Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: जमराकाे रस सेवन गर्दा हड्डीको क्यान्सर निको हुन्छ ।
तथ्य: जमराको रस सेवन गर्दा हड्डीको क्यान्सर निको हुन्छ भन्ने दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणले पुष्टि गर्दैनन् ।
सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा जमराकाे रसले हड्डीको क्यान्सर निको पारेको दाबीसहितको दृष्टान्त उल्लेख गरिएको देखिन्छ ।
Ever Green Dxn नामक फेसबुक आइडीमा पोस्ट गरिएको सामग्रीमा घरमा उमारी राखेको जमराको रस सेवन गराउँदा तीन महिनाको नाबालकमा देखिएको ‘लिकोभिया’ नामक हड्डीको क्यान्सर केही समयमै सुधार भएको दाबी गरिएको छ ।
जमरा उमारेको तस्बिरसहित पोस्ट गरिएको स्ट्याटसको सुरुवाती अंश यस्तो छ-
‘तीन महिनाको नाबालक छोरालाई ‘लिकोभिया’ नामक हड्डीको क्यान्सर लागेको थाहा पाएपछि वीरगञ्जका निरज र कमला बस्नेत ठूलो चिन्तामा थिए । छोराको उपचारका लागि थुप्रै अस्पताल धाए । तर, जति उपचार गर्दा पनि रोग बीसको उन्नाईस भएन । छोरालाई निको नभएपछि निराश बनेका बस्नेत दम्पत्तिको भेट काठमाडौं माकलबारीकी सीता भट्टराईसँग भयो । सीताले पीडा सहन नसकेर रोईरहेको उक्त बच्चालाई आफ्नो घरमा ल्याइन् । घरमा उमारी राखेको जमरा मिचेर त्यसको रस निकालिन् र बच्चालाई पिलाइदिइन् । त्यस दिन एक छिनमै बच्चा निदायो । यसै तरहले दिनदिनै एक मात्रा ३० मिलि जुस दिन थालियो । करिब तीन महिनासम्म यसरी दिनहुँ जमराको रस खुवाएपछि बच्चा तन्दुरुस्त बन्दै गयो । त्यसपछि डाक्टरलाई देखाउँदा आश्चर्यजनक ढंगले क्यान्सर पूरै निको भइसकेको देखियो । सुरुमा त छोरालाई लागेको क्यान्सरजस्तो जटिल रोग जमराले यति छिटै निको बनायो भन्दा विस्वासै लागेन बस्नेत दम्पत्तिलाई । बच्चा जन्मेको २ महिनादेखि आरामले निदाउन समेत नपाएका उनीहरू आजकाल छोराले नयाँ जीवन पाएको देख्दा मख्ख छन् ।’
जमराको रस सेवन गर्दा हड्डीको क्यान्सर निको हुन्छ भन्ने दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणले पुष्टि गर्दैनन् । अहिलेसम्म हड्डीको क्यान्सरको निश्चित कुनै उपचार उपलब्ध छैन । हड्डीको क्यान्सरको उपचारमा सामान्यतया शल्यक्रिया, विकिरण उपचार र केमोथेरापीको प्रयोग गरिन्छ ।
केही अध्ययनहरूले जमरामा क्यान्सर विरोधी गुणहरू रहने उल्लेख गरेपनि यसले क्यान्सरको उपचार गर्न सक्छ कि सक्दैन भन्ने विषयमा थप अनुसन्धान आवश्यक छ । फलफूल, तरकारी र जमरा जस्ता सम्पूर्ण अन्नहरू स्वस्थ आहार कायम राख्न महत्त्वपूर्ण मानिन्छन् तर यी आहारको सेवनले मात्र क्यान्सर निको हुन सक्दैन ।
हड्डीको क्यान्सर हड्डीभित्र उत्पन्न हुने क्यान्सरको दुर्लभ रूप हो । हड्डीको क्यान्सर सिधैँ हड्डीको तन्तुहरूमा सुरु हुन्छ र फैलिन्छ । हड्डीको क्यान्सर भएपछि हड्डी दुख्ने, सुन्निने र ज्यादै कमजोर तथा भाँचिने लक्षणहरू देखा पर्छन् । यस्तो क्यान्सर भएपछि समयमै निदान र उपचार आवश्यक पर्दछ ।
सामान्यतया शल्यक्रिया, केमोथेरापी, विकिरण थेरापी लगायतका विधिबमट हड्डीको क्यान्सरको उपचार गर्ने गरिन्छ । याे क्यान्सर भएपछि प्रारम्भिक चिकित्सा हेरचाह, सही निदान र उपचार आवश्यक पर्दछ ।
गहुँको कलिलो बेर्ना जसलाई जमरा (स्प्राउट्स) भनिन्छ र जमरा अत्यधिक पौष्टिक हुन्छन् । यसलाई भिटामिन ए, सी, ई, के, र बी भिटामिनहरू, फलाम, म्याग्नेसियम, क्याल्सियम, जिंक, र क्लोरोफिल जस्ता तत्वहरूको स्रोत मानिन्छ ।
गहुँको जमरामा रहेको क्लोरोफिलले डिटोक्सिफिकेसन र घाउ निको पार्न मद्दत गर्छ भन्ने विश्वास गरिन्छ । जमरामा क्यान्सर-विरोधी गुणहरू हुन सक्ने, कोलेस्ट्रोल स्तरहरू व्यवस्थापन गर्ने तथा रक्तसंचारमा सहयोग गर्ने केही अध्ययनहरुमा उल्लेख छ । जामरा सन्तुलित आहारका लागि उपयुक्त भएपनि यसबाट जटिल रोगको उपचार खोज्नु उचित हुँदैन ।
उल्लेखित केही खानेकुराहरू हड्डीको स्वास्थ्यका लागि फाइदाजनक छन्:
जमराको रस सेवन गर्दा हड्डीको क्यान्सर निको हुन्छ भन्ने दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणले पुष्टि गर्दैनन् । अहिलेसम्म हड्डीको क्यान्सरको निश्चित कुनै उपचार उपलब्ध छैन ।
Cancer.org
Researchgate.net
Pubmed.ncbi.nlm.nih.gov
Nhs.uk
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
June 29, 2025
Newschecker And THIP Media
June 20, 2025
Newschecker And THIP Media
June 13, 2025