Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: भिजाएको मेथीको सेवनले ‘मधुमेह रोग जरैदेखि निको पार्छ’, ‘मृगौला पत्थरी गलाउँछ’ ।
तथ्य: भिजाएको मेथीको सेवनले मधुमेह एवं मृगौला पत्थरीको समस्या निको पार्न सक्छ भन्ने दाबी वैज्ञानिक प्रमाणबाट पुष्टि हुँदैन । मधुमेह रोग र मृगौला पत्थरीको समस्या निको पार्न वैज्ञानिक
प्रमाणमा आधारित चिकित्सा सल्लाह तथा उपचार आवश्यक पर्दछ ।
सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा सामग्री फेला परेको छ । उक्त सामग्रीमा भिजाएको मेथीको सेवनले मधुमेह रोग र मृगौला पत्थरीको समस्या निको हुने दाबी गरिएको छ ।
Beauty and Wellness नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा मेथीका दानाहरू देख्न सकिन्छ । उक्त सामग्रीमा भिजाएको मेथी खानुका फाइदाहरू भन्दै बुँदाहरू लेखिएको छ । हिन्दी भाषामा लेखिएको पहिलो र दोस्रो बुँदामा क्रमश: मेथीले ‘मधुमेह रोग जरैदेखि निको पार्छ’, ‘मृगौला पत्थरी गलाउँछ’ ।

प्रस्तुत दाबीसहितको सामग्रीमा अन्य दाबीहरूसमेत रहेका छन् । तर, मेथीले ‘मधुमेह रोग जरैदेखि निको पार्छ’ र‘मृगौला पत्थरी गलाउँछ’ भन्ने दाबीमा केन्द्रीत रहेर हामीले यो तथ्यजाँच गरेका छौँ ।
भिजाएको मेथीले मधुमेह रोग एवं मृगौला पत्थरीको समस्या निको पार्न सक्छ भन्ने दाबी वैज्ञानिक प्रमाणबाट पुष्टि हुँदैन । मेथीलाई परम्परागत औषधि र विभिन्न खानामा मसलाको रूपमा प्रयोग गरिन्छ । मधुमेह एवं मृगौला पत्थरीको समस्या निको पार्न वैज्ञानिक प्रमाण-आधारित चिकित्सा सल्लाह र उपचारहरूमा भर पर्नु महत्त्वपूर्ण छ ।
परम्परागत रूपमा शरीरमा रहेको चिनीको स्तर व्यवस्थापन गर्न र पाचन प्रक्रियामा सहायता गर्न मेथीको प्रयोग गर्ने गरिएको छ । मेथीले रक्त शर्करा नियमनमा सकारात्मक प्रभाव पार्न सक्ने केही अध्ययनहरूले देखाएका छन् । मेथीमा घुलनशील फाइबर र यौगिकहरू हुन्छन्, जसले सम्भावित रूपमा इन्सुलिन संवेदनशीलतालाई असर गर्न सक्छ । तर, यसको अनुसन्धान अझै जारी छ । यस कारण मेथीलाई मधुमेहको एकमात्र उपचार मान्नु हुँदैन ।
यदि कोही मानिसलाई मधुमेहको समस्या छ भने यो समस्यालाई व्यवस्थापन गर्न स्वास्थ्य सेवा प्रदायकसँग सेवा लिनु आवश्यक हुन्छ । मधुमेह भएमा औषधि, आहार समायोजन, नियमित व्यायाम र जीवनशैली परिवर्तन गर्नु आवश्यक छ । मेथी वा कुनै अन्य प्राकृतिक उपचारमा मात्र भर पर्दा अनियन्त्रित रक्त शर्करा र सम्भावित अन्य जटिलताहरू निम्तिन सक्छन् ।
मेथीले मृगौलाको पत्थरीलाई पगाल्न सक्छ भन्ने दाबीलाई समर्थन गर्ने सिमित वैज्ञानिक प्रमाणहरू छन् । मृगौलाको पत्थरी सामान्यत: पिसाबमा रहेका विभिन्न खनिज र लवणबाट बन्ने गर्दछ । तर, मेथीले मिर्गौलाको पत्थरीलाई पगाल्न सक्छ भन्ने दाबीलाई वैज्ञानिक प्रमाणले समर्थन गर्दैनन् ।
मूत्रवर्धक गुणहरू र पिसाब प्रवाह बढाउने सम्भावित गुणका कारण मेथीले मृगौलाको स्वास्थ्यमा फाइदा गर्न सक्छ । तर, यो मृगौलाको पत्थरी निको पार्ने प्रमाणित उपचार होइन । मेथीलाई सन्तुलित आहारकाे रूपमा समावेश गर्न सकिन्छ र यसले सम्भावित स्वास्थ्य लाभहरू समेत गर्न सक्छ । यद्यपि, मधुमेह वा मृगौलाको पत्थरीको लागि मेथी उपयुक्त उपचार भने होइन । यस्तो गम्भीर समस्याको उपचार गर्न वैज्ञानिक रुपमा प्रमाणित उपचार आवश्यक पर्दछ ।
मधुमेह र मृगौला पत्थरी एकदमै संवेदनशील स्वास्थ्य समस्या हुन् । त्यसैले यस्ता समस्या निको पार्न वैज्ञानिक रूपमा प्रमाणित उपचारहरूमा भर पर्नु र स्वास्थ्य सेवा पेशेवरहरूसँग परामर्श गर्नु महत्त्वपूर्ण हुन्छ ।
भिजाएको मेथीको सेवनले मधुमेह एवं मृगौला पत्थरीको समस्या निको पार्न सक्छ भन्ने दाबी वैज्ञानिक प्रमाणबाट पुष्टि हुँदैन । मेथीलाई परम्परागत औषधि र विभिन्न खानामा मसलाको रूपमा प्रयोग गरिन्छ । तर मधुमेह एवं मृगौला पत्थरीको समस्या निको पार्न वैज्ञानिक प्रमाणमा आधारित चिकित्सा सल्लाह र उपचार आवश्यक छ ।
Pubmed.ncbi.nlm.nih.gov
Fenugreek Bread
Journals.lww.com
Kidney stones
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]

Newschecker And THIP Media
August 22, 2025
Newschecker And THIP Media
August 8, 2025

Newschecker And THIP Media
August 1, 2025