Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: जामुनको पातको रस बनाएर लगातार एक महिना सेवन गर्दा पित्तथैलीको पत्थरी तरल बन्छ ।
तथ्य: जामुनको पातले पित्तथैलीको पत्थरी पगाल्न सक्छ भनेर प्रमाणित गर्ने अनुसन्धान फेला परेनन् ।
पित्तथैली पत्थरीको उपचारसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा जामुनको पातको रस बनाएर लगातार एक महिना सेवन गर्दा पित्तथैलीको पत्थरी पगाल्ने दाबी गरिएको छ ।
Keshav Gamnage नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा जामुनको रुख देख्न सकिन्छ । सोही भिडियोमा जोडिएको अडियोमा भनिएको छ- ‘जामुनको चार-पाँचवटा पातको जुस बनाएर कन्टिन्यु एक महिना खाएभने, त्यो पित्तभित्र भएको पत्थरी छ नि, त्यो फेरि क्यालसियम जमेको पत्थरी पनि होइन, त्यो फेरि लिक्युट फर्ममा आउँछ । क्यालसियमलाई समेत लगाउने हुन्छ के त्यसले ।’
पित्तथैली कलेजोको तलपट्टी हुने सानो आकारको अंग हो । विभिन्न ठोस कारणले पित्तथैलीमा पत्थरी बन्ने गर्दछन् । पित्तथैलीमा बन्ने पत्थरीको आकार बालुवाको दाना जत्तिकै सानोदेखि गल्फ बल जत्तिकै ठूलोसम्म हुन सक्छ । कोलेस्ट्रोल वा बिलिरुबिन जस्ता पित्त बनाउने पदार्थहरूमा असन्तुलन हुँदा पित्तथैलीमा पत्थरीको विकास हुन्छ । पित्तमा हुने पत्थरीका मुख्य दुई प्रकारका हुन्छन्, जसमा कोलेस्ट्रोल पत्थरी र पिग्मेन्ट पत्थरी पर्दछन् ।
पित्तथैलीमा बनिरहेको पत्थरीलाई रोक्नका लागि केही हर्बल उपचारहरू अन्वेषण गरिएको छ । यसमा जडिबुटी र प्राकृतिक उपचारले कलेजो र पित्तथैलीको स्वास्थ्यलाई सुधार गर्ने विश्वास गरिन्छ । उदाहरणका लागि, मिल्क थिस्टल, आर्टिचोक, र डन्डेलियन रुटले कलेजो डिटोक्सिफिकेशन र पित्त उत्पादनमा सम्भावित फाइदा गर्ने बताइन्छ । तर, जडिबुटी र प्राकृतिक उपचारले पित्तथैलीमा बन्ने पत्थरीलाई रोक्न सक्छ भन्ने दाबीको प्रभावकारितालाई समर्थन गर्ने वैज्ञानिक प्रमाणहरू सीमित छन् । यसको प्रभावकारिता पुष्टि गर्न थप अनुसन्धान हुन आवश्यक छ ।
मधुमेह र पाचन समस्याहरू व्यवस्थापन गर्नका लागि जामुनको पात र यसका बोक्रालाई घरेलु तथा परम्परागत चिकित्सामा प्रयोग गरिन्छ । केही परम्परागत अनौपचारिक उपचारहरूमा जामुनको पातले पित्तथैलीको पत्थरी गलाउन सक्ने दाबी गरिन्छ ।
तर, प्रस्तुत दाबीलाई समर्थन गर्ने वैज्ञानिक प्रमाणहरू सीमित छन् । जामुनको पातमा सम्भावित उपचारात्मक गुणहरू भएका यौगिकहरू हुन्छन्, जस्तै एन्टिअक्सिडेन्ट र एन्टी-इन्फ्लेमेटरी एजेन्टहरू । यिनिहरुले पित्तथैलीमा भएको पत्थरीलाई विशेष प्रभाव पार्न सक्छन् कि सक्दैनन् भनेर प्रष्टसँग क्लिनिकल अध्ययन गरिएको छैन ।
स्वास्थ्य सेवा पेशेवरहरुले पित्तथैली पत्थरीको समस्यालाई गम्भीरता र विरामीको अवस्थाको आधारमा उपचार गर्ने गर्छन् । जसमा एसिम्प्टोमेटिक केसहरूको लागि प्रतीक्षा गर्ने र पत्थरी पगाल्ने औषधिहरू चलाइन्छ । तर लक्षणहरू गम्भीर भएमा वा जटिलताहरू उत्पन्न भएमा ल्याप्रोस्कोपिक कोलेसिस्टेक्टोमी जस्ता शल्यक्रियाहरू गर्ने गरिन्छ ।
जामुनको पातको प्रयोगले पित्तथैलीको पत्थरीलाई गलाउँछ भन्ने दाबीका विषयमा हामीले डा.शरद मल्होत्रासँग परामर्श गर्यौँ । उनले भने,‘जामुनको पातले पित्तथैलीको पत्थरी पगाल्न सक्छ भन्ने कुनै अनुसन्धान गरिएको छैन । धेरै कारणहरूले पित्तथैलीमा पत्थरी बन्ने गर्दछ र कुनै पनि घरेलु उपचारले पित्तथैलीमा बनेको पत्थरी पगाल्न प्रभावकारी हुँदैन ।’
जामुनको पातको रस बनाएर लगातार एक महिना सेवन गर्दा पित्तथैलीको पत्थरी पग्लने दाबी भ्रामक छ । जामुनको पातमा सम्भावित उपचारात्मक गुणहरू भएका यौगिकहरू रहेपनि यसले पित्तथैलीको पत्थरी पगाल्न सक्छ भनेर प्रमाणित गर्ने अनुसन्धान फेला परेनन् ।
रिसर्च लेख, ncbi.nlm.nih.gov, 2022 Jul 25
तथ्य जानकारी, niddk.nih.gov
रिसर्च लेख, ncbi.nlm.nih.gov, 2021 Mar 24
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
July 4, 2025
Newschecker And THIP Media
June 29, 2025
Newschecker And THIP Media
June 20, 2025