Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
सामाजिक संजालमा एउटा दाबीसहितको सामग्री फेला परेको छ, जसमा आलसले कब्जियत निको पार्ने दाबी गरिएको देखिन्छ ।
Organic Online नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त दाबीसहितको सामग्रीमा एउटा प्रोडक्टको दृश्य देखाइएको छ । उक्त दृश्यमा एउटा थमनेलसमेत राखिएको छ । उक्त थमनेलमा लेखिएको छ- ‘आलसको तेल, बेबीको दिमाग र कब्जियतमा निकै राम्रो हुन्छ ।’
प्रस्तुत सामग्रीमा अन्य दाबीहरूसमेत रहेका छन् तर यस सामग्रीमा हामीले कब्जियतबारे मात्रै जाँच गरेका छौँ । मानव स्वास्थ्य जस्तो गम्भिर विषयसँग सम्बन्धित रहेकाले हामीले प्रस्तुत सामग्रीमाथि तथ्यजाँच गरेका हौँ ।
आलसमा फाइबर प्रसस्त रुपमा पाइन्छ । यसलाई अल्फा-लिनोलेनिक एसिडसँगै फाइबर र ओमेगा-३ फ्याटी एसिडको गतिलो स्रोत मानिन्छ ।
आलसमा फ्ल्याक्ससीडमा लिग्नान भनिने फाइटोएस्ट्रोजेन पनि रहेको हुन्छ। आलसको नियमित सेवनले मानिसहरूलाई कम भोक लाग्ने लक्षण देखिन्छ ।
आलसमा फाइबर हुन्छ, जसले कब्जियतलाई कम गर्न सक्छ । तर, यस विषयमा आलसको प्रभावकारिताबारे थोरै मात्र अनुसन्धान भएको देखिन्छ । विभिन्न कारणले भएको कब्जियतलाई आलस बियाँले मात्र निको पार्छ भन्ने दाबीलाई भने उपलब्ध प्रमाणहरूले प्रमाणित गर्दैनन् ।
यस विषयमा हामीले आकाश अस्पताल, द्वारका, दिल्लीमा अभ्यास गरिरहेका ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा. शरद मल्होत्रासँग परामर्श गर्यौँ ।
डा. मल्होत्रा भन्छन्- ‘आन्द्राको अवस्था धेरै कारकहरूमा निर्भर हुने गर्दछ । ती कारकहरूमा खानेकुरा, पिउने पानी, मधुमेह जस्ता रोगहरू र औषधिहरू रहेका छन् । तसर्थ यस समस्याको सुधारका लागि खानपान र व्यायामसहितको जीवनशैलीमा पनि ध्यान दिनुपर्छ । आफ्नो जीवन र पेटको बारेमा सधैँ चनाखो रहनुपर्छ ।
आलसको बियाँमा हुने फाइबरले कब्जियतको समस्यालाई कम गर्न सक्छ तर यस विषयमा थोरै मात्र अनुसन्धान भएको पाइन्छ । त्यसैले यस दाबीमा धेरै कुराले प्रमाणित हुन सक्दैन ।
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
August 22, 2025
Newschecker And THIP Media
August 8, 2025
Newschecker And THIP Media
August 1, 2025