Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: नेपालभित्र भीषण वर्षा भएको र पहिरोमा फसेकाहरुलाई रवि लामिछानेले उद्दार गरेको दाबी, भिडियो ।
तथ्य: भिडियोमा प्रयोग गरिएको दृश्य जुलाई २०२३ (१५ असार २०८०) मा नारायणगढ–मुग्लिन सडकमा पहिरो खसेपछि रवि लामिछाने अवरुद्ध स्थल पुगेको पुरानो घटनाको हो ।
हालसालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सम्बन्धित एउटा भिडियो सामाजिक संजालमा फैलिरहेको छ । उक्त भिडियोमा नारायणगढ-मुग्लिन सडक २४ घन्टाअवरुद्ध भएपछि रवि लामिछानेले पहिरोमा फसेकाहरुलाई उद्दार गरेको दाबी गरिएको छ ।

SURESH_DHAMI_SANGAM नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा रास्वपाका सभापति रवि लामिछाने देखिने दृश्य जोडिएको छ । प्रस्तुत दृश्यको थमनेलमा लेखिएको छ-
‘२४ घन्टादेखि पहिरोमा फसेकाहरुको उद्दार रविले ज्यान खतरामा हालेर आफै खटिए २४ घन्टाअवरुद्ध नारायणगढ-मुग्लिन खोले फसेका जनताले गरे रविलाई सल्युट ।’
१ जुलाई २०२६ मा पोस्ट गरिएको भिडियोमा हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् ।
त्यस्तै सोही सामग्रीलाई Prem Paudyal 193600 Pp7 नामक टिकटक आइडीमा पोस्ट गरिएको छ ।

के हालसालै नारायणगढ-मुग्लिन सडक २४ घन्टाअवरुद्ध भएको हो त? रवि लामिछानेले पहिरोमा फसेकाहरुलाई उद्दार गरेको दाबीसहित पोस्ट गरिएको भिडियोको वास्तविकता पत्ता लगाउन यो तथ्यजाँच गरिएको छ ।
‘२४ घन्टादेखि पहिरोमा फसेकाहरुको उद्दार रविले ज्यान खतरामा हालेर आफै खटिए २४ घन्टाअवरुद्ध नारायणगढ-मुग्लिन खोले फसेका जनताले गरे रविलाई सल्युट ।’
जाँचका क्रममा हामीले सबैभन्दा पहिले ‘रवि लामिछाने’ ‘२४ घन्टा अवरुद्ध नारायणगढ-मुग्लिन सडक’ ‘पहिरोमा फसेकाहरुलाई उद्दार’ लगायतका वाक्यांशहरु तयार पार्यौँ । किवर्ड सर्चको नतिजास्वरुप baahrakhari.com लगायतका संचार माध्यममा प्रकाशित पुराना समाचार फेला परे ।

१५ असार २०८० मा प्रकाशित समाचार (तीन वर्षअघि) अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको थियो । पहिरो हटाउने काम भइरहेका बेला त्यस क्षेत्रको अवस्था बुझ्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अवरुद्ध स्थल पुगेका थिए ।
फेला परेको जानकारीको आधारमा थप जाँचका गर्दा Onlinetv Nepal युट्युब च्यानलमा पोस्ट गरिएको पुरानो भिडियो फेला पर्यो ।
३० जुलाई २०२३ मा पोस्ट गरिएको भिडियोमा पहिरो गएर सडक अवरुद्ध भएको स्थलमा रवि लामिछाने पुगेको दृश्य जोडिएको छ । यही भिडियोलाई सन्दर्भ लुकाएर वर्तमान समयमा पोस्ट गरिएको देखिन्छ ।
नेपालमा यस वर्ष पनि मनसुन सुरु भएसँगै मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको सामाचारहरु आइरहेका छन् । तर, यो सामग्री तयार पार्दासम्म नारायणगढ-मुग्लिन सडक २४ घन्टा अवरुद्ध भएको छैन ।
१८ असार २०८३ मा चितवनको इच्छाकामना गाउँपालिका–६ अन्तर्गत जलविरे नजिक पानीधारा क्षेत्रमा सडकमाथिबाट पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्ड केही घण्टाका लागि अवरुद्ध भएको थियो । तर, यस पहिरो क्षेत्रमा सत्तारुढ रास्वपाका सभापति रवि लामिछाने पुगेको थिएनन् ।

फेला परेका तथ्यहरुबाट के पुष्टि हुन्छ भने तीन वर्ष पुरानो र फरक सन्दर्भको दृश्यलाई वर्तमान समयमा पोस्ट गरिएको छ । तर, पुरानो दृश्य उस्तै सन्दर्भमा पोस्ट गर्दा मिति भने लुकाइएको छ ।
हालसालै पोस्ट गरिएको ‘नारायणगढ–मुग्लिन सडक २४ घन्टा अवरुद्ध भएपछि रवि लामिछानेले पहिरोमा फसेकाहरूको उद्धार गरे’ भन्ने दाबी भ्रामक छ। भिडियोमा प्रयोग गरिएको दृश्य जुलाई २०२३ (१५ असार २०८०) मा नारायणगढ–मुग्लिन सडकमा पहिरो खसेपछि रवि लामिछाने अवरुद्ध स्थल पुगेको पुरानो घटनाको हो । सोही पुरानो भिडियोलाई वर्तमान मनसुनको घटनासँग जोड्दै सन्दर्भ लुकाएर पुनः पोस्ट गरिएको पाइयो। हालको मनसुनमा उक्त सडक केही घण्टाका लागि अवरोध भए पनि रवि लामिछाने त्यहाँ पुगेको छैनन् ।
सडक अवरुद्ध जानकारी, Road Division Bharatpur
पुरानो र वास्तविक भिडियो, Onlinetv Nepal
समाचार, baahrakhari.com
समाचार, nepalkhabar.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]

Aakash Chhetri
June 5, 2026

Aakash Chhetri
June 2, 2026
Aakash Chhetri
May 16, 2026