Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निधन भएको दाबी ।
तथ्य: जीवित व्यक्तिका तस्बिरहरुलाई दूरुपयोग गरी गलत दाबी सामाजिक संजालमा पोस्ट गरिएको देखियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्कासँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा कुटपिटपछि उपचारको क्रममा मन्त्री खड्काको निधन भएको दाबी गरिएको छ ।
Yuntyloveriloveunty नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा मन्त्री दिपक खड्काको तस्बिर जोडिएको छ । १७ जनवरी २०२५ मा पोस्ट गरिएको उक्त तस्बिरको थमनेलमा लेखिएको छ- ‘शुक्रबार बिहान कुटपिटमा परेर मन्त्री दिपक खड्काको उपचारको क्रममा भर्खरै हस्पिटलमै ज्यान गएको कुरा आएको छ ।’
अर्कोतर्फ नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग सम्बन्धित उस्तै सामग्री सामाजिक संजालमा पोस्ट गरिएको छ । Chandra kc नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा थापाको तस्बिर जोडिएको छ ।
१८ जनवरी २०२५ मा पोस्ट गरिएको उक्त तस्बिरको थमनेलमा लेखिएको छ- ‘गगनकुमार थापा चढेको गाडी सिधै पोलमा लगेर ठोक्किएको छ, किनभने ड्राइभरको गल्ती देखेको छु मैले भिडियो हेर्दा । हार्दिक श्रद्धान्जली दाई हजुरको आत्माले शान्ति पाओस् ।’
केही दिनअघि नेपाली संचार माध्यममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्कामाथि हातपातजन्य दुर्व्यवहार भएको समाचार प्रकाशित भएका थिए । इकान्तिपुर डटकममा ३ माघ २०८१ मा प्रकाशित समाचार अनुसार मन्त्री खड्कामाथि मन्त्रालयभित्रै हातपात र दुर्व्यवहार भएको थियो ।
घटनाबारे जानकारी दिँदै मन्त्री खड्काले इकान्तिपुरलाई भनेका छन्- ‘एक व्यक्तिले दुर्व्यवहार गरेको हो । सामान्य घटना भएको हो । गोरखाको पोखरेल थरका व्यक्ति रहेछन् । मानसिक समस्या भएको व्यक्ति रहेछ ।’
सोही घटनाको समाचार clickmandu.com, thahakhabar.com ले समेत प्रकाशित गरेका छन् । तर, उक्त हातपातबाट खड्कामाथि कुनै गम्भीर चोट लागेको थिएन । मन्त्रीमाथि हातपात भएपछि उपचारको क्रममा मन्त्री खड्काको निधन भएको दाबी सामाजिक संजालमा फैलाइएको छ । उद्यपी हातपात भएपछि पनि मन्त्री खड्का आफ्नो नियमित काममा सक्रिय छन् ।
५ माघ २०८१ मा मन्त्री खड्का संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा चिनियाँ पर्यटक लक्षित ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ कार्यक्रममा सहभागि भएका थिए । फेला परेका तथ्यहरुबाट के पुष्टि हुन्छ भने कुटपिटपछि मन्त्री खड्काको निधन भएको दाबी भ्रामक छ ।
अर्कोतर्फ नेपाली कांग्रेसका महामन्त्री गगन थापा गाडी दुर्घटनामा परी निधन भएको दाबी पनि भ्रामक रहेको पाइयो । पछिल्लो समय थापा कुनै दुर्घटनामा नपरेको र उनी सकुशल रहेको उनको सचिवालयले हामीले जानकारी दियो । अर्कोतर्फ सामाजिक संजाल खातामा थापाका गतिविधि पोस्ट गरिएको देखिन्छ ।
महान्त्री थापाको आधिकारिक फेसबुक अकाउन्ट Gagan Thapa मा केही घण्टाअघि मात्रै केही तस्बिरहरु पोस्ट गरिएको छ । उक्त पोस्टमा चेसका खेलाडीहरुसँग थापाले साक्षत्कार गरिरहेको तस्बिरहरु देख्न सकिन्छ ।
नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निधन भएको दाबीसहित पोस्ट गरिएका पोस्टहरु गलत छन् । जीवित व्यक्तिका तस्बिरहरुलाई दूरुपयोग गरी गलत दाबी सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
समाचार, ekantipur.com
फेसबुक पोस्ट, Gagan Thapa
समाचार, clickmandu.com
समाचार, thahakhabar.com
समाचार, ratopati.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।
Aakash Chhetri
February 11, 2025
Aakash Chhetri
December 5, 2024
Aakash Chhetri
August 27, 2024