Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: हलहलेको सागलाई पायल्स र कब्जियतको औषधीका रुपमा प्रयोग गर्न सकिने दाबी ।
तथ्य: हलहलेको सागलाई पायल्सको कुनै आधिकारिक उपचार होइन, पायल्स निदानका लागि डाक्टरसँग परामर्श गर्नु महत्त्वपूर्ण छ ।
पायल्स रोगसँग सम्बन्धित दाबीसहितको भिडियो सामाजिक संजालमा फेला परेको छ । उक्त भिडियोमा हलहलेको सागलाई पायल्स र कब्जियतको औषधीका रुपमा प्रयोग गर्न सकिने दाबी गरिएको छ ।
Naturcure नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा हलहलेको सागको दृश्य देख्न सकिन्छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘यो पालङ्ग जस्तो देखिने साग पालङ्ग होइन है । खोला बगरमा, छेउछाउ पाउने हलहलेको साग हो । तपाईलाई पायल्स भएको छ, कब्जियत भएको छ, अमिलो पानी आइराख्छ भने तपाईंले चारवटा मात्र पत्ता दिनमा खाने गर्नुहोस् । २१ दिनसम्म खाएर हेर्नुहोस् । तपाई सलादको रुपमा पनि खान सक्नुहुन्छ, पकाएर पनि खान सक्नुहुन्छ यो अलिकति अमिलो स्वादमा मिठो हुन्छ । धेरै नखानुहोला यसले पखाला लगाउन सक्छ चार वटा मात्र पत्ता खाने गर्नुहोस् । २१ दिनपछि सबै समस्या एक्दमै कन्ट्रोल गर्छ धेरै पैसा खर्च गर्नुभएको होला एकपटक यो पनि प्रयोग गरेर हेर्नुहोस्, तपाईको पैसा खर्च गर्दैन्, खोला बगरमा सितैमा पाइन्छ खोज्नु होला ।’
हलहलेको साग सेवन गर्दा पायल्सका लक्षणहरू कम गर्न सक्छ । तर यो कुनै आधिकारिक उपचार होइन । पायल्स निदानका लागि डाक्टरसँग परामर्श गर्नु महत्त्वपूर्ण छ । उनीहरुले आहार, जीवनशैली र सम्भवतः औषधि समावेश गरिएको योजना सिफारिस गर्न सक्छन् । हलहलेको सागले विरामीलाई केही राहत प्रदान गर्न सक्छ तर यो आफैँमा पूर्ण समाधान होइन ।
हलहलेको सागलाई अंग्रेजीमा बिटर डक, कर्ली डक पनि भनिन्छ । यो एक बाह्रमासे वनस्पति हो, जो बकव्हीट परिवार (पोलिगोनेसी) अन्तर्गत पर्दछ । युरोपबाट विश्वका विभिन्न क्षेत्रहरूमा फैलिएको वनस्पति सामान्यत: खेत, फोहोर क्षेत्र, सडक किनार र खोला किनारमा पाइन्छ ।
स्वास्थ्य सेवा प्रदायकहरू पायल्सका लक्षणहरू र दुखाइ कम गर्न आहार परिमार्जनको सुझाव दिने गर्दछन् । फाइबरको सेवनले दिसालाई नरम बनाउन मद्दत गर्नुका साथै मल त्यागलाई सजिलो बनाउँछ ।
दिल्लीस्थित आकाश अस्पतालका ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा.शरद मल्होत्राले पायल्सका लक्षणहरू व्यवस्थापन गर्न आहार परिवर्तनको महत्त्वलाई प्रकाश पार्ने गर्दछन् । डा. मल्होत्राका अनुसार फ्याट र कार्बोहाइड्रेटको मात्रा बढी भएका प्रशोधित खानेकुराको सेवन गर्नुहुँदैन, किनभने यसले अवस्थालाई झन जटिल बनाउँछ ।
हलहलेको सागले पायल्सको विरामीलाई केही राहत प्रदान गर्न सक्छ तर यो आफैँमा पूर्ण समाधान होइन ।
रिसर्च लेख, ncbi.nlm.nih.gov
जानकारी, thip.media
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
June 29, 2025
Newschecker And THIP Media
June 20, 2025
Newschecker And THIP Media
June 13, 2025