Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: बिरेनुन, खाने कपुर र कागती मिसाएर उमालेको पानीमा खुट्टालाई सेक्दा खुट्टा र घुँडाको दुखाइ निको हुने दाबी ।
तथ्य: तातो पानीको तातोपनले खुट्टामा केही समयको लागि राहत दिनसक्छ । तर, एकछिनको आरामलाई उपचारसँग तुलना गर्दा भ्राम उत्पन्न भएको छ ।
खुट्टा र घुँडाको दुखाइसँग सम्बन्धित सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा बिरेनुन, खाने कपुर र कागती मिसाएर उमालेको पानीमा खुट्टालाई सेक्दा खुट्टा र घुँडाको दुखाइ निको हुने दाबी गरिएको छ ।
Bhuban Kc नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एकजना महिलाले स्वास्थ्य सुझाव दिइरहेकी छन् । उनले बिरेनुन, खाने कपुर र कागती मिसाएर उमालेको पानीमा खुट्टालाई सेकाएरसमेत देखाएकी छन् । साथै यस प्रयोगबाट खुट्टा र घुँडाको दुखाइ निको हुने दाबी गरेकी छन् ।
के बिरेनुन, कपुर र कागती मिश्रणको प्रयोगले खुट्टा र घुँडाको दुखाइ निको हुन्छ त? दाबीको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
बिरेनुन, कपुर र कागती प्रयोगले खुट्टा वा घुँडाको दुखाइ निको हुन्छ भन्ने दाबीलाई प्रमाणित गर्ने कुनै वैज्ञानिक प्रमाण छैन । यद्यपी, तातो पानीले दुखाइलाई केही समयको लागि मात्रै राहत दिन सक्छ, त्यो पनि पानीको तातोपनका कारण ।
अर्कोतर्फ कपुरमा हल्का चिसोपन उत्पन्न गर्ने गुणहरु हुन्छन् । यसलाई क्रिम वा बामको रूपमा प्रयोग गर्दा कहिलेकाहीँ यसले छालालाई थोरै समयको लागि सुन्न बनाउन सक्छ । तर, यसको मात्रा वा प्रभाव शरीरभित्रको भागसम्म पुग्दैन, जसले दुखाइलाई कम गर्न सकोस् ।
त्यस्तै कागतीमा भिटामिन सी त हुन्छ तर यसमा छालाको दुखाइ कम गर्ने कुनै गुण हुँदैन । बिरेनुन मुख्यतया खनिज र स्वादका लागि उत्पादन र प्रयोग गरिन्छ । यो कुनै औषधि होइन । यदि दुखाइ लगातार भइरहन्छ वा गाठोबाथ (arthritis), नसामा समस्या वा चोटपटक लागेको छ भने भने यसको उपचार उचित चिकित्सकीय सहयोगबाट मात्र सम्भव हुन्छ ।
दुखेको खुट्टालाई तातो पानीमा भिजाउँदा यसले अस्थायी रूपमा मांसपेशीहरूलाई आराम दिन सक्छ । यसको मतलब यो होइन कि सम्पूर्ण वैज्ञानिक उपचार यसका अगाडि बेकार छन् । खुट्टालाई तातो पानीमा भिजाउँदा रक्त प्रवाह बढ्न सक्छ, जसले थकित मांसपेशीहरूलाई शान्त पार्न र सुन्निने कम हुनसक्छ । तर, यो आराम हो, उपचार होइन । यसले संरचनात्मक जोर्नी समस्याहरू समाधान गर्दैन, पुरानो सूजन कम गर्दैन र घुँडाभित्रको क्षतिलाई निको पार्दैन ।
खुट्टा वा घुँडाको दुखाइ धेरै समय रहिरह्यो भने स्वास्थ्य सेवा प्रदायकसँग कुरा गर्नु आवश्यक छ । प्राकृतिक वा घरेलु उपचार सधैँ प्रभावकारी हुँदैन । उपयुक्त उपचारमा ढिलाई वा लापरवाही भयो भने समस्या झनै जटिन हुनसक्छ ।
बिरेनुन, कपुर र कागती मिसाएर तातो पानीमा खुट्टा भिजाउँदा आरामदायी महसुस हुन सक्छ । तर यसले खुट्टा वा घुँडाको दुखाइ निको गर्दैन । तातो पानीको तातोपनले खुट्टामा केही समयको लागि राहत दिनसक्छ । तर, एकछिनको आरामलाई उपचारसँग तुलना गर्दा भ्राम उत्पन्न भएको छ ।
रिसर्च लेख, pubmed.ncbi.nlm.nih.gov
रिसर्च लेख, pmc.ncbi.nlm.nih.gov
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।
Newschecker And THIP Media
August 22, 2025
Newschecker And THIP Media
August 8, 2025
Newschecker And THIP Media
August 1, 2025