Saturday, April 27, 2024
Saturday, April 27, 2024

HomeFact CheckFact Check: टाइम म्यागजिनमा बालेनको नाम आएपछि हर्क साम्पाङ रोएका हुन्? पढ्नुहोस्...

Fact Check: टाइम म्यागजिनमा बालेनको नाम आएपछि हर्क साम्पाङ रोएका हुन्? पढ्नुहोस् वास्तविकता 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी: काठमाडौँ महानगरपालिका प्रमुख ‘बालेन शाह संसारकै उदीयमान प्रभावशाली युवा नेता’को सूचीमा परेपछि धरानका मेयर हर्क साम्पाङ रोएको दाबी । 
तथ्य: धरानस्थित निशाने खोलामा वृक्षारोपण गर्न गएका हर्क साम्पाङ धरान ब्युटी कन्टेस्टमा भाग लिएका युवतीहरूलाई सम्बोधन गर्दैगर्दा रोएका थिए ।

सामाजिक संजालमा एउटा भिडियो सामग्री फेला परेको छ । उक्त भिडियोमा काठमाडौँ महानगरपालिका प्रमुख ‘बालेन शाह संसारकै उदीयमान प्रभावशाली युवा नेता’को सूचीमा परेपछि सुनसरीस्थित धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ रोएको दाबी गरिएको छ ।

Rajeev karki नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको भिडियोमा धरानका मेयर हर्क साम्पाङ रोइरहेको दृश्य देख्न सकिन्छ । त्यस्तै उक्त भिडियोको थमनेलमा लेखिएको छ- ‘बालेन शाह संसारकै उदीयमान प्रभावशाली युवा नेताको १०० जनाको सूचीभित्र पर्न सफल भएपछि मै हुँ भन्ने हर्क साम्पाङ चाहिँ रुँदै ।’

केही दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्री सामाजिक संजालमा फैलिनेक्रम जारी छ । उक्त सामग्री आगामी दिनमा द्रुत गतिमा फैलिनसक्ने देखिन्छ । त्यसैले हामीले प्रस्तुत दाबीसहितको भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस गरेका छौँ ।  

तथ्यजाँच/प्रमाणीकरण

विश्वभर प्रसिद्ध अमेरिकी म्यागजिन टाइमले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई एक सय उदीयमान व्यक्ति ‘२०२३ टइम १०० नेक्स्ट’ को सूचीमा समावेश गरेको छ । टाइम म्यागजिनले हरेक वर्ष विश्वभरबाट राजनीति, स्वास्थ्य, वातावरण, व्यवसाय लगायतका विभिन्न विधाका उदीयमान व्यक्तिहरू छानेर एउटा सूची प्रकाशित गर्नेगर्दछ । सोही अन्तर्गत यस वर्षको ‘२०२३ टइम १०० नेक्स्ट’ को सूचीमा बानेल शाहलाई पनि समेटिएको हो ।

यही सन्दर्भमा ‘बालेन शाह संसारकै उदीयमान प्रभावशाली युवा नेता’को सूचीमा परेपछि धरान उपमहानगरका मेयर हर्क साम्पाङ रोएको दाबी गरिएको छ । दाबीसँगै मेयर हर्क साम्पाङ रोएको एउटा भिडियो पनि देख्न सकिन्छ । उक्त भिडियोमा साम्पाङले रुँदै भनेका छन्- ‘म एउटा सानो मान्छे हुँ ।’

जाँचका क्रममा हामीले सबैभन्दा पहिले हर्क साम्पाङ रोएको घटनाको वास्तविक सन्दर्भ पत्ता लगाउने कोशिस गर्‍यौँ । यसका लागि हामीले ‘म एउटा सानो मान्छे हुँ’, ‘मेयर हर्क साम्पाङ’ लगायतका वाक्यांशलाई सर्च गर्‍यौँ । जसको नतिजास्वरुप ratopati न्युजपोर्टलमा प्रकाशित एउटा समाचार फेला पर्‍यो ।

एक वर्षअघि अर्थात् १४ साउन २०७९ मा पोस्ट गरिएको उक्त समाचारको शीर्षक राखिएको छ- ‘देशकै निम्ति मर्न सकूँ भन्दै रोए हर्क साम्पाङ…’ । तर, मेयर हर्क साम्पाङ बालेन शाहको नाम उल्लेखित ‘२०२३ टइम १०० नेक्स्ट’ सूची सार्वजनिक भएपछि रोएका होइनन् ।

उक्त समाचार अनुसार साउन १४ (२०७९) गते धरानस्थित निशाने खोलामा वृक्षारोपण गर्न गएका हर्क साम्पाङ धरान ब्युटी कन्टेस्टमा भाग लिएका युवतीहरूलाई सम्बोधन गर्दै भक्कानिएर रोएका थिए । उनले रुँदै भनेका थिए‘देशकै निम्ति मर्न सकूँ, देशकै लागि गर्न सकूँ, जे होस् मलाई खुसी लाग्छ । आज देश विदेशबाट भेट्न आउनु भएको छ । (रुँदै…) म एउटा सानो मान्छे हुँ । तपाईहरुले असाधारण ठान्दिनुभएको छ, दिस इज माइ ह्याप्पीनेस ।’ 

प्रस्तुत तथ्य फेला परेपछि हामीले दाबीसहित सामग्रीमा जोडिएको भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस गर्‍यौँ । जसका लागि हामीले पुन: एकपटक दाबीसहितको भिडियोलाई राम्ररी नियाल्यौँ । भिडियोमा ‘क्लिक धरान’ लेखिएको एउटा लोगो देख्न सकिन्छ ।

‘क्लिक धरान’लाई युट्युबमा सर्च गर्दा Click Dharan नामक युट्युब च्यानल फेला पर्‍यो । यसपछि हामीले एक वर्ष पहिले पोस्ट गरिएका भिडियोहरु खोज्नतिर लाग्यौँ । जाँचकै क्रममा एक वर्ष पहिले पोस्ट गरिएको एउटा भिडियो फेला पर्‍यो । ३० जुलाई २०२२ मा पोस्ट गरिएको उक्त भिडियोको शीर्षक छ- ‘देशको कुरा गर्दागर्दै धुरुधुरु रोए हर्क साम्पाङ, देशको निम्ति मर्न सकुु’ ।  

फेला परेका तथ्यहरुबाट के पुष्टि हुन्छ भने धरान उपमहानगरका मेयर हर्क साम्पाङ रोएको र बालेन शाहको नाम उल्लेखित ‘२०२३ टइम १०० नेक्स्ट’ सूची सार्वजनिक भएको सन्दर्भ फरक-फरक हुन् । दुबैको सन्दर्भमा एक वर्षको अन्तर छ । तर, दुबै सन्दर्भलाई एउटै बनाएर भ्रामक सन्देश प्रवाह गरिएको देखिन्छ ।     

निष्कर्ष

काठमाडौँ महानगरपालिका प्रमुख ‘बालेन शाह संसारकै उदीयमान प्रभावशाली युवा नेता’को सूचीमा परेपछि धरानका मेयर हर्क साम्पाङ रोएको दाबी भ्रामक छ । एक वर्ष पूरानो र फरक सन्दर्भको भिडियोलाई फरक सन्दर्भसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।  

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

२०२३ टइम १०० नेक्स्ट, Time
भिडियो, Click Dharan, 30 Jul 2022 
समाचार, Ratopati, १४ साउन २०७९ 

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular