Monday, June 23, 2025

Fact Check

Fact Check: बच्चालाई मोबाइल फोन देखाउँदा ब्रेन ट्युमरको जोखिम हुन्छ?

banner_image

दाबी: बच्चा/शिशुलाई मोबाइल फोन देखाइयो भने टाउकोमा ब्रेन ट्युमरसम्मको जोखिम हुन सक्ने दाबी ।
तथ्य: बच्चालाई मोबाइल फोन देखाउँदा ब्रेन ट्युमरसम्मको जोखिम हुन सक्ने दाबीलाई समर्थन गर्ने कुनै ठोस प्रमाण फेला परेन । 

मानव स्वास्थ्यसँग सम्बन्धित दाबीसहितको भिडियो सामाजिक संजालमा फेला परेको छ । उक्त भिडियोमा बच्चा/शिशुलाई मोबाइल फोन देखाइयो भने टाउकोमा ब्रेन ट्युमरसम्मको जोखिम हुन सक्ने दाबी गरिएको देखिन्छ ।

Dr.Anil Subedi नामक फेसबुक पेजमा पोस्ट गरिएको रिलमा दुई वर्षमुनीका बालबालिकालाई मोबाइल फोन देखाउनै नमिल्ने चेतावनी दिइएको छ । भिडियोको सुरुवातमा भनिएको छ-  ‘भखरै जन्मेको बच्चालाई धेरै मोबाइल फोन देखाइयो भने टाउकोमा ब्रेन ट्युमरसम्मको जोखिम हुन्छ, एकोस्टिक न्यूरोमामा भनिन्छ । त्यही भएर एक वर्षमुनीको बच्चालाई मोबाइल फोन देखाउनै हुँदैन । दुई वर्ष मुनीसम्मलाई देखाउन मिल्दैन । ती बच्चाहरुपछि गएर धेरै मोबाइल फोन देखाएका बच्चाहरुपछि गएर अरुसँग घुलमिल कम हुने, आँखामा आँखा नजुदाउने र उनीहरुको सामाजिक क्षमता कम हुन्छ ।’ 

तथ्यजाँच/प्रमाणीकरण

शिशुलाई मोबाइल फोन देखाउँदा एकोस्टिक न्यूरोमा निम्तिन सक्छ भन्ने दाबीलाई समर्थन गर्ने कुनै ठोस प्रमाण फेला परेन । एकोस्टिक न्यूरोमाको अवस्था मुख्यत: आनुवंशिक कारणसँग जोडिएको छ ।

एकोस्टिक न्यूरोमा, जसलाई भेस्टिबुलर श्वाननोमा पनि भनिन्छ । यो भेस्टिबुलर स्नायुमा विकसित हुने गैर-क्यान्सर ट्यूमर हो । यो ट्युमर बढ्दै जाँदा श्रवण र सन्तुलन नसाहरूसहित वरपरका संरचनाहरूमा गम्भीर समस्या उत्पन्न गराउँछ । यसले कानमा घण्टी बज्ने, चक्कर लाग्ने र सन्तुलन गुमाउने जस्ता समस्याहरू निम्त्याउँछ । ट्युमरको आकार, स्थान र रोगी व्यक्तिको समग्र स्वास्थ्यको आधारमा एकोस्टिक न्यूरोमाको निदान गरिन्छ ।  शल्यक्रिया वा विकिरण लगायतका उपचार विधि समावेश हुन्छन् ।

मोबाइल फोनले रेडियोफ्रिक्वेन्सी विकिरण भनिने एक प्रकारको ऊर्जा प्रवाह गर्दछन्, जो माइक्रोवेभहरू जस्तै हुन्छन् । मोबाइल फोनले उत्सर्जन गर्ने ऊर्जा ज्यादै कम मात्राको हुन्छ । उक्त उर्जाले मानव डीएनएलाई हानी पुर्‍याउन सक्दैन । मोबाइल फोनको उत्सर्जन गर्ने हल्का न्यानोपन मानव शरीरले महसुस गर्न सक्छ । तर, उक्त तापक्रमले हाम्रो शरीरको तापक्रमलाई परिवर्तन गर्न सक्दैन । मोबाइल फोनले उत्सर्जन गर्ने विकिरण हाम्रो स्वास्थ्यको लागि हानिकारक छ भन्ने कुनै ठोस प्रमाण भेटिएन ।

अर्कोतर्फ धेरै शोधकर्ताहरूले मोबाइल फोन प्रयोग गर्दा मस्तिष्क र केन्द्रीय स्नायु प्रणालीको क्यान्सर हुन्छ कि हुँदैन भनेर अनुसन्धान गरेका छन् । यसबाट मोबाइल फोनको प्रयोगले क्यान्सरहरूको दर नबढेको पत्ता लगाइएको छ । यद्यपि, यी अध्ययनहरूले मोबाइल फोनको धेरै प्रयोग गर्ने र नगर्नेहरू बीचको जोखिमलाई प्रत्यक्ष रूपमा तुलना गरेका छैनन् । 

मोबाइल फोनको प्रयोगसँग सम्बन्धित सम्भावित जोखिमहरू र स्वास्थ्यमा यसको प्रभावबारे बुझ्न थप अध्ययनहरू आवश्यक छन् ।

निष्कर्ष

बच्चालाई मोबाइल फोन देखाउँदा ब्रेन ट्युमरसम्मको जोखिम हुन सक्ने दाबीलाई समर्थन गर्ने कुनै ठोस प्रमाण फेला परेनन् । केही अनुसन्धानले मोबाइल फोनको दीर्घकालीन प्रयोग र एकोस्टिक न्यूरोमा लगायतसँग सम्बन्धित केही प्रकारका मस्तिष्क ट्यूमरबीचको सम्बन्धको खोजी गरेका छन् तर त्यसका परिणामहरू निष्कर्षविहीन र विरोधाभासपूर्ण छन् ।

नतिजा : आंशिक गलत

हाम्रा स्रोतहरू

रिसर्च लेख, cancer.go
रिसर्च लेख, pubmed.ncbi.nlm.nih.gov


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

874

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage