Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रवि लामिछानेलाई एयरपोर्टमै सलामी दिएको दाबी, तस्बिर ।
तथ्य: लामिछानेलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवाले लगायतका नेताहरुले स्वागत गरेका हुन्, स्वागतमा प्रधानमन्त्री मोदी उपस्थित थिएनन्।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भारत भ्रमणसँग सम्बन्धित केही पोस्ट सामाजिक संजालमा फैलिरहेका छन् । यस्ता पोस्टहरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रवि लामिछानेलाई एयरपोर्टमै सलामी दिएको दाबी गरिएको छ ।
Nisha M S नामक फेसबुक पेजमा पोस्ट गरिएको तस्बिरमा प्रधानमन्त्री मोदीले लामिछानेलाई सलाम गरिरहेको दृश्य जोडिएको छ । उक्त तस्बिरको क्याप्समा लेखिएको छ- ‘दिल्लीतिरको माहोल यस्तो छ, रास्वपाका सभापति रवि लामिछाने ।’

१ जुन २०२६ मा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा करिब चार हजार फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् । प्रस्तुत पोस्ट सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ ।
Uttam Dai नामक फेसबुक आइडीमा पनि सोही तस्बिर पोस्ट गरिएको छ । केही घण्टा अघि (२ जुन २०२६) मात्रै पोस्ट गरिएको तस्बिरको क्याप्सनमा लेखिएको छ- ‘एरपोर्ट मै नरेन्द्र मोदीबाट भब्य सलामी पाउने नेपालको एक महान नेता ।’

त्यसैगरी अन्य सोसन मिडियामा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सलामी गरेको तस्बिर फैलिएको पाइयो । manojsharma4958 नामक टिकटक आइडीमा सोही तस्बिर पोस्ट गरिएको छ ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने १ जुन २०२६ देखि भारत भ्रामणमा छन् । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछानेसहितको टोली पाँचदिने भ्रमणका नयाँ दिल्ली पुगेको हो ।
लामिछानेको दिल्ली भ्रमणकै सन्दर्भमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रवि लामिछानेलाई एयरपोर्टमै सलामी दिएको दाबी सामाजिक संजालमा फैलिरहेको छ । दाबीको जाँचका क्रममा सबैभन्दा पहिले सभापति लामिछानेलाई नयाँ दिल्लीमा स्वागत गर्दाका तस्बिरहरु खोज्यौँ ।

१ जुन अपराह्न नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका लामिछानेलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिएनन् । उनलाई विमानस्थलमा भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका हुन् ।
यही क्रममा भ्रमणको दोस्रो दिन २ जुनमा लामिछानेसहितको टोलीलाई भारतीय जनता पार्टी (भाजपा)ले आफ्नो मुख्यालयमा स्वागत गरेको हो । यही क्रममा भाजपा अध्यक्ष नितिन नबीन र लामिछानेबीच भेटवार्ता भएको भयो । साथै यो तथ्यजाँच रिपोर्ट तयार पार्दासम्मलामिछाने र भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करबीच पनि भेटवार्ता भएको छ ।

त्यसैगरी नेपालको सरकारी संचार माध्यम gorkhapatraonline.com ले सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता हुने कार्यक्रमसमेत रहेको जानकारी दिएको छ । यो तथ्यजाँच रिपोर्ट तयार पार्दासम्म लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुनेबारे कुनै आधिकारिक जानकारी दिइएको छैन ।
प्रस्तुत तथ्य जानकारीहरुले के प्रष्ट पार्छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रवि लामिछानेलाई एयरपोर्टमै सलामी दिएको दाबी भ्रामक छ । प्रस्तुत तस्बिर वास्तविक नभई एआईबाट जेनेरेटेड गरिएको पाइयो ।

hivemoderation.com को एआई डिटेक्सन टुलबाट जाँच गर्दा, प्रस्तुत दृश्य ९४.६ प्रतिशत एआईबाट तोडमोड गरिएको नजिता निस्कियो ।
सत्तारुढ रास्वपा सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा)ले भव्य स्वागत गरेको सत्य हो । भाजपाको निमन्त्रणामा दिल्ली पुगेका सभापति लामिछानेलाई भाजपा केन्द्रीय कार्यालयमा परम्परागत झाँकी र फूलमालासहित स्वागत गरिएको थियो । यद्यपी, उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेएयरपोर्टमै सलामी दिएको दाबीसहित पोस्ट गरिएको तस्बिर भ्रामक छ ।
रास्वपा सभापति रवि लामिछानेलाई भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एयरपोर्टमै सलामी दिएर स्वागत गरेको दाबी भ्रामक छ । लामिछानेलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवाले लगायतका नेताहरुले स्वागत गरेका हुन्, स्वागतमा प्रधानमन्त्री मोदी उपस्थित थिएनन्। दाबीसँगै पोस्ट गरिएको तस्बिर पनि एआईबाट तोडमोड गरिएको पुष्टि हुन्छ ।
भिडियो,ANI News
समाचार,gorkhapatraonline.com
एआई डिटेक्सन टुल,hivemoderation.com
समाचार,thehimalayantimes.com
समाचार,deshsanchar.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]

Aakash Chhetri
July 12, 2026

Aakash Chhetri
June 10, 2026

Aakash Chhetri
June 5, 2026