Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
सामाजिक संजालमा स्वास्थ्य सम्बन्धित एउटा सामग्री फेला परेको छ । उक्त सामग्रीमा नरिवलको जट्टालाई जलाएर त्यसको खरानी खाँदा पायल्स निको हुने दाबी गरिएको छ ।
एउटा लिंकसहित पोस्ट गरिएको उक्त सामग्रीमा नरिवलको जट्टालाई ‘पायल्स (बवासीर)लाई एक हप्तामै सखाप पार्ने अचुक घरेलु औषधी’का रुपमा प्रस्तुत गरिएको छ । प्रस्तुत दाबी मानव स्वास्थ्यजस्तो सम्बेदनशील विषयमा गरिएकाले प्रस्तुत दाबीबारे हामीले जाँच गरेका छौँ ।
नरिवलको जट्टालाई जलाएर त्यसको खरानी खाँदा पायल्स निको हुन्छ भन्ने दाबी कुनै वैज्ञानिक प्रमाणले पुष्टि गर्दैन ।
नरिवलको जट्टामा लिग्निन तथा सेल्युलोजको मात्रा धेरै हुन्छ र जसका कारण क्यालोरीफिक भ्यालु उच्च रहने Pristyncare.com वेबसाइटमा प्रकाशित एक लेखमा उल्लेख गरिएको छ ।
नरिवलको जट्टामा एन्टी-इन्फ्लेमेटरी र एन्टिनोसिसेप्टिव औषधीय गुणहरू हुन्छन् । उक्त औषधीय गुणहरूले पायल्स रोग लाग्दा हुने दुखाइ र रगत बग्ने समस्यालाई कम गर्न सहयोग गर्दछ ।
फेला परेका केही प्रमाणहरूले अन्य वनस्पतिहरूमा पनि एन्टि-इन्फ्लेमेटरी र एन्टिनोसाइसेप्टिभ औषधीय गुणहरू रहेको देखाउँछन् । यी गुणहरूले पाइल्सको गम्भीरता कम गर्न मद्दत गर्छन् । तर यहाँ जे भनिएपनि नरिवलको जट्टाले पाइल्सको उपचार गर्न सक्छ भन्ने दाबी कुनै वैज्ञानिक प्रमाणले पुष्टि गर्दैन ।
नरिवलको जट्टालाई जलाएर त्यसको खरानी खाँदा पायल्स निको हुन्छ भन्ने दाबी वैज्ञानिक रुपमा पुष्टि हुँदैन ।
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
June 29, 2025
Newschecker And THIP Media
June 20, 2025
Newschecker And THIP Media
June 13, 2025