Saturday, June 13, 2026

Fact Check

Fact Check: पिपलको पात उमालेको पानी सेवन गर्दा ‘हार्ट ब्लकेज’ निको हुन्छ?

banner_image

दाबी: पिपलको पात उमालेको पानीलाई सेवन गर्दा हार्ट ब्लकेजको समस्या निको हुन्छ ।
तथ्य: पिपलको पात उमालेको पानीलाई सेवन गर्दा हार्ट ब्लकेजको समस्या निको हुन्छ भन्ने दाबी कुनैपनि वैज्ञानिक प्रमाणबाट पुष्टि हुँदैन ।  

सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री ट्ठेला परेको छ । उक्त सामग्रीमा पिपलको पात उमालेको पानीलाई सेवन गर्दा हार्ट ब्लकेजको समस्या निको हुन्छ भन्ने दाबी गरिएको छ ।

Health Tips नामक फेसबुक पेजमा पोस्ट गरिएको रिलमा पिपलको पातलाई देख्न सकिन्छ । उक्त भिडियोमा पिपलको पात उमालेको पानीलाई सेवन गर्दा हार्ट ब्लकेजको समस्या निको हुने दाबी गरिएको छ । 

हिन्दी भाषाको भिडियोमा पिपलका कलिला १५-२० वटा पातलाई एक गिलास पानीमा राखेर राम्रोसँग उमाल्ने र पिपलको पात उमालिएको पानीलाई दिनमा तीन पटक सेवन गर्नाले हार्ट ब्लकेजको समस्या निको हुने दाबी गरिएको छ । 

तथ्यजाँच/प्रमाणीकरण

पिपलको पात उमालेको पानीलाई सेवन गर्दा हार्ट ब्लकेजको समस्या निको हुन्छ भन्ने दाबी कुनै वैज्ञानिक प्रमाणले प्रमाणित भएन । शताब्दीयौंदेखि परम्परागत भारतीय औषधिका रुपमा पीपल पातहरू प्रयोग  हुँदै आएको देखिन्छ । तर, यसबाट हार्ट ब्लकेज  जस्तो संवेदनशील समस्या निको हुन्छ भन्ने दाबी पुष्टि हुँदैन ।

हार्ट ब्लकेजको समस्या निदानका लागि पिपलका पातहरूको प्रभावका विषयमा थोरै मात्र वैज्ञानिक अनुसन्धान गरिएका छन् । पिपलका पातहरूमा कम्पाउन्डहरू पाइन्छन्, जसमा एन्टिअक्सिडेन्ट र एन्टी-इन्फ्लेमेटरी गुणहरू रहेका हुन्छन् । यी तत्वहरू मुटुको स्वास्थ्यको लागि फाइदाजनक हुन सक्छन् । एउटा अध्ययनले पिपलले मुसामा हुने कोलेस्ट्रोलको स्तर घटाउन सक्षम भएको निष्कर्ष निकालेको छ ।

तर, पिपलको पातले मानिसको मुटुको स्वास्थ्यलाई फाइदा नै गर्छ भन्ने प्रयाप्त वैज्ञानिक प्रमाणित भेटिएनन् । पिपलको पातले हार्ट ब्लकेजको समस्यालाई निको पार्न सक्छ कि सक्दैन भनेर थप अनुसन्धान हुन आवश्यक छ ।

हार्ट ब्लकेजको समस्या निदानका लागि जीवनशैली परिवर्तन गर्न जरुरी छ । हृदय-स्वस्थ आहार सेवन तथा व्यायाम गर्ने, धुम्रपान छाड्ने र एन्टिप्लेटलेट एजेन्टहरू लगायतका औषधिहरू सेवन गर्नाले हार्ट ब्लकेज  निको हुनसक्छ । साथै उपचार विकल्पहरू पनि खोज्नुपर्ने हुन्छ । 

हार्ट ब्लकेजको समस्या देखिँदा उचित उपचार नखोज्नुले अवस्था झनै बिग्रन सक्छ र यसबाट हृदयघात पनि हुनसक्छ । त्यसैले यस्तो जटिन समस्याका लागि परम्परागत भन्दा वैज्ञानिक उपचारतर्फ लाग्न आवश्यक छ ।

निष्कर्ष

पिपलको पात उमालेको पानीलाई सेवन गर्दा हार्ट ब्लकेजको समस्या निको हुन्छ भन्ने दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणले पुष्टि गर्न सकेनन् । पिपलको पातले हार्ट ब्लकेजको समस्यालाई निको पार्न सक्छ कि सक्दैन भनेर प्रर्याप्त अनुसन्धान हुन बाँकि छ । 

नतिजा : गलत

हाम्रा स्रोतहरू

Heart.org
Pubmed.ncbi.nlm.nih.gov
Lifestyle Modification in Secondary Prevention


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

918

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage