Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: काजु र किसमिसलाई खिरमा पकाउँदा स्वास्थ्य समस्या हुने र राइस कुकर प्रयोग गर्दा थाइराइड, अपच र स्मरणशक्ति कमजोर हुने जस्ता दाबी ।
तथ्य: काजु र किसमिसलाई खिर लगायतका खाने कुरामा प्रयोग गर्दा हानिकारक हुँदैन । साथै राइस कुकरको प्रयोगले मधुमेह वा हृदय रोगजस्ता समस्याहरु निम्तिन्छन् भन्ने दाबीहरु प्रमाणित हुँदैनन् ।
मानव स्वास्थ्यसँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त भिडियोमा काजु र किसमिसलाई खिरमा पकाउँदा स्वास्थ्य समस्या हुने र राइस कुकर प्रयोग गर्दा थाइराइड, अपच र स्मरणशक्ति कमजोर हुने जस्ता दाबी गरिएको छ ।
Divine Youth Club Nepal नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा डा.वीपी तिमिल्सिनाका रुपमा चिनाइएको छ । उक्त भिडियोको क्याप्सनमा लेखिएको छ- ‘खिर पकाउँदा काजु किसमिस घातक हुन्छ । राइस कुकरमा खाना पकाउँदा विभिन्न राेग सुरु । सुगर, थाइराइड, मुटुराेग, पाइल्स, पेटकाे राेग नजानेरै भान्साबाट सुरु भएका छन् ।’
के खिर पकाउँदा काजु किसमिस घातक हुन्छ त? राइसकुकरमा खाना पकाउँदा विभिन्न राेग सुरु हुने दाबीको वास्तविकता पत्ता लागाउन हामीले तथ्यजाँच गरेका छौँ ।
खिरमा काजु र किसमिस मिसाउँदा हानिकारक हुन्छ भन्ने दाबीलाई प्रमाणित गर्ने कुनै वैज्ञानिक प्रमाण छैन ।
काजु र किसमिसहरू धेरै परम्परागत परिकारहरूमा राख्ने गरिन्छ । काजु स्वस्थ बोसो, प्रोटिन, भिटामिन, म्याग्नेसियम र तामा जस्ता खनिजहरूको राम्रो स्रोत हो । अर्कोतर्फ किसमिसमा आइरन, फाइबर र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छन् ।
यद्यपि, यदि कसैलाई काजुबाट एलर्जी छ भने यस्तो व्यक्तिले काजु सेवन नगर्दा हुन्छ । अर्कोतर्फ मधुमेह रोगीका लागि यो ध्यान दिन जरुरी छ कि चिनीको मात्रा बढी हुन्छ ।
एसोसिएसन फर आयुर्वेदिक पाल्पटिभ पेन मेडिसिन, गुडगाउँ भारतका संस्थापक डा.मोहित सन्धुका अनुसार खिरमा काजु र किसमिस मिसाउँदा हानिकारक हुँदैन । यी सामग्रीहरू सामान्यतया दुधसँग राम्रोसँग मिल्छन् र यो पौष्टिक हुन्छ । तर यसलाई संयमताका साथ सेवन गर्नुपर्छ ।
अर्कोतर्फ के राइस कुकरमा खाना पकाउँदा विभिन्न रोग लाग्न सक्छ त ? राइस कुकर विश्वभर सुरक्षित मानिन्छ र व्यापक रूपमा प्रयोग गरिन्छ । राइस कुकर प्रयोग गर्दा मधुमेह, थाइरोइड समस्या, हृदय रोग वा पेट समस्याहरू निम्तिन्छन् भन्ने दाबीलाई समर्थन गेर्न कुनै विश्वसनीय वैज्ञानिक प्रमाण फेला परेनन् ।
राइस कुकरले तापक्रम र वाफ नियन्त्रण गरेर खाना पकाउने प्रक्रियालाई स्वचालित बनाउँछ । यो पक्रियाले खाना जलाउने वा बढी पकाउने जोखिम कम गर्न सक्छ । तथापि, यसलाई बचेको खानासँगै प्रयोगगर्दा ब्याक्टेरियाको जोखिम बढ्न सक्छ ।
काजु र किसमिसलाई खिर लगायतका खाने कुरामा प्रयोग गर्दा हानिकारक हुँदैन । साथै राइस कुकरको प्रयोगले मधुमेह वा हृदय रोगजस्ता समस्याहरु निम्तिन्छन् भन्ने दाबीहरु प्रमाणित हुँदैनन् । राम्रो स्वास्थ्य प्रवर्द्धन गर्न अप्रशोधित खानाहरू खाने, नियमित रूपमा व्यायाम गर्ने र चिनी वा बोसोयुक्त खानेकुराको अत्याधिक उपभोगबाट बच्न ध्यान केन्द्रीत गर्नुहोस् ।
रिसर्च लेख, gsbb.goa.gov.in
रिसर्च लेख, pmc.ncbi.nlm.nih.gov
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।
Newschecker And THIP Media
May 30, 2025
Newschecker And THIP Media
May 23, 2025
Newschecker And THIP Media
May 16, 2025