Sunday, May 11, 2025

Fact Check

Fact Check: भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलियो पूरानो भिडियो

Written By Aakash Chhetri
Apr 4, 2023
banner_image

Claim

image

Fact

image

दाबी  : मुग्लिनमा आज ठूलो पहिरो गयो ।
तथ्य : भारतको हिमान्चन प्रदेशस्थित नाहान राजमार्गमा घटेको घटनालाई तोडमोड गरेर भ्रामक सामग्री तयार पारिएको छ । 

सामाजिक संजालमा एउटा भिडियो सामग्री फेला परेको छ । उक्त सामग्रीमा एउटा खतरापूर्ण पहिरोको दृश्य देख्न सकिन्छ र सो पहिरो गएको दृश्य मुग्लिनको रहेको दाबी गरिएको छ । 

Sunilshrestha नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा भिरालो भूभाग देख्न सकिन्छ । सोहि ठाउँमा सडक पनि छ र सडक माथिल्लो पट्टीको ढिस्को सडकमा झरेको दृश्य उक्त भिडियोमा देखिएको छ । 

प्रस्तुत भिडियोको थमलेनमा उक्त घटना मुग्लिनको रहेको दाबी गरिएको छ । पहिरो गएको भिडियोको थमनेलमा लेखिएको छ- ‘मुग्लिनमा आज ।’  

तीन दिनअघि पोस्ट गरिएको दाबीसहितको प्रस्तुत सामग्रीलाई ११ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । सयभन्दा बढी प्रयोगकर्ताले प्रतिक्रिया दिइसकेको उक्त सामग्रीलाई पाँच सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।  

तथ्यजाँच/प्रमाणीकरण

पछिल्लो केही सातादेखि नेपालमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ । यसबाट कतिपय जिल्लाको जनजीवन प्रभावित भएको छ । मौसम बदलीको यही सन्दर्भमा राजधानी जोड्ने मुख्य सडक क्षेत्र मुग्लिनमा पहिरो गएको दाबी गरिएको छ ।

सडकमा पहिरो झरिरहने भएकाले मुग्लिन क्षेत्रको सडक बर्खा याममा जोखिमपूर्ण मानिन्छ । यही सेरोफेरोमा सामाजिक संजालमा पहिरो गएको दृश्यसहितको सामग्री पोस्ट गरिएको छ । के उक्त सामग्रीमा देखिएको दृश्य मुग्लिन कै हो त ? हामीले वास्तविकता पत्ता लगाउँन जाँच गरेका छौँ ।

जाँचका क्रममा सबैभन्दा पहिले हामीले दाबीसहितको सामग्रीमा जोडिएको भिडियोको स्क्रीनसट लियौँ र उक्त भिडियोको स्क्रीनसटलाई गुगन लेन्सको सहयोगकमा रिभर्स इमेज सर्च गर्‍यौँ । सर्चको यसको परिणामस्वरुप aninews.in नामक भारतीय संचार माध्यममा प्रकाशित समाचार रिपोर्ट फेला पर्‍यो ।

४ अगस्ट, २०२१ मा प्रकाशित उक्त समाचारमा भारतको राष्ट्रिय राजमार्ग ९०७ अवरुद्ध भइको जानकारी दिइएको छ ।  हिमाचल प्रदेशमा मनसुनी वर्षाका कारण नहान–कुमारहट्टी सडक अवरुद्ध भएको र त्यसैमाथि पहिरो खसेपछि राष्ट्रिय राजमार्ग ९०७ अवरुद्ध भएको समाचारमा उल्लेख छ ।

प्रस्तुत समाचारमा प्रयोग गरिएको पहिरोको तस्बिर र दाबीसहितको सामग्रीमा देखिएको पहिरोको दृश्य मिल्दो देखिएको छ । यही कारण हामीले ‘nahan-kumarhatti road landslide’ व्याक्यांशलाई युट्युबमा सर्च गर्दा केही दृश्यसहितका सामग्रीहरू फेला परे । जसमध्येको एउटा सामग्री फेला पर्‍यो, Republic World नामक संचार माध्यको युट्युब च्यानलमा ।

४ अगस्ट, २०२१ मा पोस्ट गरिएको प्रस्तुत भिडियो समाचारमा प्रयोग गरिएको भिडियो र माथि दाबीसहितको सामग्रीमा उल्लेखित भिडियो एउटै देखिन्छ । हिमान्चन प्रदेशस्थित नाहान राजमार्गमा पहिरोको डरलाग्दो दृश्य दखिएको भन्दै Republic World ले समाचार सामग्री तयार पारेको छ । 

प्रस्तुत तथ्यबाट के पुष्टि हुन्छ भने पहिरो गएको दृश्यसहित सामाजिक संजालमा पोस्ट गरिएको सामग्री भ्रामक छ । किनकि उक्त सामग्रीमा भनेजस्तो उक्त भिडियो मुग्लिन सडकखण्डको होइन, अर्कोतर्फ उक्त पहिरोको दृश्य हालसालै घटेको घटना भने होइन । 

निष्कर्ष

भारतको हिमान्चन प्रदेशस्थित नाहान राजमार्गमा घटेको घटनालाई तोडमोड गरेर भ्रामक सामग्री तयार पारिएको छ । पूरानो घटनालाई नेपालसँग जोड्दै हालसालै घटेको घटनाका रुपमा प्रस्तुत गरिएको उक्त सामग्री मुग्लिनसँग सम्बन्धित छैन । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

Aninews.in
Republic World 


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage