Sunday, May 11, 2025

Fact Check

Fact Check: के घरेलुु जडिबुटी औषधिले गम्भीर रोग निको पार्न सक्छ? 

banner_image

Claim

image

Fact

image

दाबी: मृगौला, क्यान्सर, सुगर, प्रेसर जस्ता गम्भीर रोगहरुलाई घरेलुु जडिबुटी औषधि उपचारबाटै निको पार्न सकिने दाबी ।
तथ्य: घरेलु उपचारले मात्रै गम्भीर अवस्था र रोगहरू निको पार्न सक्दैन । मृगौला रोग, क्यान्सर, मधुमेह र उच्च रक्तचाप जस्ता गम्भीर रोगहरू जटिल हुन्छन् र यी रोगहरुका लागि उचित चिकित्सा उपचार आवश्यक पर्दछ ।

गम्भीर रोगहरुसँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा मृगौला, क्यान्सर, सुगर, प्रेसर जस्ता गम्भीर रोगहरुलाई घरेलुु जडिबुटी औषधि उपचारबाटै निको पार्न सकिने दाबी गरिएको छ ।

रामेछाप खाँडादेबी खवर नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा ‘घरेलुु जडिबुटी औषधिहरु’को दृश्य देखाइएको छ । साथै भिडियोमा एक व्यक्तिले घरेलुु जडिबुटी औषधिहरुबारे चर्चा गरिरहेका छन् । 

सोही भिडियोकोको क्याप्सनमा लेखिएको छ- ‘हरेक नेपालीको लागि खुशीको खबर ! मृगौला, क्यान्सर, सुगर, प्रेसर जस्ता खतरा रोगलाई निको पार्ने घरेलुु जडिबुटी, औसधि उपचार हुने ब्यबस्था ।’

के भिडियोमा दाबी गरेजस्तो मृगौला, क्यान्सर, सुगर, प्रेसर जस्ता गम्भीर रोगहरुलाई घरेलुु जडिबुटी औषधि उपचारबाटै निको पार्न सकिन्छ त? दाबीको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

घरेलु उपचारले मात्रै गम्भीर अवस्था र रोगहरू निको पार्न सक्दैन । मृगौला रोग, क्यान्सर, मधुमेह र उच्च रक्तचाप जस्ता गम्भीर रोगहरू जटिल हुन्छन् र यी रोगहरुका लागि उचित चिकित्सा उपचार आवश्यक पर्दछ ।

केही प्राकृतिक सामग्रीहरूले शारीरिक फाइदाहरू प्रदान गर्न सक्छन् । तर यस्ता सामग्रीले औषधि र शल्यक्रिया जस्ता वैज्ञानिक रूपमा समर्थित उपचारहरूलाई प्रतिस्थापन गर्दैनन् । घरेलु उपचारको पक्षमा चिकित्सा सल्लाहलाई बेवास्ता गर्दा गम्भीर जटिलताहरू उत्पन्न हुन सक्छन् ।

उदाहरणका लागि, कसैलाई मृर्गौला समस्या देखिएको छ भने रोग समयसँगै बढ्दै जान्छ, जसले मृर्गौलाको कार्यक्षमतामा कमी आउँछ र अन्ततः मृर्गौला फेला हुन्छ । यो समस्याका लागि कुनै पनि घरेलु उपचारले रोगीलाई निको पार्न सक्दैन । त्यस्तै गरी क्यान्सर एक प्राणघाती रोग हो, जसलाई केमोथेरापी, विकिरण वा शल्यक्रिया जस्ता लक्षित उपचार आवश्यक पर्दछ । हर्बल उपचारमा मात्र भर पर्दा रोग फैलिन सक्छ, जसले गर्दा रोगीको बाँच्ने सम्भावना निकै कम हुन्छ ।

यद्यपी  प्राकृतिक उपचारलाई सहायक हेरचाहको रूपमा मात्र प्रयोग गर्न सकिन्छ । वाकवाकीको लागि अदुवा वा हल्का सूजनको लागि बेसार जस्ता केही घरेलु उपचारहरूले लक्षणहरू कम गर्न सक्छन् । तर, यसले मात्रै गम्भीर रोगहरूको आधारभूत कारणलाई सम्बोधन गर्दैनन् । 

लक्षणबाट राहत पाउनु भनेको रोग निको हुनु वा उपचार पूरा हुनु होइन । उच्च रक्तचाप भएको व्यक्तिले लसुन वा हिबिस्कस चियाले सेवन गर्दा रक्तचापलाई थोरै कम गर्न मद्दत गर्छ तर यसले उच्च रक्तचाप नियन्त्रण गर्ने औषधिको आवश्यकतालाई हटाउँदैन । डाक्टरको उपचार योजना पालना गर्दै घरेलु उपचारहरूद्वारा लक्षणहरू व्यवस्थापन गर्नु सबैभन्दा सुरक्षित तरिका हो ।

प्राकृतिक तथा हर्बल उपचारले डाक्टरले तोकेको औषधिलाई प्रतिस्थापन गर्न सक्दैन । हर्बल उपचारले औषधिहरूसँग अन्तरक्रिया गर्न सक्छ, तिनीहरूलाई कम प्रभावकारी वा खतरनाक पनि बनाउन सक्छ । उदाहरणका लागि लसुन र अदुवाले रगत पातलो बनाउन सक्छ, रगत पातलो गर्ने औषधि लिने मानिसहरूमा रक्तस्रावको जोखिम बढाउँछ । त्यसैगरी केही हर्बल पूरकहरूले कलेजो वा मृगौलामा असहजता ल्याउन सक्छन् ।

अर्कोतर्फ घरेलु उपचारले मधुमेहलाई पूर्ण रूपमा निको पार्न सक्दैन । खानेकुराहरूले रगतमा चिनी नियन्त्रण गर्न मद्दत गर्न सक्छन् तर तिनीहरू इन्सुलिन वा अन्य मधुमेह औषधिहरूको विकल्प होइनन् । जडीबुटीको पक्षमा अचानक निर्धारित औषधि बन्द गर्नाले मधुमेह केटोएसिडोसिस वा स्नायु क्षति सहित गम्भीर जटिलताहरू निम्त्याउन सक्छन् ।

निष्कर्ष

स्वास्थ्यमा समस्या देखिएपछि घरेलु उपचारमा मात्र भर पर्नु जोखिम निम्त्याउनु जस्तै हो । उचित उपचारमा ढिलाइ गर्नाले अवस्था झनै खराब हुन सक्छ । उच्च रक्तचाप नियन्त्रण वा यसको उपचार नगरे हृदयघात वा स्ट्रोक हुन सक्छ। अनियन्त्रित मधुमेहले अन्धोपन, मृगौला विफलता, वा स्नायु क्षति निम्त्याउन सक्छ । क्यान्सरको प्रारम्भिक पहिचान र उचित उपचार आवश्यक छ । घरेलु उपचारमा मात्र भर पर्दा यो अनियन्त्रित हुनसक्छ । रोगीको जीवन बाँच्ने सम्भावना कम हुन सक्छ ।

नतिजा : गलत

हाम्रा स्रोतहरू

रिसर्च लेख, ncbi.nlm.nih.gov
रिसर्च लेख, fda.gov
रिसर्च लेख, pmc.ncbi.nlm.nih.gov
रिसर्च लेख, kidney.org
रिसर्च लेख, pmc.ncbi.nlm.nih.gov


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।


RESULT
स्वास्थ्यमा समस्या देखिएपछि घरेलु उपचारमा मात्र भर पर्नु जोखिम निम्त्याउनु जस्तै हो । उचित उपचारमा ढिलाइ गर्नाले अवस्था झनै खराब हुन सक्छ । उच्च रक्तचाप नियन्त्रण वा यसको उपचार नगरे हृदयघात वा स्ट्रोक हुन सक्छ। अनियन्त्रित मधुमेहले अन्धोपन, मृगौला विफलता, वा स्नायु क्षति निम्त्याउन सक्छ । क्यान्सरको प्रारम्भिक पहिचान र उचित उपचार आवश्यक छ । घरेलु उपचारमा मात्र भर पर्दा यो अनियन्त्रित हुनसक्छ । रोगीको जीवन बाँच्ने सम्भावना कम हुन सक्छ ।
image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage