Sunday, May 11, 2025

Fact Check

‘उड्ने बच्चा’को भिडियो कसरी बुद्ध एयरको जहाजसँग जोडियो ?

Written By Aakash Chhetri
Oct 7, 2021
banner_image

Claim

image

Fact

image

एउटा ‘उड्ने बच्चा’को टिकटक भिडियो अदृश्य ढंगले दुर्घटनाबाट बचेको बुद्ध एयरको जहाजसँग जोडिएको छ। पछिल्लो समय टिकटकमा एउटा ‘उड्ने बच्चा’को भिडियो भाइरल भइरहेको छ। भिडियोमा एउटा सानो बच्चा देखिन्छ। जसको बिस्तारै बिस्तारै पखेटा पलाइरहेको देखिन्छ। पखेटा पलाएको बच्चा भिडियोमा उड्न पनि थाल्छ।

सूर्य बोहरा नामक टिकटक प्रयोगकर्ताले दुई दिनअघि पोस्ट गरेको भिडियोमा एउटा थममेलसमेत लेखिएको छ- ‘अन्तिमसम्म हेर्नुहोस् कस्तो अचम्मको बच्चा।’ 

टिकटक भिडियोमा एउटा व्याकराउण्ड आवाजसँगै अर्को प्रष्ट आवाज पनि आइरहेको छ। त्यो आवाज नेपाली भाषामा बोलिएको छ। एकजना पुरुषले सोध्छन्- ‘कस्तो लाग्यो ? तपाईँलाई कस्तो ?’ प्रश्नको जवाफमा महिलाले भन्छिन्,‘आफू त नानीहरूसँगै, के होला कस्तो होला ? बाँचिदैन भनेर रुन थाल्यौँ नि। बाहिरदेखि नि झन् डरलाग्दो।’

टिकटकमा फैलिएको भिडियोको स्कृनसट।

पोस्ट भएको दुई दिनमै भिडियोमा ३१ हजारभन्दा बढीले रियाक्ट गरिसकेका छन्। त्यस्तै भिडियोलाई करिब ३ सयले सेयर गरिसकेका छन् भने भिडियोमाथि साढे २ सयले आफ्नो मत राखिसकेको देखिन्छ।

भिडियोमा देखाएजस्तै के साँच्चै बच्चाको ढाडमा पखेटा पलाएको र पछि त्यही बच्चा उड्न थालेको हो ? यो उड्ने बच्चाको भिडियो कसरी दुर्घटनाबाट जोडिएको बुद्ध एयरको जहाजसँग जोडियो ? हामीले यो भिडियोमाथि तथ्यजाँच गरेका छौँ।

तथ्य जाँच / प्रमाणीकरण

सन् २०१९ तिर यो भिडियो छिमेकी मुलुक भारतमा भाइरल भइरहेको थियो। त्यतिबेला टिकटकमार्फत् भाइरल भएको यो भिडियोबारे वास्तविक जानकारी दिन भारतीयहरूले केही यूट्युबरलाई म्यासेजसमेत गरेको पाइन्छ। भारतको एउटा यूट्युब च्यालनलाई चेतन शर्मा नामक एक व्यक्तिले उड्ने बच्चाको वास्तविकता बाहिर ल्याउन म्यासेज गरेका थिए।

अहिले नेपालमा फैलिरहेको यो भिडियोमा उड्ने बच्चाबारे कुराकानी गरेको सुनिन्छ। यो भिडियो टिकटकमा भ्रामक तरिकाले प्रस्तुत गरिएको हो। सन् २००९ मा रिलिज भएको रिक्की नामक फ्रान्सेली चलचित्रको एउटा दृश्यलाई यहाँ राखेर भ्रामक सामग्री तयार पारिएको छ।

रिक्की चलचित्रको कथा एउटा बच्चाको एउटा परिवारको कथा हो। यो परिवारमा जन्मिएको बच्चा आधा मानिस र आधा पञ्छीको रुपमा देखिछ। उक्त बच्चा आकासमा उड्न सक्छ। अफ्ठ्यारोमा परेको दम्पत्तिले एउटा अनौठो बच्चा जन्मदिएपछि आउने समस्या र त्यसको सामधान कसरी हुन्छ भन्ने कुरा उक्त चलचित्रमा देखाइएको छ। यसका लागि उक्त बच्चा जन्मिसकेपछि उड्नेबेलासम्मको यात्रा देखाइएको छ।

https://www.youtube.com/watch?v=6re6C-tR26w
रिक्की नामक चलचित्र।

अनौठो बच्चा भनेर सामाजिक संजालमा फैलाइएको बच्चा एउटा काल्पनिक कथामा आधारित मात्रै हो। यो कुनै यथार्त होइन। त्यसैले यो भिडियो भ्रामक छ।  

बुद्ध एयरको जहाजसँग कसरी जोडियो ?

असोज ११ गते बुद्ध एयरको ९ एन–एएनआई कलसाइनको जहाज दुर्घटनाबाट जोगियो। बिहान ८:३३ मा काठमाडौँबाट विराटनगरका लागि उडेको उक्त जहाजको ल्यान्डिङ गियरमा समस्या देखिएको थियो। ७३ जना यात्रु बोकेको जहाजले विराटनगर विमानस्थनमा अवतरण गर्ने तयारी गरिरहेका बेला समस्या देखियो। 

ल्यान्डिङ गियरमा समस्या देखिएपछि जहाज फर्केर फेरि काठमाडौँस्थित त्रिभुवन विमानस्थलमै आइपुग्यो। काठमाडौँको आकाशमा १० फन्को लगाएपछि जहाजलाई सुरक्षित तरिकाले आकस्मिक अवतरण गराइयो। यो घटनामा कुनै खालको देखिने क्षति भने भएन। सवै यात्रु सकुशल उत्रिए र जहाजमा पनि कुनै भौतिक क्षति भएन। 

जहाज अवतरण भएसँगै सामाजिक संजालहरूमा यो विषय चर्चाको विषय बन्यो। जहाजमा चडेका यात्रुहरूको अनुभवहरू सामाजिक संजालमा भाइरलसमेत बने। 

भाइरल भएको भिडियो मध्येको एउटा हो- धर्मराज दाहालले जहाजभित्रबाटै यात्रुहरूसँग लिएको प्रतिक्रिया। उनले भिडियोमा एकजना बच्चसहितकी महिलालाई सोध्छन्,‘तपाईँलाई चाहिँ कस्तो लाग्यो ?’ ती महिलाले जवाफ दिन्छिन्,‘डरले…आफू त नानीहरूसँगै, के होला कस्तो होला ? बाँचिदैन भनेर रुन थाल्यौँ नि। बाहिरदेखि नि झन् डरलाग्दो…।’

भिडियोमा आइरहेको आवाज यिनै महिलाको हो।

तपाईँले पक्कै याद गर्नुभयो होला। माथि टिकटकको ‘उड्ने बच्चा’ को भिडियोमा यही अडियो राखिएको छ। जसको कारण यो भिडियो झनै भ्रमक बन्न पुगेको हो।

निष्कर्ष : 

संसारमा पखेटा पलाएर उड्ने बच्चा अहिलेसम्म जन्मिएको छैन। त्यसैकारण सामाजिक संजालमा फैलिरहेको यो भिडियो भ्रामक छ।

नतिजा : भ्रामक/असत्य

हाम्रा स्रोतहरू :

यो पनि पट्नुहोस् :

बुद्ध एयरको जहाज दुर्घटनाबाट जोगिएपछि टिकटकमा भ्रामक भिडियोको बाढी


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage