Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
तथ्य: रास्वपाका उपसभापति डोलप्रसाद अर्याल (डीपी)ले रवि लामिछानेको कर्मको फलको पछाडि लाग्नु छैन भन्ने अभिव्यक्ति दिएको दाबी ।
दाबी: प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणलाई लिएर रास्वपा उपसभापति अर्यालले दिएको अभिव्यक्तिलाई रवि लामिछानेसँग जोडिएको पाइयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल (डीपी)ले बोलिरहेको एउटा भिडियो सामाजिक संजालमा भाइरल छ । उक्त भिडियोमा अर्यालले रास्वपाका सभापति ‘रवि लामिछानेको कर्मको फलको पछाडि लाग्नु छैन’ भन्ने अभिव्यक्ति दिएको दाबी गरिएको छ ।
N.B. Samarpan नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा डोलप्रसाद अर्याल (डीपी) संचारकर्मी समक्ष आफ्ना भनाई राखिरहेको अवस्थामा देखिएका छन् । भिडियोमा उनले भनेका छन्- ‘म पनि नागरिकले बुझ्ने भाषामा उत्तर दिन्छु, उहाँको कर्मको फल हो । त्यसकारणले कसैको कर्मको फलको पछाडि म लाग्दिन । कसैले केही कर्म गर्छ, उसले त्यही प्राप्त गर्छ । मेरो टिकाटिप्पणी छैन ।’
प्रस्तुत भिडियोको थमनेलमा रास्वपाका सभापति रवि लामिछानेको तस्बिर जोडिएको छ । उक्त तस्बिरसँगै ‘रविको कर्मको फलको पछाडि लाग्नुछैन’ भन्ने व्यहोरासहितको वाक्यांश लेखिएको छ ।
१९ अक्टोवर २०२४ मा पोस्ट गरिएको भिडियोमा २७ हजारभन्दा बढी फेसबुक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब १ हजार प्रतिक्रिया आएको भिडियो ६ लाख पटक हेरिएको छ । दाबीसहितको भिडियो सामाजिक संजालमा व्यापक फैलिएको प्रस्तुत तथ्यांकले देखाउँछ ।
के रास्वपाका उपसभापति डोलप्रसाद अर्याल (डीपी)ले रवि लामिछानेको कर्मको फलको पछाडि लाग्नु छैन भन्ने अभिव्यक्ति दिएका हुन् त? भिडियोको वाक्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
सहकारीमा जम्मा भएको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मार्फत् अपचलन गरेको आरोपमा प्रहरीले रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । २ कात्तिक २०८१ मा प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई पक्राउ गरेको थियो ।
रवि लामिछाने कास्की प्रहरीको हिरासतमै रहेका बेला रास्वपाका उपसभापति डोलप्रसाद अर्याल (डीपी)ले लामिछानेको कर्मको फलको पछाडि लाग्नु छैन भन्ने अभिव्यक्ति दिएको दाबीसहित एउटा भिडियो सामाजिक संजालमा फैलाइएको छ ।
दाबीसहितको भिडियोमा सेरोफेरो लेखिएको एउटा लोगो पनि देख्न सकिन्छ । उक्त भिडियोको जाँचका क्रममा हामीले Serofero । सेरोफेरो नामक युट्युब च्यानल फेला पार्यौँ । यो च्यानलको लोगो र दाबीसहितको भिडियोमा रहेको लोगोमा समानता देख्न सकिन्छ । त्यस्तैले सोही युट्युब च्यानलमा पोस्ट गरिएका भिडियोहरुलाई हामीले एक-एक गर्दै नियाल्यौँ ।
जाँचकै क्रममा २३ सेप्टेम्बर २०२४ मा पोस्ट गरिएको भिडियो फेला पर्यो । उक्त भिडियोको शिर्षकमा लेखिएको छ- ‘रास्वापा कार्यालयमा आज पनि नेता कार्यकर्ताको भीड, नेताको आक्रोशः रविलाई छोए कसैलाई बाँकी राखिने छैन’ ।
यही भिडियोको एउटा अंशलाई दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ । उक्त भिडियो अंशको अगाडि-पछाडिको भागलाई हामीले राम्ररी नियाल्यौँ । यही क्रममा रास्वपाका उपसभापति अर्यालको वास्तविक भनाई र सामाजिक संजालमा फैलाइएको दाबीमा फरक देखियो । संचारकर्मीको प्रश्न र उपसभापति अर्यालको भनाई यस्तो छ-
संचारकर्मीको प्रश्न- प्रधानमन्त्री अमेरिकामा पनि सार्वजनिक कार्यक्रममा जान सक्नुभएन । यसमा केही टिप्पणी ?
उपसभापति अर्यालको जवाफ- अब त्यो त उहाँको कर्मको फल हो । त्यसकारणले कसैको कर्मको फलको पछाडि म लाग्दिन । कसैले केही कर्म गर्छ, उसले त्यही प्राप्त गर्छ । मेरो टिकाटिप्पणी छैन ।’
फेला परेको भिडियोले के प्रष्ट पार्छ भने रास्वपाका उपसभापति डोलप्रसाद अर्याल (डीपी)ले रास्वपाका सभापति ‘रवि लामिछानेको कर्मको फलको पछाडि लाग्नु छैन’ भन्ने अभिव्यक्ति दिएको दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियो भ्रामक छ । केही समयअघि संचारकर्मीले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणलाई लिएर उपसभापति डोलप्रसाद अर्याल (डीपी)सँग प्रश्न गरेका थिए । सोही प्रश्नको जवालाई तोडमोड गरेर रवि लामिछानेको पक्राउ प्रकरणसँग जोडिएको पाइयो ।
अर्कोतर्फ रास्वपाका उपसभापति अर्यालले रवि लामिछानेको समर्थनमा विभिन्न अभियान चलाइरहेको छन् । साथै उनले रवि लामिछानेलाई हिरा गर्नुपर्ने माग गर्दै सडक आन्दोलनको अगुवाई गरिरहेका छन् । अर्यालको फेसबुक आइडी DP Aryal मा गरिएका पछिल्ला पोस्टहरु पनि रवि लामिछानेको समर्थन र रिहाईको मागमा केन्द्रीत छन् ।
रास्वपाका उपसभापति डोलप्रसाद अर्याल (डीपी)ले रवि लामिछानेको कर्मको फलको पछाडि लाग्नु छैन भन्ने अभिव्यक्ति दिएको दाबी गलत छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणलाई लिएर उपसभापति डोलप्रसाद अर्याल (डीपी)ले दिएको अभिव्यक्तिलाई रवि लामिछानेसँग जोडिएको पाइयो । उपसभापति अर्यालले रवि लामिछानेको बचाउ र समर्थनमा अभियानहरु चलाइरहेको छन् ।
भिडियो, Serofero । सेरोफेरो
फेसबुक आइडी, DP Aryal
समाचार, onlinekhabar.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।
Aakash Chhetri
July 22, 2025
Aakash Chhetri
June 10, 2025
Aakash Chhetri
January 6, 2025