Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: मेथी भिजाएको पानी तीन महिनासम्म सेवन गर्दा मधुमेह रोग निको हुने दाबी ।
तथ्य: मेथी भिजाएको पानी वा जुनसुकै परम्परागत उपचारले मधुमेह निको पार्न सक्दैन । मधुमेह एक गम्भीर चिकित्सा अवस्था हो, जसको उचित उपचार आवश्यक पर्दछ ।
मधुमेह रोगसँग सम्बन्धित एउटा पोस्ट सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा मेथी भिजाएको पानी तीन महिनासम्म सेवन गर्दा मधुमेह रोग निको हुने दाबी गरिएको छ ।
डा.राम बहादुर बोहरा नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा एउटा स्वास्थ्य जानकारी दिइएको छ । उक्त जानकारीमा लेखिएको छ- ‘सुगरको उपचार घरेलु औषधिबाट यसरी गरौँ । मेथी हाम्रो भान्सामा हुने गरेको छ तर यो मधुमेहको उत्कृष्ट औषधि हो भन्ने कुरा अधिकांशलाई थाहा नहुन सक्छ । मेथी दुई चम्चा जति साँझ भिजाएर राख्ने प्रात: मिचेर दैनिक तीन महिनासम्म खानाले यो रोग ठिक हुनेछ ।’
के मेथी भिजाएको पानी तीन महिनासम्म सेवन गर्दा मधुमेह रोग निको हुन्छ त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
मधुमेह रोग कहिल्यै निको हुँदैन । यद्यपि जीवनशैली परिवर्तन, तौल नियन्त्रण र औषधिसहितको व्यापक उपचारबाट मधुमेहलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिन्छ ।
दिल्ली एनसीआरस्थित निवारण हेल्थका संस्थापक मधुमेह विशेषज्ञ डा.आयुष चन्द्रले मधुमेह रोगको व्यवस्थापन गर्न प्रमाणमा आधारित उपचार आवश्यक पर्ने कुरामा जोड दिन्छन् । उनी भन्छन्- ‘मधुमेह रोगको उपचारमा डाक्टरको निर्देशनमा आवश्यकता अनुसार औषधि र इन्सुलिनको प्रयोग समावेश छ । साथै आवश्यक पोषक तत्वहरूले भरिपूर्ण सन्तुलित आहार, नियमित शारीरिक गतिविधि, हाइड्रेटेड रहनु, मानसिक स्वास्थ्यमा ध्यान केन्द्रीत गर्नु र रगतमा चिनीको स्तरको निरन्तर निगरानी गर्नुपर्छ ।’
मेथी भिजाएको पानी सेवन गर्दैमा मधुमेह निको हुन सक्दैन । मेथीको दानालाई प्रायः स्वास्थ्य लाभ प्रदान गर्ने श्रेय दिइन्छ, जसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्नसक्छ । तर मेथी भिजाएको पानी पिउनाले मधुमेह निको हुन्छ भन्ने दाबीलाई प्रमाणित गर्ने कुनै वैज्ञानिक आधार छैन ।
मेथीको दानामा फाइबरको मात्रा उच्च हुने र ४-हाइड्रोक्साइसोल्युसिन नामक यौगिकको कारणले रगतमा रहेको चिनीको मात्रा नियन्त्रण गर्न केही हदसम्म सहयोग गर्न सक्छ । त्यस्तै मेथीको दानामा घुलनशील फाइबर हुन्छ, जसले पेट र आन्द्रामा चिनीको अवशोषणलाई सुस्त गर्न सक्छ । केही अध्ययनहरूले सुझाव दिएका छन् कि मेथीको दानालाई पानीमा भिजाएर वा विभिन्न रूपहरूमा सेवन गर्नाले खाना पछि रगतमा चिनीको मात्रा बढ्ने गतिलाई थोरै कम गर्न सकिन्छ।
यद्यपि, यसको प्रभाव सामान्यत: हल्का हुन्छ । मेथी भिजाएको पानीले मानिसहरूलाई उनीहरूको रगतमा चिनीको मात्रा अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न मद्दत गर्न सक्छ तर यसले औषधि वा इन्सुलिन थेरापी जस्ता मधुमेह व्यवस्थापन विधिहरूलाई प्रतिस्थापन गर्न सक्दैन । मेथी भिजाएको पानीमा मात्र भर पर्दा रगतमा चिनीको मात्रा कम नियन्त्रित हुन सक्छ, जसले समयसँगै जटिलताहरू निम्त्याउन सक्छ ।
मेथी भिजाएको पानी वा जुनसुकै परम्परागत उपचारले मधुमेह निको पार्न सक्दैन । मधुमेह एक गम्भीर चिकित्सा अवस्था हो, जसको उचित उपचार आवश्यक पर्दछ । अर्कोतर्फ मेथी भिजाएको पानीले मधुमेह व्यवस्थापनमा केही सहयोगी फाइदाहरू प्रदान गर्न सक्छ तर यसलाई चिकित्सा उपचारको विकल्पको रूपमा होइन, पूरकको रूपमा हेर्नुपर्छ । मधुमेह व्यवस्थापनको बारेमा सधैँ आफ्नो स्वास्थ्य सेवा प्रदायकको सल्लाह गर्नु महत्वपूर्ण हुन्छ ।
मधुमेह जानकारी, diabetes.org.uk
रिसर्च लेख, pmc.ncbi.nlm.nih.gov
रिसर्च लेख, pmc.ncbi.nlm.nih.gov
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।
Newschecker And THIP Media
June 29, 2025
Newschecker And THIP Media
June 20, 2025
Newschecker And THIP Media
June 13, 2025