Wednesday, October 15, 2025

Fact Check

Fact Check: राति अबेरसम्म नसुत्ने व्यक्तिको चाँडै मृत्यु हुन्छ?

banner_image

दाबी: राति अबेरसम्म नसुत्ने मानिसहरूको चाँडै मृत्यु हुने खतरा रहने दाबी ।
तथ्य: राति अबेरसम्म नसुत्ने र अनियमित सुत्ने बानी भएका मानिसहरूलाई स्वास्थ्य समस्याहरूको उच्च जोखिम हुनसक्छ । तर, सुत्ने समय मात्र नभएर आनुवंशिकी, जीवनशैली तथा अन्य व्यक्तिगत कारणहरूले मानिसको मृत्यु निर्धारण हुने गर्दछ । 

वर्तमान समयमा अधिकांश मानिसहरुलाई राति अबेरसम्म नसुत्ने बानी परेको हुन् । विभिन्न कारणले राति अबेरसम्म नसुत्नु शहरी जनजीवनको एउटा अंग नै बन्न पुगेको देखिन्छ । यही सन्दर्भमा राति अबेरसम्म नसुत्ने मानिसहरूको चाँडै मृत्यु हुने खतरा रहने दाबी गरिएका केही सामग्री फेला परेका छन् ।  

केही संचार नेपाली संचार माध्यमहरुमा प्रकाशित गरेका स्वास्थ्य टिप्समा अनुसन्धानलाई उदृत् गर्दै चाँडै नसुत्ने मानिसको चाँडै नै मृत्यु हुनसक्ने दाबी गरेका छन् ।

ती मध्ये baahrakhari को सामग्रीमा भनिएको छ- ‘अध्ययनले राति अबेरसम्म ब्युँझै रहने व्यक्तिको चाँडै मृत्यु हुने खतरा रहने गरेको देखाएको छ ।’ अर्कोतर्फ reportersnepal मा प्रकाशित सामग्रीमा भनिएको छ- ‘अनुसन्धानमा यो पनि भनिएको छ कि यी खराब बानीका कारण चाँडो मृत्यु हुने सम्भावना ९ प्रतिशतले बढ्छ ।’

तथ्यजाँच/प्रमाणीकरण

राति अबेरसम्म नसुत्ने र अनियमित सुत्ने बानी भएका मानिसहरूलाई स्वास्थ्य समस्याहरूको उच्च जोखिम हुनसक्छ र यसबाट ती व्यक्तिहरुको चाँडै नै मृत्यु हुन सक्छ भन्ने केही प्रमाणहरू फेला परेका छन् । तर, ती प्रमाणहरुका निष्कर्ष अमूर्त छन् । साथै व्यक्ति अनुसार अनियमित सुत्ने बानीको असर फरक-फरक हुन सक्छ ।

राति अबेरसम्म नसुत्ने र अनियमित सुत्ने बानीले सर्काडियन सर्काडियन रिदम अवरुद्ध हुने, मोटोपना, मधुमेह, हृदय रोग तथा मानसिक स्वास्थ्य समस्याहरुको जोखिम हुनसक्ने अनुसन्धानहरुले देखाएका छन् । केही यस्ता अध्ययनहरू पनि गरिएका छन्, जसले राति अबेरसम्म नसुत्नु र चाँडै मृत्यु हुनेबीचको सम्बन्धबारे जानकारी दिएका छन् । तरपनि दुबैबीचको सम्बन्ध पुष्टि गर्न र अन्तर्निहित संयन्त्रहरू बुझ्न थप अनुसन्धान हुन आवश्यक छ ।

 एक रातमा ७ देखि ८ घण्टा सुत्ने मानिसहरूको तुलनामा ६ घण्टाभन्दा कम सुत्ने मानिसहरू चाँडै मर्ने सम्भावना रहेको एक अध्ययनले देखाएको छ । सुत्ने नियमित समय तालिका भएका मानिसहरूको तुलनामा अनियमित निद्रा तालिका भएका मानिसको हृदयाघातबाट मृत्यु हुने सम्भावना रहेको अर्को अध्ययनले देखाउँछ ।

यद्यपी, उल्लेखित अध्ययनहरू अवलोकनात्मक छन्, जसको अर्थ ती अध्ययनहरूले राति अबेरसम्म नसुत्दा चाँडै मृत्यु हुन्छ भनेर प्रमाणित गर्न सक्दैनन् । केही कारकहरु पनि फेला परेका छन्, जसमा ढिलो र चाँडो मृत्यु हुने अवस्थाबीचको सम्बन्धलाई व्याख्या गर्ने गरिन्छ । ती हुन्- पत्रु आहार, व्यायामको कमी वा अन्य अन्तर्निहित स्वास्थ्य अवस्थाहरू ।

राति अबेरसम्म नसुत्ने बानी स्वास्थ्यका लागि हानिकारक हुन सक्ने थुप्रै आधार छन् । जस्तै ढिलो उठ्नुले तपाईंको सर्काडियन रिदमलाई बाधा पुर्‍याउन सक्छ र थकान, ध्यान केन्द्रीत गर्न कठिनाई हुने वा मुड स्विङजस्ता समस्याहरू निम्त्याउन सक्छ । अर्कोतर्फ अबेरसम्म नसुत्ने सबैलाई प्रस्तुत नकारात्मक स्वास्थ्य प्रभावहरू नदेखिन सक्छन् । आनुवंशिकी, जीवनशैली तथा अन्य व्यक्तिगत कारणहरूले मानिसको मृत्यु निर्धारण हुने गर्दछ । उद्यपी, ढिलो चाँडो मृत्यु हुने अवस्थाबारे अनुसन्धान जारी छ ।

अन्त्यमा राम्रो स्वास्थ्य अवस्था कायम गर्न र सम्भावित जोखिमहरू कम गर्न प्रत्येक मानिसले,सुत्ने समय तालिका बनाउन जरुरी छ । यदि कसैलाई निरन्तर निद्रा समस्या वा अनिन्द्राको समस्या छ भने चिकित्सकीय सल्लाह लिनु आवश्यक छ ।

निष्कर्ष

राति अबेरसम्म नसुत्ने र अनियमित सुत्ने बानी भएका मानिसहरूलाई स्वास्थ्य समस्याहरूको उच्च जोखिम हुनसक्छ । तर, राति अबेरसम्म नसुत्नु र चाँडै मृत्यु हुनेबीचको सम्बन्धबारे थप अनुसन्धान हुन आवश्यक छ । सुत्ने समय मात्र नभएर आनुवंशिकी, जीवनशैली तथा अन्य व्यक्तिगत कारणहरूले मानिसको मृत्यु निर्धारण हुने गर्दछ । 

नतिजा : आंशिक गलत 

हाम्रा स्रोतहरू

रिसर्च लेख, cell.com, MARCH 13, 2023 
रिसर्च लेख, nhlbi.nih.gov, March 2, 2020


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

918

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage