Thursday, July 25, 2024
Thursday, July 25, 2024

HomeFact CheckFact Check: के ज्वोरो आउँदैमा सिटामोल खान नहुँने हो?  

Fact Check: के ज्वोरो आउँदैमा सिटामोल खान नहुँने हो?  

दाबी: ज्वोरो आउँदैमा सिटामोल खान हुँदैन र पारिजातको काँडा (रस), तुलसीको काँडा एवं दुबोको रस बनाएर खानुपर्छ ।
तथ्य: परम्परागत तथा घरेलु उपचारको भरमा पारासिटामोल जस्ता औषधिहरू प्रतिस्थापन गर्दा सावधानी अपनाउन जरुरी छ । 

सामाजिक संजालमा मानव शरीरको ज्वरो व्यवस्थापनसँग सम्बन्धित भिडियो सामग्री फेला परेको छ । उक्त भिडियोमा ज्वोरो आउँदैमा सिटामोल खान नहुँने र पारिजातको काँडा (रस), तुलसीको काँडा एवं दुबोको रस बनाएर खानुपर्ने दाबी गरिएको छ ।

Prayash Media Netwok नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा एक महिला देखिएको छन् । उनले ज्वोरो आउँदैमा सिटामोल खान नहुँने दाबी गरेकी छन् । भिडियोमा ती महिलाले सुरुमै भनेकी छन्- ‘हनहनी ज्वरो आयो सिटामोल खाने होइन, ज्वरो आयो भने पारिजातको काँडा (रस) बनाएर खाने, तुलसीको काँडा बनाएर खाने तीन दिन । अध्याधिक ज्वरो आयो, दुबोको रस बनाएर खाने… ।’ 

तथ्यजाँच/प्रमाणीकरण

मानव शरीरको ज्वरो व्यवस्थापन गर्न  पारिजात (Nyctanthes Arbor-Tristis), तुलसी (Ocimum Sanctum) र दुबो (Cynodon Dactylon)लाई परम्परागत रुपमा प्रयोग गर्ने गरिएको पाइएपनि यसको प्रभावकारिताको अध्ययन अपूर्ण छ । परम्परागत तथा घरेलु उपचारको भरमा पारासिटामोल जस्ता औषधिहरू प्रतिस्थापन गर्दा सावधानी अपनाउन जरुरी छ । पारासिटामोल (एसिटामिनोफेन) एक व्यापक रूपमा अध्ययन गरिएको र प्रमाणित एन्टिपायरेटिक र एनाल्जेसिक हो । 

पारासिटामोल ज्वरो कम गर्न र हल्कादेखि मध्यम दुखाइ कम गर्नका लागि मान्यता प्राप्त एक सामान्य ओभर-द-काउन्टर औषधि हो । यसको उचित प्रयोग महत्त्वपूर्ण छ, किनभने यसको दुरुपयोगले थप जोखिम निम्त्याउन सक्छ । पारासिटामोल कलेजोको माध्यमबाट फैलिन्छ, यसको ओभरडोजले गम्भीर कलेजो विषाक्तताको समस्या निम्तिन सक्छ । 

पारिजात (Nyctanthes Arbor-Tristis), तुलसी (Ocimum Sanctum) र दुबो (Cynodon Dactylon) लगायतका आयुर्वेदिक एवं परम्परागत चिनियाँ औषधिमा प्रयोग हुने वनस्पति हुन् । यी जडीबुटीहरूमा हुने गुणहरूले ज्वरो र यो समस्यासँग सम्बन्धित लक्षणहरू व्यवस्थापन गर्न मद्दत गर्न सक्छन् ।

पारिजात: पारिजात विशेष गरी ज्वरोको उपचारमा औषधीय गुणका लागि परिचित छ । यो सामान्यत: आयुर्वेदिक औषधिमा मलेरिया र अन्य संक्रमणहरूसँग सम्बन्धित विभिन्न प्रकारका ज्वरोहरूको उपचार गर्न प्रयोग गरिन्छ । पारिजातमा पाइने सक्रिय यौगिकहरू फ्लेभोनोइड्स र ग्लाइकोसाइड्सले उपचारात्मक प्रभावहरूमा योगदान गर्न सक्छन् ।

तुलसी: तुलसी, जसलाई Holy Basil पनि भनिन्छ । आयुर्वेदिक औषधिमा यसको धेरै व्यापक रूपमा प्रयोग गरिन्छ । यसमा एन्टिमाइक्रोबियल, एन्टी-इन्फ्लेमेटरी र एन्टिपाइरेटिक गुणहरू हुन्छन्, जसबाट ज्वरोको उपचारमा फाइदा हुन्छ । तुलसीको रस वा चियाको सेवनले ज्वरो कम गर्न, श्वासप्रश्वासको संक्रमणका लक्षणहरू कम गर्न र प्रतिरक्षा क्षामता बढाउन मद्दत गर्नसक्छ । तुलसीमा पाइने युजेनोल, कपूर र सिनेओलले यसको औषधीय गुणहरूमा महत्त्वपूर्ण भूमिका खेल्ले गर्दछन् ।

दुबो: दुबोमा औषधीय गुणहरु रहेका हुन्छन् । यसलाई विभिन्न संस्कृतिहरूमा परम्परागत उपचारका रुपमा प्रयोग गरिने गरिन्छ । दुबो पारिजात र तुलसी जत्तिकै ज्वरोको उपचारसँग सम्बन्धित छैन । तर यसको रस सेवन गर्दा शरीरको गर्मी र ज्वरो कम हुने विश्वास गरिन्छ ।

यद्यपी मुम्बईमा कार्यरत जनरल फिजिसियन डा.कश्यप दक्षिणी भन्छन्- ‘ज्वरो कम गर्ने सबैभन्दा सुरक्षित औषधि प्यारासिटामोल हो । अन्य औषधिहरू जस्तै आइबुप्रोफेन र NSAIDs (नन-स्टेरोइडल एन्टी इन्फ्लेमेटरी ड्रग्स) मा पनि ज्वरो कम गर्ने गुणहरू हुन्छन् ।’

निष्कर्ष

ज्वोरो आउँदैमा सिटामोल खान नहुँने र पारिजातको काँडा (रस), तुलसीको काँडा एवं दुबोको रस बनाएर खानुपर्ने दाबी आंशिक रुपमा गलत छ । परम्परागत तथा घरेलु उपचारको भरमा पारासिटामोल जस्ता औषधिहरू प्रतिस्थापन गर्दा सावधानी अपनाउन जरुरी छ । 

नतिजा : आंशिक गलत

हाम्रा स्रोतहरू

रिसर्च लेख, https://www.ncbi.nlm.nih.gov
रिसर्च लेख, thip.media
रिसर्च लेख, pubmed.ncbi.nlm.nih.gov
रिसर्च लेख, researchgate.net
रिसर्च लेख, ncbi.nlm.nih.gov


(This article is published in collaboration with THIP Media)



तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular