Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
सामाजिक संजालमा पछिल्लो समय नेपालीहरूमाझ एउटा टिकटक भिडियो भाइरल भएको छ। जसमा ब्रिटेनलेले नेपाललाई दिने कूटनीतिक सहायताबारे चर्चा गरिएको छ। भिडियोमा नेपाल-भारत सीमा विवादको विषयलाई केन्द्र बनाइएको देखिन्छ।
भिडियोको सुरुमै समाचारको शैलीमा हेडलाइन बज्छ,‘ग्रेटर नेपाल फिर्ता हुनेमा बेलायत विश्वस्त, भारतसँग डटेर सामना गर्नुस् हामी तपाईहरूको साथमा अगाडि बढ्ने छौँ।’
भिडियोमा नेपालका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र बेलायती मन्त्री तथा कुटनीतिज्ञबीच भेटवार्ता भइरहेको छ। उक्त भाइरल टिकटक भिडियोको थममेलमा लखिएको छ,‘नेपालमा खुसी भारतमा हाहाकार, बेलायतले भन्यो नेपालको भूभाग फिर्ता हुन्छ।’
महेश यादव नामक टिकटक प्रयोगकर्ताले सोमबार उक्त भिडियो आफ्नो आइडीमा राखेको देखिन्छ। उक्त टिकटकलाई एकदिनमै १६ हजारले रियाक्ट गरिसकेका छन् भने करिब तीन सयले शेयर गरिसकेका छन्। त्यसै उक्त भिडियोमाथि दुई सय ७० भन्दा बढीले आफ्नो मत राखिसकेको देखिन्छ।
उक्त टिकटक भिडियो एक दिनमै फेसबुकतिर पनि फैलिरहेको देखिन्छ। सोमबार दिउसो एउटा पब्लिक ग्रुममा पोस्ट भएको यो भिडियो २४ घण्टाभित्र करिब दुई सय शेयर भइसकेको थियो भने यो भिडियो करिब पाँच हजार प्रयोगकर्ताले हेरिसकेका थिए।
भिडियोमा ग्रेटर नेपाल फिर्ता हुनेमा नेपाल विश्वस्त रहेको दाबी गरिएको छ। त्यस्तै नेपाललाई ब्रिटेनलेले भारतसँग डटेर सामना गर्न र आफू नेपालको साथमा रहने भनेकोसमेत दाबी छ दाबी गरिएको भिडियोमा प्रधानमन्त्री देउवा र बेलायती समूह देखिन्छ।
पछिल्लो पटक देउवा नेतृत्को सरकार बनेपछि प्रधानमन्त्री र बेलायती राजदूतबीच भेट नभएको भने होइन। ४ भदाैमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री देउवासँग भेट गरेकी हुन्। भेटमा जलवायु परिवर्तनको मुद्दामाथि छलफल भएको नेपाल सरकारको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै उक्त भेटमा दुई देशबीच विभिन्न क्षेत्रमा द्वीपक्षिय तथा बहुपक्षीय साझेदारीका विषयमासमेत छलफल भएको थियो।
भिडियोमा दाबी गरिएजस्तो ग्रेटर नेपाल फिर्ता ल्याउने र नेपाल-भारत विवादमा बेलायतले नेपाललाई सहयोग गर्ने भन्ने विषयमा छलफल भएको दुवै पक्षले कहीँकतै खुलाएका छैनन्। यसबाट प्रष्ट हुन्छ भने प्रधानमन्त्री देउवा भिडियोमा गलत दाबी गरिएको छ।
तर, भिडियोमा गरिएको दाबी मात्र होइन। यहाँ फरक प्रशंगको भिडियोलाई भ्रामक ढंगले यहाँ प्रस्तुत गरिएको छ। भ्रामक दाबीसहित भाइरल बनाइएको भिडियो अहिलेको होइन। यो भिडियो देउवा अघिल्लो पटक प्रधानमन्त्री हुँदाको हो।
२०७४ फागुनमा बेलायती रक्षामन्त्री मार्क ल्यान्क्यास्टर नेपाल भ्रमण थिए। फागुन १ गते तत्कालीन प्रधानमन्त्री देउवा र ल्यान्क्यास्टरसहितको टोलीबीच बालुवाटारमा भेटवार्ता भएको थियो। उक्त भेटवार्तामा नेपाल-भारत समस्याका विषयमा होइन, नेपाल-बेलायत सम्बन्धलाई अझै सुदृढ बनाउने विषयमा केन्द्रीत भएको थियो। यसबाट प्रष्ट हुन्छ, करिब चार वर्षअघि देउवा अघिल्लो पटक प्रधानमन्त्री हुँदाको उक्त भेटवार्ताको भिडियोलाई बङ्ग्याएर गलत दाबीसहित सामाजिक संजालमा फैलाइएको छ। यस्तो छ सक्कली भिडियो-
त्याे बेलाको भिडियोलाई प्रयोग गरेर केही व्यक्तिहरूले भ्रामक भिडियो तयार पारेका छन्। सोमबार अर्थात् २० सेप्टेम्बरमा यो भ्रामक भिडियो युटुबमा पोस्ट भएको देखिन्छ। सबैभन्दा पहिले मेरो पोखरा टीभी नामक युटुब च्यानलमा पोस्ट भएको यो भिडियोको शीर्षक छ- ग्रेटर नेपाल फिर्ता ! बेलायतले भन्यो हामी साथमा छौँ तपाईहररू अगाडि बढ्नुस् ! गोर्खाली सैनिक फिर्ता हुँदै ।
युटुबमा यो भिडियोलाई २४ घण्टामा ३१ हजारभन्दा बढीले हेरिसकेका छन् भने पाँच सयभन्दा बढीले प्रतिक्रिया दिइसकेका छन्। यो भिडियोमा गरिएको दाबी तथा शीर्षक भ्रामक छ भने भिडियोको केही अंशलाई गलत अर्थ लगाएर प्रस्तुत गरिएको छ। युटुबमा पोस्ट भएपछि यो भिडियोको अंश टिकटक र फेसबुकमा फैलाइएको देखिन्छ। यो भिडियो फैलिनेक्रम भने रोकिएको छैन।
सन् १८१६ सालअघि नेपाली भूभागलाई ग्रेटर नेपाल भनिन्छ। त्यतिबेला गोरखालीहरूले नेपालसँग जोडिएका भारतीय राज्यहरुको नियन्त्रण लिएका थिए। तर, त्यसपछिको युद्ध र सन्धीका कारण नेपाली भूभाग अहिलेको अवस्थामा खुम्चिन पुग्यो। नेपालले गुमाएको त्यही भूभाग फिर्ता हुनुपर्ने मागसहित केही नेपाली अभियानकर्ताहरू ग्रेटर नेपालको अभियानमा लागेका छन्।
टिकटक र फेसबुकमा फैलिएको भिडियो पूर्णरुपमा सत्य छैन। फरक सन्दर्भको भिडियोलाई बङ्ग्याएर भ्रामक दाबीका साथ प्रस्तुत गरिएको छ।
प्रधानमन्त्री कार्यालय
समाचार पोर्टलहरू
सामाजिक संजाल : युटुब, फेसबुक, टिकटक
पाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Surendra Phuyal
June 1, 2021
Aakash Chhetri
June 13, 2024
Aakash Chhetri
September 6, 2023