Wednesday, March 29, 2023
Wednesday, March 29, 2023

HomeFact CheckFact Check: तातो पानीसँग ल्वाङ सेवन गर्दा १२ रोग निको हुन्छन् ?...

Fact Check: तातो पानीसँग ल्वाङ सेवन गर्दा १२ रोग निको हुन्छन् ?   

दाबी : राति सुत्नुअघि तातो पानीसँग २ वटा ल्वाङ खानुहोस्, १२ खतरनाक रोगलाई जरैबाट हट्छ ।
तथ्य : धेरै ल्वाङ सेवन गर्दा रक्तस्राव बढ्न सक्छ, रगतमा चिनीको मात्रा धेरै कम हुन सक्छ, एलर्जी हुन सक्छ र ल्वाङको सेवन मानिसका लागि विषाक्त समेत हुन सक्छ ।

सामाजिक संजालमा एउटा सामग्री फेला परेको छ, जसमा राति सुत्नुअघि मनतातो पानीसँग ल्याङ सेवन गर्दा १२ रोगहरू जरैदेखि हट्ने दाबी गरिएको छ ।

Lucky Singh नामक फेसबुक पेजमा पोस्ट गरिएको सामग्रीमा ल्वाङको चित्र देखाइएको छ । उक्त सामग्रीमा राति सुत्नुअघि तातो पानीसँग २ वटा ल्वाङ सेवन गर्न सुझाव दिइएको छ । उक्त सामग्रीको शीर्षकमा लेखिएको छ- ‘राति सुत्नुअघि तातो पानीसँग २ वटा ल्वाङ खानुहोस्, १२ खतरनाक रोगलाई जरैबाट हट्छ ।’ 

प्रस्तुत दाबीहरू मानव स्वास्थ्यसँग सम्बन्धित गम्भिर खालको रोगका बारेमा रहेका छन् । त्यसैले हामीले प्रस्तुत दाबीमाथि जाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

मनतातो पानीसँग ल्याङ सेवन गर्दा १२ रोगहरू जरैदेखि हट्ने दाबी प्रमाणित हुँदैन । ल्याङमा केही औषधीय गुणहरू रहेका हुन्छन्, जसले मानिसहरूलाई बारम्बार बिरामी हुनबाट रोक्न सक्ने फेला परेका अनुसन्धान पत्रहरूमा उल्लेख छ । 

तपसिलका अनुसन्धान पत्रका अनुसार ल्याङमा आवश्यक पोषक तत्वहरू पाइन्छन् र एन्टिअक्सिडेन्ट उच्च मात्रामा रहेको हुन्छ । साथै यसले ब्याक्टेरियालाई मार्न सक्छ, क्यान्सर रोक्न सक्छ, कलेजोको स्वास्थ्य सुधार गर्न सक्छ, रक्त शर्करालाई नियन्त्रण गर्न सक्छ, हड्डीको स्वास्थ्यलाई बढावा दिन सक्छ र पेटको अल्सरलाई पनि रोक्न सक्छ।

यद्यपी घरेलु उपचारमा मात्र भर पर्नु र उचित उपचार नखोज्दा स्वास्थ्यका लागि राम्रो निर्णय हुन सक्दैन । धेरै ल्वाङ सेवन गर्दा रक्तस्राव बढ्न सक्छ, रगतमा चिनीको मात्रा धेरै कम हुन सक्छ, एलर्जी हुन सक्छ र ल्वाङको सेवन मानिसका लागि विषाक्त समेत हुन सक्छ । 

ल्वाङका साइड इफेक्टहरूका बारेमा उल्लेख गरिएका प्रकाशन :

निष्कर्ष

मनतातो पानीसँग ल्याङ सेवन गर्दा १२ रोगहरू जरैदेखि हट्ने दाबी प्रमाणित हुँदैन । धेरै ल्वाङ सेवन गर्दा रक्तस्राव बढ्न सक्छ, रगतमा चिनीको मात्रा धेरै कम हुन सक्छ, एलर्जी हुन सक्छ र ल्वाङको सेवन मानिसका लागि विषाक्त समेत हुन सक्छ । त्यसैले घरेलु उपचारमा मात्र भर पर्नु र उचित उपचार नखोज्दा स्वास्थ्यका लागि राम्रो निर्णय हुँदैन ।  

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


Aakash Chhetri
Aakash Chhetri
Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.
Aakash Chhetri
Aakash Chhetri
Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular