Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा भइरहेको बहस उत्कर्षमा पुगेकाे छ । यही बेला अनेक दाबीसहितका सामग्रीहरू सामाजिक संजालमा फैलिएका छन् । जसमध्येको एउटा सामग्री #NepalSamachar नामक टिकटक आइडीमा पोस्ट भएको छ । आइतबार पोस्ट भएको उक्त अडियोसहितको भिडियोमा एमसिसीको विरोधी प्रदर्शनमा झडप भएको र गोली चलाइएको दाबी गरिएको छ ।
भिडियोमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको दृश्य देखिन्छ । उक्त झडपमा प्रहरीले अश्रुग्याससमेत प्रयोग गरेको दृश्य देखिन्छ । उक्त भिडियोको क्याप्सन र थमनेलमा लेखिएको छ,‘एमसिसीको विरोध गर्दै भएको प्रदर्शनमा प्रहरी र प्रदर्शकारीबीच अश्रुग्यास हानाहान, २०७८/११/०१ ।’
त्यस्तै भिडियोमा जोडिएको अडियोमा समाचार शैलीमा भनिइएको छ,‘एमसिसीको विरुद्धमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ, प्रहरीद्वारा कयाैँ राउण्ड अश्रुग्यास प्रहार, त्यही अश्रुग्यास टिप्दै प्रदर्शनकारीले प्रहरीमाथि नै प्रहार गरे, हेर्नुहोस् पूरा भिडियो ।’
भिडियोको फैलावटको कुरा गर्ने हो भने पोस्ट भएको दुई दिनमै यो सामग्रीमा ११ सयभन्दा पढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन्, त्यस्तै भिडियोमा ५२ जनाले कमेन्टसमेत गरेका छन् । भिडियो सेयर गर्ने प्रयोगकर्ताको संख्या ४० भन्दा बढी देखिएको छ । भिडियोको फैलावट यतिमै मात्र सिमित छैन । यो सामग्रीबाट अन्य तीनवटा भिडियो पुन:निर्माण भएकाे देखिन्छ ।
एमसिसीका बारेमा अनेक भ्रामक सामग्री सामाजिक संजालमा फैलिरहेको सन्दर्भमा यो भिडियो देखा पर्यो । पछिल्लो समय एमसिसीविरुद्ध देशभर प्रदर्शन भइरहेका छन् । यही भेला प्रदर्शनकारी र प्रहरीबीच झडप हुनु ठूलो विषय होइन । तर, दाबीसहित पेश गरिएको उक्त भिडियोको वास्तविकतामाथि शंका भएपछि हामीले तथ्यजाँच सुरु गर्यौँ ।
भिडियोमा प्रयोग गरिएको अडियो समाचार शैलीमा तयार गरिएपनि यो समाचारकै अंश हो भन्ने विषयमा हामी प्रष्ट भएनाैँ । त्यसैले हामीले सुरुमा टिकटकमा देखाइएको दृश्यको वास्तविकता खोज्नतिर लाग्यौँ । यतिकैमा भिडियोमा डिजिटल संचार माध्यम मकालुखबरको लोगो राखिएको देखियो । त्यसपछि हामी मकालुखबरका सामाजिक संजालहरू ‘विरोध प्रदर्शन’ ‘आन्दोलन’ ‘झडप’ ‘अश्रुग्यास प्रहार’ लगायतका रिवर्ड सर्च गर्यौँ ।
किवर्ड सर्चले कुनै परिणाम नदिएपछि हामीले सोझै मकालुखबरको युट्युब च्यालनमै गएर सबै भिडियो हेर्ने निर्णय गर्यौँ । जसको परिणाम स्वरुप मूल भिडियो भेटियो । जनवरी २ मा पोस्ट भएको देखिने उक्त मूल भिडियोको शीर्षक छ,’धनुषामा सीके राउतका कार्यकर्ताले गरेको आन्दोलनमा प्रहरीले गोली चलायो ।’
धनुषामा भएको उक्त प्रदर्शनबारे नेपाली संचार माध्यमहरुले समाचारसमेत तयार पारेका छन् । उक्त प्रदर्शनको समाचारमा हिमाल खबरले शीर्षक बनाएको छ,‘सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप, ६ जना घाइते ।’
टिकटक भिडियोमा दाबी जरेजस्तो यो घटना २०७८/११/०१ मा घटेको होइन भन्ने त पुष्टि भएको छ र यो प्रदर्शन सिके राउत नेतृत्वको जनमत पार्टीको आयोजनामा भएको थाहा भइसकेको छ । तर, अहिलेसम्म यो प्रदर्शन एमसिसीविरुद्ध भएको हो कि होइन भन्ने चाहिँ पुष्टि हुन सकेको छैन । जाँचका क्रममा भेटिएका स्रोतहरूले पनि उक्त प्रदर्शन एमसिसी विरुद्ध भएको हो कि होइन भन्ने प्रष्ट पार्न सकेनन् ।
त्यसपछि हामीले जनमत पार्टीका प्रेस संयोजक वीपी साहलाई सम्पर्क गर्यौँ । नेता साहले उक्त प्रदर्शन एमसिसी विरोधी नभएको जानकारी दिए । न्युजचेकरलाई साहले भने,‘धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित पोर्ताहामा भएको प्रदर्शन किसान आन्दोलन अन्तर्गतको हो, एमसिसीलाई समर्थन गर्ने कि विरोध गर्ने भन्ने मुद्दा सत्तामा रहेका दलहरूको हो, हामी सडकमा छौँ, त्यसैले त्यो हाम्रो मुद्दा होइन ।’
साहको भनाइबाट के प्रष्ट हुन्छ भने टिकटकमा दाबी गरिएजस्तो भिडियोमा देखाइएका प्रदर्शनकारीहरू एमसिसीको विरुद्धमा सडकमा उत्रिएका थिएनन् । उक्त प्रदर्शन एमसिसीविरुद्ध भएको भने धनुषामा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले गरेको किशान आन्दोलनका क्रममा यो झडप भएको थियो ।
सामाजिक संजालमा फैलिएको अहियोसहितको भियो भ्रामक छ । दाबीमा प्रस्तुत गरिएका दृश्यहरू एमसिसी विरोधी प्रदर्शनको होइन । यो भिडियोमा देखिने दृश्यहरू धनुषामा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले गरेको किशान आन्दोलनका क्रममा खिचिएका हुन् ।
हिमालखबर : सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप, ६ जना घाइते
मकालुखबर : धनुषामा सीके राउतका कार्यकर्ताले गरेको आन्दोलनमा प्रहरीले गोली चलायो
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Surendra Phuyal
June 1, 2021
Aakash Chhetri
June 13, 2024
Aakash Chhetri
April 4, 2023