Sunday, May 11, 2025

Fact Check

एमसिसीसँग प्रधानसेनापतिलाई जोडेर बनाइयो भ्रामक भिडियो, कुनैपनि नेतालाई बाँकि नराख्ने चेतावनी दिएको दाबी

banner_image

Claim

image

Fact

image

एमसिसीलाई नेपाली सेना जोडेर तयार पारिएको एउटा सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ । भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा भेटिएको उक्त सामग्रीमा प्रधानसेनापतिले कुनैपनि नेतालाई बाँकि नराख्ने चेतावनी दिएको दाबी गरिएको छ ।

शनिबार #NepalSamachar नामक टिकटक आइडीमा पोस्ट भएको उक्त भिडियोको क्याप्सनमा ‘भावना विपरित एमसिसी पास गरे कुनैपनि नेतालाई बाँकि नराख्ने प्रधानसेनापतीको चेतावनी’ भन्ने वाक्यांश राखिएको छ । त्यस्तै भिडियोको थमनेलमा पनि सोही आक्रमक दाबी लेख्दै ‘२०७८\१०\२२’को मिति राखिएको देखिन्छ । 

भिडियोमा जोडिएको अडियोमा पनि क्याप्सन र थमनेलकै ब्यहोराको दाबी छ । समाचार शैलीको अडियोमा भनिएको छ,‘भावना विपरित एमसिसी पास गरे कुनैपनि नेतालाई बाँकि नराख्ने प्रधानसेनापतीको चेतावनी, देश संकटमा परे म्यानमारकै कदम चाल्ने दाबी ।’

८ सेकेन्टको उक्त टिकटक भिडियो पोस्ट भएको २ दिनमै सामाजिक संजालमा आगोसरी फैलिएको देखिन्छ । उक्त भिडियोमा साढे ५१ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने १७ सयभन्दा बढी प्रयोगकर्ताले कमेन्ट गरिसकेका छन् । २ दिनमा भिडियो सेयर गर्ने टिकटक प्रयोगकर्ताको संख्या साढे १८ सयभन्दा बढी देखिन्छ । 

गम्भीर दाबीसहितको उक्त टिकटक भिडियोको अडियोबाट थुप्रै भिडियोहरू पुन:निर्माणसमेत भएका छन् । यो तथ्यजाँच तयार पारिरहँदा उक्त अडियोबाट ६९ वटा थप भिडियोहरू पुन:निर्माण भइसकेको पाइयो । हेर्नुहोस् अडियोबाट पुन:निर्मित भिडियोहरू :

 तथ्य जाँच र प्रमाणीकरण

मुलुकको विदेश सम्बन्धसँग सम्बन्धित मुद्धामा नेपाली सेनालाई जोडेर यो सामग्री तयार पारिएका कारण हामीले भिडियोमा दिइएको विवरणमाथि तथ्यजाँच सुरु गर्‍यौँ । सबैभन्दा पहिले हामीले टिकटकमा देखिएको दृश्यबाट जाँच सुरु गर्‍यौँ ।

भिडियोमा नेपाली सेनाका प्रधानसेतापति प्रभुराम शर्माले कुनै कार्यक्रममा सम्बोधन गरिरहेको दृश्यसँग प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बीर जोडिएको छ । दाबीसहितको भिडियोमा देखाइएको दृश्य शर्माले प्रधानसेनापतिको रुपमा नेपाली सेनाको नेतृत्व सम्हान्दाको सम्बोधन हो । भिडियोमा दाबी गरेजस्तो उक्त सम्बोधनमा शर्माले कुनै अभिव्यक्ति दिएका थिएनन् । 

हेर्नुहोस्, प्रधानसेनापति शर्माको सम्बोधन :

यसपछि हामीले भिडियोको मूल स्रोत पत्ता लगाउने काम गर्‍यौँ । भिडियोमा सुनिएको अडियो हामीलाई परिचित नै लाग्यो किनकि यसअघि पनि हामीले यस आवाजका अडियोहरूको तथ्यजाँच गरिसकेका थियो । यही आधारमा हामीले युट्युबमा एमसिसी, प्रधानसेतापति, नेपाली सेना, चेतावनी, ग्रेटर नेपाल टीभी लगायतका नेपाली-अंग्रेजी किवर्डहरू युट्युबमा सर्च गर्‍यौँ । 

किवर्ड सर्चपछि हाम्रो अनुमान सही ठहरियो । युट्युबमा GreaterNepalTV (ग्रेटर नेपाल टिभी) नामक युट्युब च्यानल भेटियो, जहाँ फेब्रुअरी ४ मा एउटा भिडियो पोस्ट भएको रहेछ । उक्त भिडियोको हेडलाइन राखिएको छ,‘एमसिसी पास भए म्यानमारको अवस्था नेपालमा लागू हुने नेपाली सेनाको घोषणा ।’ 

हेर्नुहोस् मूल भिडियो : 

युट्युबमा पोस्ट गरिएको यही भिडियोको एउटा शंक माथि टिकटकमा पोस्ट गरिएको हो । यसअर्थ माथि टिकटकमा थमनेल र क्याप्सनसहित पोस्ट गरिएको भिडियोको मूल भिडियो ग्रेटर नेपाल टिभीमा पोस्ट गरिएको सामग्री हो । यसअघि हामीले ग्रेटर नेपाल टिभी नामक ट्युट्युब च्यानलमा पोस्ट गरिएका अन्य भ्रामक भिडियोको तथ्यजाँच पनि गरिसकेका थियौँ । 

टिकटक भिडियोको मूल स्रोत पत्ता लगाएपछि हामी दाबीमा केन्द्रीत भयौँ । भिडियोमा प्रधानसेतापतिले भावना विपरित एमसिसी पास गरे कुनैपनि नेतालाई बाँकि नराख्ने चेतावनी दिएको र देश संकटमा परे म्यानमारकै कदम चाल्ने बताएको दाबी गरिएको छ । 

दाबीसहितको भिडियोमा बुधबार मकवानपुरस्थित चिसापानी गढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण शिलान्यास गर्दै प्रधानसेनापति शर्माले यस्तो बताइएको दाबी गरिएको छ । प्रधानसेनापति शर्माले चिसापानी गढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण शिलान्यास गत कात्तिकमा गरेका थिए । भिडियोमा दाबी गरेजस्तो उक्त कार्यक्रममा शर्माले कुनै चेतावनी र दाबी गरेका थिएनन् । 

हेर्नुहोस्, चिसापानी गढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण शिलान्यासपछि शर्माको सम्बोधन :

पछिल्लो समय नेपाली सेनाको तर्फबाट एमसिसीको विषयमा कुनै आधिकारिक घारणासमेत सार्वजनिक भएको छैन । यसअर्थ भिडियोमा गरेको दाबी भ्रामक हो ।

निष्कर्ष :  

प्रधानसेतापतिले भावना विपरित एमसिसी पास गरे कुनैपनि नेतालाई बाँकि नराख्ने चेतावनी र देश संकटमा परे म्यानमारकै कदम चाल्ने दाबी गरेका छैनन् । भिडियोमा गरिएको दाबी भ्रामक र असत्य छ ।

नतिजा : भ्रामक\असत्य

हाम्रा स्रोतहरू :

Nepal Today : Nepal Army Gen Sharma Address All Ranks  

रातोपाटी : ऐतिहासिक महत्त्वका गढीहरूको संरक्षण गर्नुपर्छ

Ratopati TV

Greater Nepal TV


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage