Wednesday, June 24, 2026

Fact Check

काठमाडौँमा बलात्कार भन्दै पोस्ट गरिएको भिडियो नेपालको होइन, के हो भिडियोको वास्तविकता?

Written By Aakash Chhetri
Sep 16, 2025
banner_image

दाबी:  काठमाडौँमा राति २:०० बजे राधिका मगरलाई बलात्कार गरिएकोसमेत दाबी ।
तथ्य: भिडियो बलात्कारको होइन, टर्कीको Koleksiyoncu Korku Evi नामक कम्पनीले आफ्नो मनोरञ्जन, डराउने र लुकामारी खेल (Horror & Escape Games) को क्रममा खिचिएको दृश्य हो ।

काठमाडौँमा राति बिजुली काटिएको, हत्या र बलात्कार भइरहेको भन्दै एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । साथै भिडियोको थमनेलमा काठमाडौँमा राति २:०० बजे राधिका मगरलाई बलात्कार गरिएकोसमेत दाबी गरिएको छ । 

Jaybholenath441 नामक टिकटक आइडीमा सीसीटीभी फुटेज जस्तो देखिने दृश्य जोडिएको छ । साथै उक्त दृश्यमा केही मानिसहरु भागदौड गरिरहेको देखिन्छ ।

१० सेप्टेम्बर २०२५ मा पोस्ट गरिएको भिडियोको थमनेलमा लेखिएको छ- ‘नेपाल काठमाडौँमा हिजो राति २:०० बजे राधिका मगरलाई रेप गरेको हो ।’

पोस्ट भएको ४ दिनमै दाबीसहितको भिडियोलाई करिब २५ लाख फेसबुक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । दाबीलाई यही अवधिमा करिब ७० हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेको देखिन्छ । प्रस्तुत तथ्यांकले देखाउँछ कि दाबीसहितको सामग्री सामाजिक संजालमा व्यापक फैलिसकेको छ ।

के भिडियोमा देखिएको दृश्य काठमाडौँस्थित बलात्कार घटनाको हो त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।   

तथ्यजाँच/प्रमाणीकरण

सेप्टेम्बर २०२५ मा नेपालमा जेन जी (GenZ) पुस्ताले भ्रष्टाचार, बेरोजगारी, सामाजिक संजाल प्रतिबन्ध, शासन व्यवस्थामा देखिएका समस्या लगायतका विषयमा प्रदर्शन गरेका थिए । यस प्रदर्शनमा हिंसात्मक झडप, आगजनी, लुटपाटसमेत भएको थियो । 

२३ भदौ (२०८२) बाट सुरु भएको आन्दोलन २४ भदौमा उत्कर्षमा पुगेको थियो । सयौँ प्रदर्शनकारीहरूले कार्यपालिका, विधायिका र न्यायपालिकाका कार्यालयहरूमा प्रवेश गरे । त्यस क्रममा अप्रत्याशित रूपमा तोडफोड र आगजनीका घटना समेत भए । 

यही अशान्त परिस्थितिकै काठमाडौँभित्र युवतीहरुमाथि बलात्कार भइरहेको दाबी सामाजिक संजालमा फैलिन थालेको देखिन्छ । हामीले फेला पारेको सामग्रीमा एउटा सीसीटीभी फुटेजसँगै एक युवतीलाई बलात्कार गरिएको दाबी गरिएको छ । यो फुटेजमा २०२२ अगस्ट २८ को मिति लेखिएको छ । फुटेजको जाँचका क्रममा हामीले भिडियोका विभिन्न फ्रेमहरुलाई रिभर्स इमेज सर्च गर्‍यौँ ।  

जाँचको नतिजास्वरुप Koleksiyoncu Korku Evi नामक युट्युब च्यानलमा पोस्ट गरिएका दृश्यहरु फेला परे । च्यानलभित्र सीसीटीभी फुटेज जस्ता देखिने साढे ४ हजार भिडियो पोस्ट गरिएको छ । हामीले २०२२ अगस्ट २८ को मितिमा पोस्ट गरिएको फुटेज खोज्यौँ । 

जाँचका क्रममा फेला परेको, २९ अगस्ट २०२२ मा पोस्ट गरिएको दृश्य र दाबीसहितको सामग्रीमा जोडिएको दृश्यबीच केही समानता देख्न सकिन्छ ।  

वास्तवमा, टर्की देशमा Koleksiyoncu Korku Evi चर्चित छ । यो कम्पनीले सन् २०१५ देखि आफ्नो मनोरञ्जन र खेल यात्रा सुरु गरेको थियो । कम्पनीको वेबसाइट अनुसार यसको उद्देश्य डर र भाग्ने खेल (Horror & Escape Games) खेलाउने जाने प्रत्येक समूहलाई अविस्मरणीय सम्झना दिलाउने हो । त्यसैले koleksiyoncu.kim ले आफ्ना सामाजिक संजाल अकाउन्टहरुका पोस्ट गरेका भिडियोहरु मनोरञ्जन र खेलसँग सम्बन्धित छन् । 

जाँचकै क्रममा Koleksiyoncu.kim नामक फेसबुक पेजमा हालसालै पोस्ट गरिएको रिल भिडियो फेला पर्‍यो । केही समयअघि मात्रै पोस्ट गरिएको उक्त भिडियोमा र नेपालमा दाबीसहित पोस्ट गरिएको दृश्यहरु हुबहु मिलेका छन् । त्यसैले Koleksiyoncu Korku Evi को पुरानो दृश्यलाई गलत दाबीका साथ नेपालमा फैलाइएको देखियो ।

निष्कर्ष

काठमाडौँमा राति २:०० बजे राधिका मगरलाई बलात्कार गरिएको दाबीसहित सामाजिक संजालमा फैलाइएको दृश्यले भ्रामक सन्देश दिएको छ । दाबीसहित पोस्ट गरिएको फुटेज वास्तवमा, टर्कीको Koleksiyoncu Korku Evi नामक कम्पनीले आफ्नो मनोरञ्जन, डराउने र लुकामारी खेल (Horror & Escape Games) को क्रममा खिचिएको दृश्य हो । बलात्कार जस्तो संवेदनशील घटनासँग जोड्दै पोस्ट गरिएको भिडियो यथार्थ होइन र नेपालसँग सम्बन्धित छैन । बरु पुरानो टर्की देशमा खिचिएको मनोरञ्जन–सम्बन्धी सामग्रीलाई गलत सन्दर्भमा प्रयोग गरिएको पाइयो ।

नतिजा: भ्रामक

हाम्रा स्रोतहरू

समाचार, bbc.com/nepali
युट्युब भिडियो, Koleksiyoncu Korku Evi
फेसबुक रिल भिडियो, Koleksiyoncu.kim


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]


RESULT
काठमाडौँमा राति २:०० बजे राधिका मगरलाई बलात्कार गरिएको दाबीसहित सामाजिक संजालमा फैलाइएको दृश्यले भ्रामक सन्देश दिएको छ । दाबीसहित पोस्ट गरिएको फुटेज वास्तवमा, टर्कीको Koleksiyoncu Korku Evi नामक कम्पनीले आफ्नो मनोरञ्जन, डराउने र लुकामारी खेल (Horror & Escape Games) को क्रममा खिचिएको दृश्य हो । बलात्कार जस्तो संवेदनशील घटनासँग जोड्दै पोस्ट गरिएको भिडियो यथार्थ होइन र नेपालसँग सम्बन्धित छैन । बरु पुरानो टर्की देशमा खिचिएको मनोरञ्जन–सम्बन्धी सामग्रीलाई गलत सन्दर्भमा प्रयोग गरिएको पाइयो ।
image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

918

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage