Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: दलित बच्चाले धाराको पानी पिएकै कारण नेपालको रौतहट जिल्लामा बालकहरुमाथि कुटपिट भएको दाबी ।
तथ्य: २०२४ फेब्रुअरीमा भ्रामक सन्दर्भसहित भारतमा फैलाइएको अपुष्ट भिडियोलाई केही महिनापछि नेपालमा पोस्ट गरियो ।
बालकहरुमाथि निर्मम कुटपिट भइरहेको भिडियो सामाजिक संजालमा फैलिरहेको छ । भिडियोसँगै दलित बच्चाले धाराको पानी पिएकै कारण नेपालको रौतहट जिल्लामा बालकहरुमाथि कुटपिट भएको दाबी गरिएको छ ।
महेश फर्साल नामक फेसबुक आइडीमा पोस्ट गरिएको दाबीसहितको भिडियोमा एकजना व्यक्तिले बालकहरुलाई डोरीले बाँधेर कुटपिट गरिरहेका छन् । उक्त हृदयविदारक भिडियोको थमनेलमा लेखिएको छ- रौतहट नेपालको हालत, दलितको बच्चाको धाराको पानी पिउनुको कारण कुटपिट सेयर प्लिज ।’
फेसबुकमा पोस्ट गरिएको केही दिनमै दाबीसहितको भिडियोमा करिब एक सय प्रतिक्रिया प्राप्त भइसकेका छन् । साथै यही अवधिमा दाबीसहितको भिडियोलाई १२० भन्दा बढी फेसबुक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यस तथ्यांकले के प्रष्ट पार्छ भने दाबीसहितको भिडियो सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ ।
नेपालको रौतहट जिल्लसँग जोडिएको उल्लेखित दाबीसहितको भिडियो अत्यन्तै संवेदनशील देखिन्छ । त्यसैले भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
दलित बच्चाले धाराको पानी पिएकै कारण नेपालको रौतहट जिल्लामा बालकहरुमाथि निर्मम कुटपिट दाबी गरिएको भिडियो सामाजिक संजालमा फेला परेसँगै हामीले जाँच सुरु गर्यौँ । जसका लागि सबैभन्दा पहिले हामीले भिडियोबाट केही स्क्रिनसट लियौँ ।
भिडियोका ती स्क्रिनसटलाई गुगल लेन्समा सर्च गर्यौँ र त्यसका नतिजालाई थप जाँच गर्दा केही नतिजाहरु फेला परे । जाँचको नतिजास्वरुप cjp.org.in, sabrangindia.in, cjp.org.in kmsnews.org लगायतका थुप्रै वेबसाइटमा प्रकाशित विवरणहरु भेटिए । यी सबै वेबसाइटमा फेला परेका समाचार/विवरण फेब्रुअरी २०२४ मा पोस्ट गरिएको देखिन्छ ।
उल्लेखित वेबसाइटमा भारतको मध्य प्रदेश राज्यस्थित जबलपुरमा सार्वजनिक इनारको पानी प्रयोग गरेकै कारण पाँच दलित बालकबालिकालाई निर्ममतापूर्वक कुटपिट गरिएको दाबी गरिएको छ । तर ती बेवसाइटहरुले उल्लेख गरेका स्रोतहरुको विश्वासनीयता पुष्टि हुन नसकेपछि हामीले जाँच थप अगाडि बढयौँ ।
जाँचका क्रममा ‘5 Dalit children’ ‘beaten sticks’ ‘drinking water’ लगायतका वाक्यांशलाई गुगलमा सर्च गर्दा फरक तथ्यहरु फेला परे । timesofindia.indiatimes.com र freepressjournal.in वेबसाइटमा प्रकाशित समाचार अनुसार इन्टरनेटमा फैलाइएको उक्त भिडियो मध्य प्रदेश राज्यस्थित जबलपुरसँग सम्बन्धित छैन । दाबीसहितको भिडियो सामाजिक संजालमा भाइरल भएपछि जबलपुरका एसपी आदित्य प्रताप सिंहले उक्त भिडियो जबलपुरको नरहेको प्रष्टोक्ति छन् ।
नेपालमा फैलिएको दाबीसहितको भिडियो केही महिनाअघि भ्रामक सन्दर्भसहित भारतमा फैलिएको पाइयो । यो जाँचपछि हामी पुन: घुमिवरी दाबीसहितको भिडियोमै आइपुग्यौँ । साथै फेला परेका भिडियोलाई फेरि नियाल्न थाल्यौँ । यही क्रममा हाम्रो नजर विजुलीको खम्बामा पर्यो ।
भिडियोमा देखिएको खम्बामा केही नम्बर लेखिएको देखिन्छ । तर, खम्बामा लेखिएको वाक्यांश भने राम्रोसँग चिन्न सकिएन । खम्बामा लेखिएको नम्बर 18003456268 नै हो भन्ने निष्कर्षपछि हामीले उक्त नम्बरलाई गुगलमा सर्च गर्यौँ ।
जाँचका क्रममा ‘नशा मुक्त बिहार अभियान’ अभियान अन्तर्गत उक्त टोल फ्री नम्बर भारतको बिहार राज्यमा फैलाइएको देखिन्छ । प्रस्तुत नम्बरलाई बिहार सरकार तथा प्रहरीले आफ्नो क्षेत्रमा भइरहेको मदिरा तस्करी र भण्डारण आदिबारे जानकारी दिन टोलबस्तीहरुमा लेख्ने गरेको पाइयो ।
फेला परेको तथ्यबाट के पुष्टि हुन्छ भने बालकहरुमाथि कुटपिट भइरहेको भिडियो भारतस्थित बिहार राज्यको अपुष्ट घटनासँग सम्बन्धित छ । भारतमा खिचिएको अपुष्ट घटनासँग सम्बन्धित भिडियोलाई भ्रामक दाबीसहित नेपालमा पनि फैलाइएको पाइयो । बिहार सरकार तथा प्रहरीले नेपालस्थित रौतहट जिल्लामा गाडिएको विजुलीको खम्बामा उक्त टोल फ्री नम्बर लेख्न अवस्था छैन । तर, हामीले उक्त भिडियोको सन्दर्भ भने फेला पार्न सकेनौँ ।
दलित बच्चाले धाराको पानी पिएकै कारण नेपालको रौतहट जिल्लामा बालकहरुमाथि कुटपिट भएको दाबी भ्रामक छ । २०२४ फेब्रुअरीमा भ्रामक सन्दर्भसहित भारतमा फैलाइएको भिडियोलाई केही महिनापछि भ्रामक दाबीसहित नेपालमा पनि फैलाइएको पाइयो ।
समाचार, Times of India
समाचार, Bhaskar
समाचार, Free Press Journal
बिहार प्रहरी, टोल फ्री नम्बर 18003456268
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
November 12, 2024
Aakash Chhetri
October 3, 2024
Aakash Chhetri
September 16, 2024