दाबी: घरेलु उपायले नै कपाल फुल्ने समस्या समाधान हुने दाबी ।
तथ्य: एकपटक कपालको रंगद्रव्य गुमाएपछि कुनै पनि प्रयोग वा आहार परिवर्तनले यसको प्राकृतिक रंग पुनर्स्थापित गर्न सक्दैन ।
कपाल फुल्ने समस्यासँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा घरेलु उपायले नै कपाल फुल्ने समस्या समाधान हुने दाबी गरिएको छ ।
Niru- Rai नामक टिकटक आइडीमा घरेलु औषधी तयार पार्ने विधि सिकाइएको छ । उक्त सामग्रीमा एक महिलाको आवाज पनि जोडिएको छ । उक्त आवाजमा भनिएको छ-
‘कपाल फुल्ने समस्या जराबाट नै समाधान हुन्छ । म तेल बनाउँदैछु साथीहरु, एउटा फलामको कराई चाहिन्छ, हलदीलाई राम्ररी भुट्ने, मुग्रेलो, दालचिनीको धुलो, अमला हालेर भुट्ने अनि तेल हालेर एकछिन उमाल्ने । हेर्नु कति कालो भो, यो राति सुत्दाखेरी हप्ताको तीनचोटी लाउनुपर्छ है ।’

के घरेलु उपायले कपाल फुल्ने समस्या निको हुन्छ त? दाबीको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
कुनैपनि घरेलु प्रयोगले कपाल फुल्ने समस्यालाई समाधान गर्न सक्दैन । कपाल सेतो हुनु एक प्राकृतिक प्रक्रिया हो । मेलानिन उत्पादन गर्ने कोषहरू, मेलानोसाइट्सको क्रमिक गिरावटको कारणले कपाल फुल्छ ।
कपाल कहिले र कति चाँडो सेतो हुन्छ भन्ने निर्धारण आनुवंशिकीबाटै हुन्छ । तनाव र खराब पोषण जस्ता केही जीवनशैली कारणहरूले समयपूर्व नै कपाल सेतो हुनसक्छ । तर, कुनै पनि बाह्य प्रयोगले हराएको कपालको रङ फिर्ता ल्याउन सकिँदैन ।
कपाल फुल्ने समस्यालाई पूर्ण रूपमा उल्ट्याउन सम्भव नहुँने पर्शियनलिली क्लिनिककी छाला विशेषज्ञ तथा मेडिकल निर्देशक डा. स्वाती वाटवानी बताउँछिन् । उनका अनुसार कपाल फुल्ने समस्या सामान्यत: ४० को दशकको अन्त्यतिर वा ५० को दशकको सुरुतिर सुरु हुन्छ, यद्यपि यो २० को दशकको उमेरदेखि नै समयभन्दा पहिले नै हुन सक्छ । समयभन्दा पहिले नै कपाल फुल्ने समस्यालाई सम्बोधन गर्न यसको कारण पत्ता लगाउनु र सही उपचार प्रदान गर्नुपर्छ ।
केही जडीबुटीले टाउकोको छाला र कपालको स्वास्थ्यको लागि फाइदाहरू प्रदान गर्न सक्छन् । यद्यपी, सेतो कपाललाई प्राकृतिक रुपमा कालो बनाउन सकिँदैन ।
बेसारमा करक्यूमिन हुन्छ, यो एन्टी-इन्फ्लेमेटरी र एन्टिमाइक्रोबियल गुणहरूको लागि परिचित यौगिक हो । यसले डन्ड्रफ र जलन कम गरेर स्वस्थ टाउकोको छाला कायम राख्न मद्दत गर्न सक्छ । तर, यसले मेलानिन उत्पादनलाई प्रभाव पार्नसक्दैन ।
अर्कोतर्फ दालचिनीमा एन्टिमाइक्रोबियल फाइदाहरू पाइन्छ र यसलाई टाउकोमा लगाउँदा रक्तसञ्चारलाई उत्तेजित गर्न सक्छ, जसले समग्र कपालको स्वास्थ्यलाई फाइदा दिन सक्छ । तर, यसले कपालको पिग्मेन्टेसनलाई प्रभाव पार्दैन ।
त्यस्तै अमला भिटामिन सी र एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ । केही अध्ययनहरूले सुझाव दिन्छ कि अमलाले अक्सिडेटिभ तनावलाई कम गर्न मद्दत गर्न सक्छ, जुन समयपूर्व सेतो हुनेसँग जोडिएको छ । यद्यपि, एक पटक कपाल सेतो भएपछि अमलाले यसको मूल रंग पुनर्स्थापित गर्न सक्दैन ।
आनुवंशिकी र बुढ्यौलीकै कारण कपाल सेतो हुन्छ । कपाल सेतो हुनुको सबैभन्दा महत्त्वपूर्ण कारक आनुवंशिकी हो, मेलानोसाइट्सले कहिले र कति चाँडो रंगद्रव्य उत्पादन गर्न बन्द गर्छ भनेर निर्धारण गर्छ । बुढ्यौलीले स्वाभाविक रूपमा यी रंगद्रव्य उत्पादन गर्ने कोषहरूको कमी ल्याउँछ ।
उमेर-सम्बन्धित वा आनुवंशिक रूपमा संचालित कपाल फुल्ने समस्यालाई उल्टाउन नसकिने अमृता सेन्टर फर एडभान्स्ड रिसर्च इन आयुर्वेद (आचारा) का अनुसन्धान निर्देशक डा. पी. राममनोहर बताउँछन् । उनका अनुसार वातावरणीय र जीवनशैलीका कारण हुने कपाल फुल्ने समस्यालाई सही उपायहरू अपनाएर कम गर्न सकिन्छ । कपाल फुल्नु बुढ्यौलीको एक प्राकृतिक भाग हो, जुन आनुवंशिकी र वातावरणीय कारक दुवैबाट प्रभावित हुन्छ ।
निष्कर्ष
आनुवंशिकी, अक्सिडेटिभ तनाव, पोषणको कमी (विशेष गरी भिटामिन बी १२ र फलाम) र धूम्रपान जस्ता बाह्य कारकहरूले समयपूर्व कपाल सेतो हुने गर्दछ । तर, एकपटक कपालको रंगद्रव्य गुमाएपछि कुनै पनि प्रयोग वा आहार परिवर्तनले यसको प्राकृतिक रंग पुनर्स्थापित गर्न सक्दैन ।
नतिजा : गलत
हाम्रा स्रोतहरू
रिसर्च लेख, pmc.ncbi.nlm.nih.gov/articles
रिसर्च लेख, sciencedirect.com
रिसर्च लेख, pmc.ncbi.nlm.nih.gov/articles
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई checkthis@newschecker.in मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।