमा एउटा थमनेलसमेत लेखिएको छ र उक्त थमनेलमा लेखिएको छ- ‘सुगरको अचुक घरेलु दबाई ।’
प्रस्तुत भिडियो सामग्रीमा दाबीकर्ताले भनेका छन्-
‘हजुरलाई सुगरले गाह्रो पारेको छ भने हाम्रै करेसाबारीमा पाउने एउटा यस्तो अचुत दबाई छ । यो हो- भिन्डी, रामतोरीया पनि भन्छ । यसलाइ तलको भाग काटेर फाल्नु, माथिको भागलाई काटेर फाल्नु, बिचको भागलाई टुक्राटुक्रा बनाएर एक गिलास पानीमा घोलेर राख्नुहोस् । बेलुका राख्नुहोस् बिहान खाली पेटमा खाइदिनुहोस् र कोही-कोही कमजोरी जस्तो हुनुहुन्छ भने चाही केही खाएर खानुहोला पाँच दिनसम्म कन्टिनीउ खानु पाँचै दिनमा हजुरको सुगरलाई लेभलमा ल्याउछ । त्याँभन्दा पछाडी चाहिँ केछ भने हप्ताको दुई चोटी तीन चोटीसम्म यसलाई युज गर्न सक्नुहुन्छ । यसमा कुनै साइटइफेक्ट छैनन् । मजाले ढुक्कसँग युज गर्न सक्नुहुन्छ ।’
भिन्डी भिजाएको पानी पिउनाले मधुमेह रोग निको हुने दाबी मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा रहेका कारण हामीले उल्लेखित दाबीको जाँच गर्यौँ । हामीले जाँचका क्रममा उक्त दाबी आंशिक सत्य रहेको पायौँ ।
भिन्डी भिजाएको पानी पिउनाले मधुमेह रोगीहरूलाई फाइदा नै हुने वैज्ञानिक प्रमाणहरूले देखाएका छन् । प्रमाणका अनुसार भिन्डीले रगतको प्लाज्मामा परिसंचरण हुने अत्यधिक ग्लुकोज घटाएर हाइपरग्लाइसेमिया कम गर्नसक्छ ।
भिन्डीले पाचन प्रणालीमा सुधार र कोलेस्ट्रोल कम गर्ने तथा भिन्डीमा तनाव-थकान विरोधी गुणहरू हुने गरेको समेत प्रमाणले देखाएका छन् । यी गुणहरूले मधुमेह रोगीहरूलाई सुधार गर्न सक्छन् ।
मधुमेह रोगीहरूले विशेषज्ञ उपचारसँगै भिन्डीको सेवन गर्न सक्ने उपलब्ध प्रमाणहरूले सुझाव दिएका छन् । तर, पानीमा भिन्डी भिजाएर पिउनाले मधुमेह निको हुन्छ भन्ने दाबीमालाई पुष्टि गर्ने कुनै वैज्ञानिक प्रमाण भेटिएन । भिन्डीलाई मधुमेहको लागि प्राकृतिक उपचारको रूपमा केही मानिसहरूले प्रयोग गर्ने गरेको पाइन्छ । यद्यपि पानीमा भिन्डी मिसाएर सेवन गर्नुको प्रभावकारितालाई पुष्टि गर्ने कुनै भरपर्दो वैज्ञानिक प्रमाणहरू भेटिँदैन ।
जब शरीरले इन्सुलिनको उत्पादन वा प्रयोग गर्न सक्दैन, यो अवस्थामा मधुमेह निम्तिन्छ । त्यसैले सजिलै भन्न सकिन्छ कि मधुमेह एक जटिल र पुरानो छिपिएको अवस्था हो । यो रोग सामान्यत: जीवनशैली परिवर्तन, औषधि र इन्सुलिन थेरापीमार्फत् व्यवस्थित गर्ने गरिन्छ ।
भिन्डी एक स्वस्थ र पोषक तत्व युक्त आहारभित्र पर्दछ । भिन्डी मधुमेह भएका मानिसहरूका लागि लाभदायक हुन सक्छ । तर, भिन्डीलाई पानीमा भिजाएर पिउनाले मधुमेह निको हुने सम्भावना छैन र यसलाई चिकित्सा उपचारको विकल्पको रूपमा प्रयोग गर्नुहुँदैन । मधुमेह रोग लागेको अवस्था व्यवस्थापन गर्न चिकित्सकीय सल्लाह खोज्नु र प्रमाण-आधारित उपचारको पालना गर्नु आवश्यक रहन्छ ।
भिन्डी मधुमेह भएका मानिसहरूका लागि लाभदायक हुन सक्छ । तर, भिन्डी भिजाएको पानी पिउनाले मधुमेह निको हुने सम्भावना छैन र यसलाई चिकित्सा उपचारको विकल्पको रूपमा प्रयोग गर्नुहुँदैन ।
Ncbi.nlm.nih.gov
Niddk.nih.gov
Ncbi.nlm.nih.gov
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
June 29, 2025
Newschecker And THIP Media
June 20, 2025
Newschecker And THIP Media
June 13, 2025