Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
सामाजिक संजालमा जनस्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा बिहानको खानामा दहीसँग एक चम्चा बेसार र भातसँग लसुनका तीनवटा पाेटी सेवन गर्दा ग्यास्ट्राइटिस निको हुने दाबी गरिएको छ ।
Chanky abhay नामक टिकटक आइडीमा गरिएको प्रस्तुत दाबीसहितको सामग्री अहिले हटिसकेको छ । मानव स्वास्थ्यसँग सम्बन्धित यस दाबीसहितको सामग्रीमाथि हामीले तथ्यजाँच गरेका छौँ ।
बिहानको खानासँग दहीमा एक चम्चा बेसार मिसाएर तथा भातसँग लसुनको तीनवटा पाेटी सेवन गर्दा ग्यास्ट्राइटिस निको हुन्छ भन्ने कुनै प्रमाण भेटिँदैन ।
ग्यास्ट्राइटिस हुनु भनेको पेटको सुरक्षात्मक प्रणाली सुनिनु हो । सामान्य ग्यास्ट्राइटिस बढ्यो भने अचानक पेट गम्भीर तरिकाले सुनिन्छ ।
क्रोनिक ग्यास्ट्राइटिसमा दीर्घकालसम्म पेटमा सूजन भइरहेको हुन्छ, जसलाई समयमै उपचार नगरे सुनिने प्रक्रिया वर्षौंसम्म लम्बिन सक्छ । इरोसिभ ग्यास्ट्राइटिस अवस्थाको एक सामान्य रूप हो । यो अवस्थाले सामान्यतया धेरै सूजन पैदा गर्दैन तर यसले पेटका विभिन्न भागमा रक्तस्राव र अल्सर निम्त्याउन सक्छ ।
ग्यास्ट्राइटिसको यही अवस्थामा बेसार, दही र लसुनमा एउटा रासायनिक संरचना हुन्छ, जसले ग्यास्ट्राइटिसलाई केही हदसम्म कम गर्न सक्ने उपलब्ध प्रमाणहरूमा उल्लेख छ । यद्यपि हामीले चामल अथवा भातमा त्यस्तो कुनै प्रमाण फेला पार्न सकेनौँ । तर, चामलको अत्यधिक सेवनले मुटुमा जलन र अल्सरसमेत हुन सक्ने एक अनुसन्धान पत्रले प्रष्ट पारेको छ ।
प्रस्तुत दाबीका विषयमा हामीले दिल्लीस्थित आकाश अस्पतालका ग्यास्ट्रोलोजिस्ट डा.शरद मल्होत्रासँग परामर्श गर्यौँ । डा.शरद मल्होत्रा भन्छन्,‘दाबी गरिएको प्राकृतिक उपचार भ्रामक हुन सक्छ र यसले पेटको समस्या निको गर्दैन । ग्यास्ट्राइटिस हुनुको कारणलाई हेर्दा यहाँ दिइएको सुझाव पेटको रोगमा प्रभावकारी छ कि छैन भन्ने जान्न जरुरी छ ।’
डा.शरद मल्होत्रा थप्छन्,‘केही ग्यास्ट्रोइटेस्टाइनल समस्याहरूका लागि धेरै घरेलु उपचारहरू छन् । तर, यसका लागि ग्यास्ट्रोलोजिस्टसँग परामर्श गर्नु राम्रो हुन्छ ।’
ग्यास्ट्रोइटेस्टाइनल समस्या सामधानका लागि विभिन्न घरेलु उपचारहरूको प्रयोग गर्ने गरिन्छ । तर, बिहानको खानासँग दहीमा एक चम्चा बेसार मिसाएर तथा भातसँग लसुनको तीनवटा पाेटी सेवन गर्दा ग्यास्ट्राइटिस निको हुन्छ भन्ने दाबी प्रमाणित गर्ने कुनै प्रमाण भेटिँदैनन् ।
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
May 2, 2025
Newschecker And THIP Media
April 25, 2025
Newschecker And THIP Media
April 18, 2025